Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेतृत्व नै सुविधा भोगी ? (सम्पादकीय)

प्रत्यूष ९७२ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १३, शुक्रबार (४ साल अघि)
नेतृत्व नै सुविधा भोगी ? (सम्पादकीय)

धादिङ,१३ जेठ ।
स्थानीय तहको निर्वाचन सकिएपछि केही मनोनित गर्नुपर्ने बाहेकका केही पदाधिकारी तथा सदस्यहरुको मनोनित गर्न बाँकी रहेको भए पनि अन्य अधिकाँश निर्वाचन प्रक्रिया सम्पन्न भईसकेका छन् ।

आगामी २० गतेभित्र निर्वाचन आयोगले गर्नुपर्ने सम्पूर्ण कार्यहरु सम्पन्न हुनेछ र पूर्ण जनप्रतिनिधि सहितको स्थानीय तह पाउन सकिनेछ । जुनबेलादेखी नै स्थानीय सरकारकारले पूर्णता पाउने विश्वास लिइएको छ,आकस्मिक रुपमा कुनै प्रकारको ठूलै समस्या सृजना नभएको खण्डमा त्यो सम्पन्न गर्ने कार्यतालिका समेत तय गरिएको छ ।

अहिले कतिपय व्यक्तिहरुले तीन तहको सरकारका कारण देशले आर्थिक भार थाम्न नसकेको भनेर गुनासाहरु गरिरहेका सुन सकिन्छ तर, वास्तविकता के हो भन्ने बारेको कोहि विज्ञता हसिल गरेकाहरुले भने यहि नै हो भन्ने गरी सार्वजनिक धारणा भने बनाइसकेका छैनन् ।

अहिले आर्थिक भारको विषयलाई लिइर जुन किसिमको आलोचनाहरु भैरहेका छन् ति विषयहरु कहाँबाट र कुन कुुन कारण आए ? भन्ने सोच्न जरुरी छ । पछिल्लो समय जनप्रतिनिधिहरुले लिएको सेवा सुविधाको कारणलाई आधार मानेर नै त्यस प्रकारका आलोचनाहरु भैरहेको पाउन सकिन्छ ।

शहर बजारदेखी गाउँसम्मका कतिपय मान्छेहरु जनप्रतिनिधिलाई तलव भत्ताको व्यवस्था गरेको प्रति निराशा व्यक्त गरिरहेका छन् । राजनीतिक दलमा सेवा भावले काम गर्न उत्प्रेरित भएकाहरुलाई नै राज्यले तलव भत्ता दिन गरेको निर्णय अलोकतान्त्रक भएको उनीहरुको भनाईबाट बुझ्न सकिन्छ । हुनपनि सरसर्ती हेर्दा उनीहरुको गुनासा वा तर्कहरु ठीकै पनि हो ।

राजनीतिक दलमा लाग्दा कोही कसैले राज्यको माथिल्लो तहमा पुग्ने वित्तिकै तलव भत्ता खान्छु र घर परिवार पाल्छु गाडी घोडा चढ्छु त भनेको हुन्दैन नि ? अनि राज्यको कुनै तहमा नेतृत्व गर्ने अघिल्लो दिनसम्म म समाजसेवामा छुु भन्ने अनि भोलिपल्टै तलव भत्ता गाडीदेखी आवासीय सुविधा तथा अन्य धेरै सुविधाहरु लिँदा पनि किन खुसी नहुने ? कोही जनप्रतिनिधिहरुले राजनीतिबाट राज्यको एउटा तहमा सेवा सुरु गरेपछि नै पूर्वावस्थामा रहन्छु, तलव भत्ता खान्न र हिजैको दिनमा जस्तै निरन्तर सेवा दिन तयार रहेको भनेर किन बोल्न नसकेको ?

कोही जनप्रतिनिधिहरुमा यस प्रकारको हिम्मत किन आउँदैन ? दलका नेताहरुले सत्तामा गएपछि जनपक्षिय कामहरु गर्न सकेको परिणामका कारण पनि अहिलेको पछिल्लो समय जिल्ला जिल्लामा देखिएको स्वतन्त्र उम्मेद्वारहरुको विजयलाई बुझ्न सकिँदैन र ? अहिले काठमाण्डौ, धरान लगायतका महानगगपालिकादेखी उपहानगरपालिका विभिन्न गाउँपालिका तथा स्थानीय तह गाउँ तथा नगरपालिकाका वडाहरुमा स्वतन्त्र उम्मेद्वारहरुको विजयलाई राजनीतिक दललाई चुनौती खडा गरिदिएको पनि हो ।

आगामी दिनमा राजनीतिक नेतृत्वले सुधार गर्नुपर्ने विषयहरु धेरै छन् र उनीहरुले यो विषयलाई आत्मसाथ गर्न सक्छन् कि सक्दैनन् भन्ने एउटा पाठ नै वनेको छ । सेवा सुविधाको विषयलाई ध्यान दिने नयाँ काम तथा जिमेवारी पुरा नगर्ने, एउटा राजा फालेर अर्को राजा जन्मिएको शैलीको कारण पनि धेरै समस्याहरु सृजना भएका छन् । यो वर्ष निर्वाचित जनप्रतिनिधिले यि र यस्ता वषयलाई बुझुन् ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

  • गुल्जार हुने कागबेनीधाम गुमनाम

    गुल्जार हुने कागबेनीधाम गुमनाम

  • Post Thumbnail

    बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

    Post Thumbnail

    मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

    Post Thumbnail

    मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

    Post Thumbnail

    कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution