Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग

रासस १४०१ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र १९, शुक्रबार (३ हफ्ता अघि)
तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग

गण्डकी, १९ भदौः

रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक नै शोकमा रहेका कारण नजिकै आएको तीज पर्वको खासै रौनक देखिएको छैन । तीजलाई लक्ष्य गरी आयोजित मेला–महोत्सव पनि स्थगित भइरहेका छन् । ती कार्यक्रममा हुने खर्च जोगाएर आयोजकले बाढी प्रभावितका लागि राहत सहयोग प्रदान गरिरहेका छन् ।

गाउँटोल र समूहमा हुने ससाना दरखाने कार्यक्रमलाई पनि रोकेर महिला विपद्मा सहयोगको हात फैलाइरहेका छन् । पोखरा, लामाचौरको नवआदर्श सामुदायिक विकास समाजले २८औँ संस्करणको लामाचौर तीज महोत्सव–२०८३ तथा लामाचौर कप खुला पुरुष र अन्तर माध्यमिक विद्यालय छात्रा भलिबल प्रतियोगिता स्थगित गरी प्रधामन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक लाख ११ हजार १११ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । बाढीको घटनाबाट विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि तीज महोत्सवमा हुने खर्चबापतको रकम बाढी प्रभावितलाई राहतस्वरुप प्रदान गरिएको समाजले जनाएको छ ।

पोखरामा महिला पर्यटन व्यवसायीको संस्था महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले तीज कार्यक्रम स्थगित गरी प्रधामन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक लाख २१ हजार १०० एक जम्मा गरेको मञ्चका अध्यक्ष ममता न्यौपानेले जानकारी दिनुभयो । महिला पर्यटन व्यवसायीले सामूहिक दरखाने कार्यक्रमका लागि छुट्याएको रकम बाढी प्रभावितको राहतमा खर्च गरेका हुन् । विनाशकारी बाढीले मुलुक नै आक्रान्त भएका बेला खर्चिला र मनोरञ्जनात्मक कार्यक्रम नगरी विपद्मा हातेमालो गर्ने सङ्घसंस्था उल्लेख्य छन् ।

प्रबुद्ध युवा समूह, बागलुङले आगामी साता आयोजना गरेको ‘गण्डकी प्रदेशस्तरीय दोस्रो अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता’ स्थगन गरी उक्त कार्यक्रमका लागि सङ्कलित रु एक लाख बाढी प्रभावितको राहतमा खर्च गरेको छ । समूहको टोली बागलुङदेखि राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा पुगेर फर्केको समूहका अध्यक्ष रोहित सुनारले जानकारी दिनुभयो ।

“देश नै शोकमा डुबेका बेला तीज कार्यक्रम गर्नु उचित नहुने देखेपछि स्थगित ग¥यौँ”, उहाँले भन्नुभयो, “कार्यक्रमका लागि सङ्कलन भएको रकमबाट बाढी प्रभावितलाई राहत सामग्री वितरण गरेका हौँ ।”

गलकोट समाज, पोखराले तीजको दरखाने र सांस्कृतिक कार्यक्रम स्थगित गरेर त्यसमा हुने खर्चबापतको रु दुई लाख ७५ हजार ५५५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । गुठी युवा क्लब, बागलुङले पनि तीज मेला स्थगित गरी बाढी प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको छ । बाढी प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि यसरी नै स्वतःस्र्फूत रुपमा राहत सहयोग जुट्नेक्रम जारी छ ।

सङ्कलित राहतलाई एकद्वार प्रणालीबाट बाढी प्रभावित परिवारलाई वितरणका लागि राज्यका निकायमार्फत सहजीकरण भइरहेको छ । सरकारी निकायसँगै जनस्तरबाट बाढी प्रभावितको राहतका लागि अग्रसरता बढाइएको छ । जनप्रतिनिधि, उद्योगी, व्यवसायी, पेसाकर्मी, कलाकारलगायत एकल र सामूहिक रुपमा राहत सहयोग अभियानमा जोडिएका छन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

    मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

  • प्रतिनिधिसभामा बाढीपीडित राहत र उद्धारसँगै ट्राफिक पार्किङ व्यवस्थापनसम्मका विषयमा चर्चा

    प्रतिनिधिसभामा बाढीपीडित राहत र उद्धारसँगै ट्राफिक पार्किङ व्यवस्थापनसम्मका विषयमा चर्चा

  • प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

  • मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

    मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

    प्रतिनिधिसभामा बाढीपीडित राहत र उद्धारसँगै ट्राफिक पार्किङ व्यवस्थापनसम्मका विषयमा चर्चा

    प्रतिनिधिसभामा बाढीपीडित राहत र उद्धारसँगै ट्राफिक पार्किङ व्यवस्थापनसम्मका विषयमा चर्चा

    प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution