Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र ३१, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

९ कक्षामा पढ्ने छात्रामाथि बलात्कार गर्ने तत्कालीन प्रिन्सिपल पक्राउ

प्रत्यूष ७०८ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १२, बिहिबार (३ साल अघि)
९ कक्षामा पढ्ने छात्रामाथि बलात्कार गर्ने तत्कालीन प्रिन्सिपल पक्राउ

काठमाडौं, १२ जेठ। 

पाँच वर्ष अघि कक्षा ९ मा अध्ययनरत् छात्रालाई बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् । इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कूलमा अध्ययनरत छात्रालाई बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो । उनलाई टोखा नगरपालिकास्थित बानियाटार डेराबाट पक्राउ गरिएको हो ।

ती छात्रालाई उपचारका लागि अस्पताल लैजाने बहानामा होटल लगेर बलात्कार गरेका थिए । पछि स्कुलबाट रेष्टिकेट गरिदिने भन्दै धम्क्याएर बलात्कार गर्दै आएका थिए । पक्राउ परेका खड्कालाई थप अनुसन्धानका लागि सुनसरी पठाइने सीआईबी प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए ।

२६ साउन २०७४ मा धरान उपमहानगरपालिका–१० स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने बाटोमा पर्ने जनहित गेष्ट हाउसमा लगेर प्रिन्सिपल खड्काले बलात्कार गरेका थिए । त्यसपछि उनले उनले धम्की दिनुका साथै मानसिक तनाव दिँदै पटक–पटक जबरजस्ती करणी गर्दै आएका थिए । त्यसपछि पीडितले २ भदौं २०७५ मा जिल्ला प्रहरी कार्यालय सुनसरीमा खड्काविरुद्ध जाहेरी दिएकी थिइन् ।

लामो समयसम्म पनि प्रहरीले खड्कालाई पक्राउ गर्न सकेको थिएन् । काठमाडौंमा सौन्दर्य प्रतियोगिता आयोजना गरेर सहभागीलाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि पीडितले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् । त्यसपछि प्रहरी उनलाई खोज्न तत्पर देखिएको थियो ।

होस्टलमा बसेका बेला उनको छातीमा समस्या देखिएको थियो । उपचार गराउन विदेशबाट उनका बुबाले प्रिन्सिपलको खातामा पैसा पठाईदिएका थिए । पैसा पठाईदिएर उनलाई प्रिन्सिपलसँग अस्पताल जानु भनेका थिए । प्रिन्सिपल खड्काले उनलाई अस्पताल नलगी सिधै होटलमा लगेर बलात्कार गरेको भन्दै केही दिन अगाडि मात्रै पीडित युवतीले सामाजिक सञ्जालमार्फत उक्त कुरा सार्वजनिक गरेकी थिइन् ।

बुबाआमाको अगाडि उनको धेरै ख्याल गरेजस्तो गरेर प्रिन्सिपल खड्काले घरपरिवारको पनि विश्वास जितेका थिए । तर, त्यही विश्वासको आडमा अस्पताल लैजान्छु भनेर होटलमा लगेर उनको स्कूलको पोशाक च्यातेर बलात्कार गरेका थिए ।

त्यतिबेला उनी १५ वर्षकी थिइन् । बलात्कार गरेपछि उनले भिडियो बनाएका थिए र पछि त्यो भिडियो देखाएर ब्ल्याकमेल गर्दै पटक पटक बलात्कार गर्दै आएको पीडितको भनाइ थियो । प्रहरीमा उनीविरुद्ध बलात्कार मुद्दामा जाहेरी दिएकी थिइन् । तर, प्रहरीले अहिलेसम्म उनलाई पक्राउ गर्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ‘भोजपुरे खुकुरी’ को माग उच्च : बनाउन कालीगढको चरम अभाव

    ‘भोजपुरे खुकुरी’ को माग उच्च : बनाउन कालीगढको चरम अभाव

  • आयोजना कटौती गरी रु एक खर्ब स्रोत जुटाउन सकिन्छः अर्थमन्त्री खनाल

    आयोजना कटौती गरी रु एक खर्ब स्रोत जुटाउन सकिन्छः अर्थमन्त्री खनाल

  • नवनियुक्त तीन मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ

    नवनियुक्त तीन मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ

  • इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

    इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र ३० गते सोमबार

    २०८२ भाद्र ३० गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘भोजपुरे खुकुरी’ को माग उच्च : बनाउन कालीगढको चरम अभाव

    ‘भोजपुरे खुकुरी’ को माग उच्च : बनाउन कालीगढको चरम अभाव

    आयोजना कटौती गरी रु एक खर्ब स्रोत जुटाउन सकिन्छः अर्थमन्त्री खनाल

    आयोजना कटौती गरी रु एक खर्ब स्रोत जुटाउन सकिन्छः अर्थमन्त्री खनाल

    नवनियुक्त तीन मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ

    नवनियुक्त तीन मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ

    इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

    इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution