Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

घोषणामा नै सीमित लमजुङको ‘स्मार्ट फिल्म सिटी’ सपना

रासस १६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र १७, बुधबार (३ हफ्ता अघि)
घोषणामा नै सीमित लमजुङको ‘स्मार्ट फिल्म सिटी’ सपना

लमजुङ, १७ भदौः

लमजुङलाई अन्तरराष्ट्रियस्तरको चलचित्र छायाङ्कन केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित सात वर्षअघि अघि सारिएको ‘स्मार्ट फिल्म सिटी’ निर्माण योजना अझै कार्यान्वयन हुन सकेको छैन ।

ठूलो लगानीको महत्वाकाङ्क्षी योजना सार्वजनिक हुँदा लमजुङलाई नेपालको चलचित्र हबका रूपमा विकास गर्ने, पर्यटन प्रवद्र्धन गर्ने, रोजगारी सिर्जना गर्ने तथा स्थानीय अर्थतन्त्रमा टेवा पुग्ने अपेक्षा थियो ।

घोषणा भएको सात वर्ष बितिसक्दा पनि योजना निर्माणको चरणमा प्रवेश गर्न सकेको छैन । विसं २०७६ असारमा सार्वजनिक गरिएको योजनाअनुसार बेँसीसहर नगरपालिकाका चार वटा वडाका पाँच हजार रोपनी जग्गा लिजमा लिएर रु पाँच अर्ब ९० करोड लगानीमा अन्तरराष्ट्रियस्तरको ‘स्मार्ट फिल्म सिटी’ निर्माण गर्ने लक्ष्य राखिएको थियो ।

स्काई इन्टरटेनमेन्ट इन्भेस्टमेन्टका अध्यक्ष तथा तत्कालीन चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी र इटालियन कम्पनी वल्र्ड एरिया होल्डिङ एसआरएलका अध्यक्ष फ्रान्सिस्को सिग्नोरिल्लोबीच फिल्म सिटी निर्माणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको उपस्थितिमा भएको उक्त सम्झौतामा इटालियन कम्पनीको ८० प्रतिशत र नेपाली कम्पनीको २० प्रतिशत लगानी रहने बताइएको थियो ।

परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको थिएन । तीन महिनाभित्र डिपिआरका लागि सम्भाव्यता अध्ययन सुरु गर्ने, एक वर्षभित्र डिपिआर तयार गरी भौतिक संरचना निर्माण थाल्ने र बढीमा सात वर्षमा परियोजना सम्पन्न गर्ने लक्ष्य सार्वजनिक गरिएको थियो ।

फिल्म सिटीमा विश्वस्तरको प्रविधिसहित ‘इन्डोर’ तथा ‘आउटडोर’ छायाङ्कन गर्न सकिने पूर्वाधार निर्माण गर्ने योजना थियो ।

परियोजनाअन्तर्गत करिब १६ वटा छायाङ्कन स्थल निर्माण गर्र्ने लक्ष्य राखिएको छ । पहिलो चरणमा १२ वटा छायाङ्कन स्थल निर्माण हुनेछ । यस्तै, तारे होटल, चलचित्र अध्ययन गर्ने कलेज, केबलकार, अग्र्यानिक फार्म, खेलकुदस्थल तथा नेपाल र विभिन्न देशका मौलिक पहिचान झल्किने संरचना निर्माण गर्ने योजना थियो ।

घोषणा भएको सात वर्ष बितिसक्दा पनि योजना निर्माणको चरणमा पुग्न सकेको छैन । प्रारम्भिक घोषणा र तयारीपछि ठोस रुपमा काम अघि बढ्न नसक्दा महत्वाकाङ्क्षी योजना घोषणामा नै सीमित भएको छ ।

बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालका अनुसार सुरुमा योजनाका मुख्य लगानीकर्ता रहेको इटालियन व्यवसायीसहित सम्बन्धित व्यक्तिसँगको सहकार्यमा योजना अघि बढाउने प्रयास भएको थियो । कोरोना महामारीका क्रममा प्रमुख लगानीकर्ताको निधन भएपछि काम प्रभावित भएको उहाँले बताउनुभयो ।

त्यसलगत्तै, जापानी व्यवसायी तथा लगानीकर्तासँग परियोजना अघि बढाउने विषयमा छलफल तथा पहल भए पनि त्यसले अपेक्षित गति लिन नसकेको नगर प्रमुख अर्यालले बताउनुभयो ।

नेपाली कम्पनीका प्रतिनिधि आकाश अधिकारी हाल जापानमा बस्दै आउनुभएकाले पनि योजना अघि बढाउने विषयमा आवश्यक पहल हुन सकेको छैन । “लमजुङमा फिल्म सिटी निर्माण हुन सके पर्यटन, चलचित्र क्षेत्र र समग्र जिल्लाको विकासमा ठूलो योगदान पुग्ने थियो,” नगर प्रमुख अर्यालले भन्नुभयो, “योजना पूर्णरूपमा समाप्त भएको छैन । यसको सम्भावना अझै जीवित छ । ढिलै भए पनि योजना अघि बढाउन नगरपालिकाले आफ्नोतर्फबाट सक्दो पहल गर्नेछ ।”

योजनाका प्रवर्तक अधिकारीसँग प्रतिक्रिया लिन पटक–पटक सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेन । लमजुङका स्थानीय रहनु भएका कलाकार अभया बरालले लमजुङमा फिल्म सिटी निर्माण हुने घोषणा हुँदा चलचित्रकर्मी र जिल्लावासी दुवै उत्साहित भएको बताउनुभयो ।

नेपालमै अन्तरराष्ट्रियस्तरको फिल्म सिटी निर्माण हुने कुरा नेपाली चलचित्र क्षेत्रका लागि मात्र नभई लमजुङकै गौरवको विषय भएको उहाँको भनाइ छ । “फिल्म सिटी निर्माण हुने कुरा सार्वजनिक हुँदा चलचित्रकर्मी र लमजुङवासी निकै उत्साहित भएका थियौँ । यसले नेपाली चलचित्रलाई नयाँ उचाइमा पु¥याउनाका साथै लमजुङलाई चलचित्र र पर्यटनका माध्यमबाट विश्वसामु चिनाउने ठूलो अवसर सिर्जना गर्ने अपेक्षा थियो,” बरालले भन्नुभयो ।

लामो समयसम्म काम अघि बढ्न नसक्दा केही निराशा छाएको उल्लेख गर्दै उहाँले ढिलै भए पनि योजना पुनः अघि बढने विश्वास व्यक्त गर्नुभयो । प्राकृतिक, सांस्कृतिक तथा भौगोलिक विविधताले सम्पन्न लमजुङमा विगतदेखि नै नेपाली चलचित्र तथा म्युजिक भिडियो छायाङ्कन हुँदै आएका छन् ।

हिमाली तथा पहाडी भूगोल, ग्रामीण बस्ती र प्राकृतिक सौन्दर्यका कारण लिमजुङ चलचित्र छायाङ्कनका लागि आकर्षक गन्तव्यका रूपमा परिचित छ । फिल्म सिटी निर्माणको योजना कार्यान्वयनमा आए लमजुङ चलचित्र छायाङ्कनको महत्वपूर्ण केन्द्रका रूपमा विकास हुनेछ । त्यसका अलावा पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रमा योगदान पुग्नेछ । वर्षौंअघि घोषणा गरिएको योजना कहिले कार्यान्वयनमा आउँछ भन्ने विषय अझै अनिश्चित छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

    मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

  • प्रतिनिधिसभामा बाढीपीडित राहत र उद्धारसँगै ट्राफिक पार्किङ व्यवस्थापनसम्मका विषयमा चर्चा

    प्रतिनिधिसभामा बाढीपीडित राहत र उद्धारसँगै ट्राफिक पार्किङ व्यवस्थापनसम्मका विषयमा चर्चा

  • प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

  • मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

    मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

    प्रतिनिधिसभामा बाढीपीडित राहत र उद्धारसँगै ट्राफिक पार्किङ व्यवस्थापनसम्मका विषयमा चर्चा

    प्रतिनिधिसभामा बाढीपीडित राहत र उद्धारसँगै ट्राफिक पार्किङ व्यवस्थापनसम्मका विषयमा चर्चा

    प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution