Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बेपत्ताको खोजी र शव व्यवस्थापनमा सक्रियता

रासस १६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र १२, शुक्रबार (१ महिना अघि)
बेपत्ताको खोजी र शव व्यवस्थापनमा सक्रियता

काठमाडौँ, १२ भदौः

रसुवाको भोटेकोशीमा गत बुधबार आएको बाढीपछि बेपत्ता भएका नागरिकको खोजीमा नेपाली सेनाले सक्रियता बढाएको जनाएको छ ।

शव सङ्कलन र व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेका गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो ‘अपरेसन’लाई थप तीव्र बनाएको उल्लेख गरेको छ । शव सङ्कलन तथा खोजी कार्य ढिलो भन्दै उठेका गुनासोलाई गम्भीरताका साथ लिँदै सेनाले विशेष टोली परिचालन गरी धमाधम शव सङ्कलन गरिरहेको छ ।

बाढीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शवहरूको खोजी तथा सङ्कलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज थप एक हजार २०० सैनिक जनशक्ति परिचालन गरेको छ । यसअघि सेनाले प्रभावित नागरिकको उद्धार, राहत तथा अस्थायी व्यवस्थापनका लागि एक हजार ६०० जनशक्ति खटाएको थियो ।

नेपाली सेनाले प्रभावित क्षेत्रका साथै त्रिशूली र नारायणी नदी किनारका सम्भावित सम्पूर्ण स्थानहरूमा आफ्ना जनशक्तिलाई टोलीगत रूपमा खटाएर सङ्कलन कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढाएको छ । नदीको तीव्र बहाव र कठिन भौगोलिक अवस्थाका बाबजुद पनि सैनिक टोलीले निरन्तर रूपमा शव फेला पार्ने र सङ्कलन गर्ने कार्यलाई अघि बढाइरहेको छ ।

नुवाकोटमा शव व्यवस्थापन

जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्र्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक विमलराज कँडेलको नेतृत्वको ३० जनाको टोलीले शव व्यवस्थापन गरिरहेको छ । उक्त शव व्यवस्थापनमा तालिम प्राप्त टोलीले धार्मिक, सांस्कृतिक र परम्पराअनुसार नै शव सङ्कलन गरिरहेको उहाँको भनाइ छ ।

शव व्यवस्थापसँगै परीक्षणका लागि अस्पताल पनि बढाउँदै आएको छ । टोलीले नुवाकोटमा प्राप्त कूल ३८ शवमध्ये २२ वटा त्रिवि शिक्षण अस्पताल, काठमाडौँमा पठाइसकेको छ भने आज बाँकी १६ वटा र थप शव पठाउने तयारी गरिरहेको प्रमुख रेग्मीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

    मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

  • प्रतिनिधिसभामा बाढीपीडित राहत र उद्धारसँगै ट्राफिक पार्किङ व्यवस्थापनसम्मका विषयमा चर्चा

    प्रतिनिधिसभामा बाढीपीडित राहत र उद्धारसँगै ट्राफिक पार्किङ व्यवस्थापनसम्मका विषयमा चर्चा

  • प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

  • मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

    मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

    प्रतिनिधिसभामा बाढीपीडित राहत र उद्धारसँगै ट्राफिक पार्किङ व्यवस्थापनसम्मका विषयमा चर्चा

    प्रतिनिधिसभामा बाढीपीडित राहत र उद्धारसँगै ट्राफिक पार्किङ व्यवस्थापनसम्मका विषयमा चर्चा

    प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution