Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

रासस १९२६ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र ८, सोमबार (१ महिना अघि)
भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन, ८ भदौः

यहाँको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री बनाउने गरी काम अघि बढाइएको छ । बिरामीको उच्च चापको व्यवस्थापन गर्दै अस्पताल प्रशासनले चिकित्सक, कर्मचारीलाई सेवाग्राहीसँग गरिने व्यवहार राम्रो बनाउन अभिमुखीकरण कार्यक्रम पनि गर्न सुरु गरेको छ ।

बिरामीको सेवामा रहने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई सेवाग्राहीसँग मीठो बोल्न र राम्रो व्यवहार गर्न भनिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार सबै विभागहरुमा व्यवहारलाई राम्रो गराउन अभिमुखीकरण गर्न थालिएको छ । तीन त्यस्ता कार्यक्रम गरी सकिएको छ । उहाँले भन्नुभयो, “यहाँ आउने सेवाग्राहीलाई हामी सबैले राम्रो व्यवहार गरेर उपचार दिनुपर्छ भन्ने भावनाको विकास गरिरहेका छौँ ।” कतिपय समयमा काम गर्ने क्रममा हुने व्यवहारका कारण समस्या आउने गरेको छ । यसैका कारण अस्पतालमा आउने सेवाग्राही र अस्पतालका चिकित्सक कर्मचारी बीचमा द्वन्द्व हुने गरेको छ ।

अस्पताल प्रमुख डा बगालेका अनुसार अस्पतालमा उपचारका लागि आउने बिरामी तथा आफन्तले भोग्ने व्यवहार र अस्पतालको वातावरणले उपचार सेवाप्रतिका विश्वासमा समेत प्रभाव पार्दछ । उहाँले भन्नुभयो “चिकित्सक, नर्स तथा अन्य कर्मचारीलाई सेवाग्राहीसँग सम्मानजनक, सहयोगी र शिष्ट व्यवहार गर्न निर्देशन दिइएको छ । यसलाई नै प्राथमिकता दिँदै अभिमुखीकरण गरिएको हो ।”

अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममा प्रमुख लिलाधर पौडेलको संयोजकत्वमा ‘हस्पिटल ब्युटिफिकेसन कमिटी’ बनाएको छ । उहाँले यसले अस्पताललाई हरियाली, सफासँगै सेवाग्राही मैत्री बनाउन काम गर्ने बताउनुभयो । वातावरणीय रुपमा सरसफाइसँगै हरियाली बनाउन, सेवाग्राहीसँग राम्रो व्यवहार गर्न, सहज रुपमा सेवा प्रवाह गर्न, पूर्वाधारलाई सुन्दर बनाउने जस्ता काम कमिटीले गरिरहेको छ ।

अस्पताल प्रमुख डा बगालेका अनुसार चिकित्सक स्वास्थ्यकर्मीलाई राम्रो व्यवहारका लागि अभिमुखीकरण, कम्तीमा १५ दिनमा एक पटक अभियानका रुपमा पूर्ण सरसफाइ र शौचालयहरुमा सरसफाइको रेकर्ड बोर्डमा राख्ने जस्ता काम अस्पतालले थालेको छ । उहाँले उपचार मात्र नभएर यससँगसँगै रहेका धेरै काम जसले सेवाग्राहीलाई प्रभाव पार्न सक्छ त्यससम्बन्धी काममा ध्यान पु¥याइएको बताउनुभयो ।

समितिका संयोजक पौडेलका अनुसार अहिले १५ दिनको एक पटक बृहत् रुपमा सरसफाइ गरिँदै आइएको छ । अस्पताल परिसरमा एउटा बाल उद्यानसहित ६ साना उद्यानहरु छन् । दुबो लगाइएका ती उद्यानहरुमा हरियाली हुने बिरुवाहरु छन् । तिनीहरुको सरसफाइ, गोडमेल, छाँटकाँट जस्ता काम गरिँदै आइएको छ । यसका अतिरिक्त अस्पताल परिसरमा बिरुवाहरु लगाउने, छाँटकाँट, गोडमेल, भौतिक पूर्वाधारहरुमा रङ्गरोगन जस्ता कामहरु भइरहेका छन् ।

यससँगै बिरामी र आफन्तहरु कुन भवनमा जाने हो त्यहाँ पुग्नका लागि सहज बनाउने काम भइरहेको छ । रङ्गहरुमार्फत सहजै जान चाहेको ठाउँमा पुग्ने गरी अस्पतालले व्यवस्थापन गर्दैछ । समितिका संयोजक पौडेलका अनुसार अस्पतालका कर्मचारीहरुबाट सेवाग्राहीसँगको व्यवहारमा सुन्दरता ल्याउने गरी काम भइरहेको छ । बिरामी र आफन्तहरुलाई अस्पतालभित्रका सूचना सहज बनाउने काम पनि गरिएको छ । शौचालयसहित अन्य ठाउँहरुमा सरसफाइको नियमित अनुगमनको काम पनि थालिएको छ । उहाँले भन्नुभयो, “कम खर्चमा फरकपना दिलाउने गरी हामी काममा लागेका छौँ ।” अस्पताल प्रशासनले अगाडि रहेको पुरानो भवन भत्काएर त्यहाँ पानीका फोहोरा, ढुङ्गेधार, बगैँचा बनाउने तयारी गरेको छ । कोही अस्पताल आउँदा जति नै तनाव लिएर आए पनि यहाँ छिरिसकेपछि वातावरणीय रुपमा शान्त बनाउने गरी काम गरिरहेका छौँ ।”

बिरामीको उपचारसँगै उनीहरूले पाउने सम्मान, स्वच्छ वातावरण र सहज सेवा पनि अस्पतालको गुणस्तरको महत्वपूर्ण पक्ष भएकाले भरतपुर अस्पतालले सुरु गरेको यो अभियानले सेवा संस्कृतिमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । यस अस्पतालमा विभिन्न जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । एकै दिनमा तीन हजार ८०० जनासम्म बहिरङ्ग सेवामा बिरामीले अस्पतालबाट सेवा लिएको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बाढीले बगाएको गैँडा सुस्ता पुग्यो

    बाढीले बगाएको गैँडा सुस्ता पुग्यो

  • बनेपामा जालुद्यो जात्रा सम्पन्न

    बनेपामा जालुद्यो जात्रा सम्पन्न

  • चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

    चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

  • संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

    संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बाढीले बगाएको गैँडा सुस्ता पुग्यो

    बाढीले बगाएको गैँडा सुस्ता पुग्यो

    बनेपामा जालुद्यो जात्रा सम्पन्न

    बनेपामा जालुद्यो जात्रा सम्पन्न

    चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

    चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

    संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

    संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution