Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

महानगरले १२ सामुदायिक विद्यालयको पूर्वाधार विकास गर्दै   

रासस ५०१ पटक पढिएको प्रकाशित मिति: २०८३ श्रावण २८, बिहिबार (१ महिना अघि)
Post Thumbnail

काठमाडौँ, २७ साउनः

काठमाडौँ महानगरपालिकाले १२ वटा सामुदायिक विद्यालयको पूर्वाधार विकास तथा सुधारका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । त्यसका लागि रु ६२ करोड २८ लाख बराबर खर्च गरिने छ ।

विद्यालयको भौतिक अवस्थालाई प्रचलित मापदण्डअनुसार सुधार गर्न विद्यार्थी सङ्ख्या, जग्गाको स्वामित्व, भौगोलिक जोखिम तथा पूर्वाधारको आवश्यकताका आधारमा बजेट उपलब्ध गराइने कामपा शिक्षा विभागले जनाएको छ ।

सहरी योजना आयोगले गरेको अध्ययनका आधारमा विद्यालयको पूर्वाधार निर्माणका लागि आवश्यक खरिद प्रक्रिया अघि बढाइएको कामपा शिक्षा विभाग प्रमुख नवराज ढकालले जानकारी दिनुभयो ।

ढकालका अनुसार प्रत्येक विद्यालयको जिपिएस लोकेसन, विद्यार्थी र जग्गाको अनुपात तथा बाढीजस्ता प्राकृतिक जोखिमको अवस्था पनि अध्ययन गरेपछि मात्र लगानीको प्रस्ताव अघि सारिएको हो ।

“सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई प्रतिस्पर्धी र समयको मागअनुसार बनाउन हामीले लगानी बढाएका छौँ,” कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भन्नुभयो, “बालमैत्री सिकाइ, प्रविधिमा आधारित कक्षाकोठा, वातावरणीय सुधार र सजावट तथा प्रयोगात्मक अभ्यासका अवसरजस्ता सुविधा समान रूपमा उपलब्ध गराउने हाम्रो योजना छ ।”

शिक्षा विभागका महाशाखा प्रमुख सुशील सुवेदीले विद्यालयको खरिद प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

शिक्षा विभागले वडा नं १४ मा रहेको जनविकास माध्यमिक विद्यालय र वडा नं २८ मा रहेको पद्मोदय माध्यमिक विद्यालयको भवन निर्माणको प्रक्रिया अघि बढाएको छ ।

त्यसका लागि क्रमशः रु पाँच करोड ६७ लाख ६८ हजार ८६२ र रु १५ करोड ३५ लाख ७४ हजार बजेट विनियोजन गरिएको छ ।

सार्वजनिक निर्माण विभागमार्फत छवटा विद्यालयको पूर्वाधार निर्माणका लागि खरिद प्रक्रिया अघि बढाइएको छ ।

त्यसअन्तर्गत वडा नं २४ मा रहेको श्री कान्ति ईश्वरी राज्यलक्ष्मी आधारभूत विद्यालयका लागि रु पाँच करोड ५७ लाख ४९ हजार बराबरको बजेट उपलब्ध गराइनेछ ।

त्यस्तै, वडा नं २६ मा रहेको शान्ति विद्यागृह माध्यमिक विद्यालयको भवन निर्माणका लागि रु आठ करोड ५७ लाख ४२ हजार बजेट उपलब्ध हुने छ । वडा नं २९ को अटिजम स्कुलका लागि रु १० करोड ९१ लाख ७९ हजार विनियोजन गरिएको छ ।

रु एक करोड ८३ लाख २९ हजार बराबरको लागतमा दरबार हाई स्कुलको बहुउद्देश्यीय सभा कक्ष निर्माण गरिने छ । रु ८४ लाख १२ हजारको लागतमा महेन्द्र मावि बौद्धको मर्मतसम्भार गरिनेछ ।

रु नौ करोड ६२ लाख ५४ हजारको लागतमा कन्या माध्यमिक विद्यालयको छात्रावास तथा कक्षाकोठा निर्माणका लागि खरिद प्रक्रिया सुरु भइसकेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बाढीले बगाएको गैँडा सुस्ता पुग्यो

    बाढीले बगाएको गैँडा सुस्ता पुग्यो

  • बनेपामा जालुद्यो जात्रा सम्पन्न

    बनेपामा जालुद्यो जात्रा सम्पन्न

  • चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

    चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

  • संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

    संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बाढीले बगाएको गैँडा सुस्ता पुग्यो

    बाढीले बगाएको गैँडा सुस्ता पुग्यो

    बनेपामा जालुद्यो जात्रा सम्पन्न

    बनेपामा जालुद्यो जात्रा सम्पन्न

    चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

    चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

    संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

    संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution