Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा गुरु पूर्णिमाको अवसरमा शिक्षक सम्मान र ‘प्रज्ञा-वर्तिका’ लोकार्पण

Binod Tamu, प्रत्यूष ३७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ श्रावण १४, बिहिबार (३ महिना अघि)
धादिङमा गुरु पूर्णिमाको अवसरमा शिक्षक सम्मान र ‘प्रज्ञा-वर्तिका’ लोकार्पण

गुरु पूर्णिमा, व्यास जयन्ती, २६औँ निवृत्त शिक्षक दिवस तथा १२औँ नेपाल निवृत्त शिक्षक समाज धादिङ स्थापना दिवसको अवसरमा धादिङमा शिक्षक सम्मान तथा ‘प्रज्ञा-वर्तिका’ स्मारिका लोकार्पण कार्यक्रम सम्पन्न भएको छ।

नेपाल निवृत्त शिक्षक समाज, जिल्ला समिति धादिङको आयोजनामा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याएका शिक्षकहरूको सम्मान गर्नुका साथै समाजको वार्षिक प्रकाशन ‘प्रज्ञा-वर्तिका’ को लोकार्पण गरिएको हो।

नेपाल निवृत्त शिक्षक समाज धादिङका अध्यक्ष केशरी प्रसाद पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य पुष्पविक्रम मल्ल प्रमुख अतिथि रहनुभएको थियो। त्यसैगरी नेपाल निवृत्त शिक्षक समाजका केन्द्रीय उपाध्यक्ष गुणराज गौतम विशेष अतिथि रहनुभएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य गोविन्द लम्साल, जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारी, गङ्गाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडा लगायत विभिन्न स्थानीय तहका जनप्रतिनिधि, शिक्षा क्षेत्रका अगुवा तथा निवृत्त शिक्षकहरूको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पुष्पविक्रम मल्लले राष्ट्र निर्माणका लागि शिक्षित, नैतिक र जिम्मेवार नागरिक उत्पादन गर्न निवृत्त शिक्षकहरूको अनुभव अझै महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले नयाँ पुस्तालाई इतिहास, राष्ट्रिय स्वाधीनता, प्रविधिको सही प्रयोग तथा अनुसन्धानमुखी शिक्षातर्फ उन्मुख गराउन अग्रज शिक्षकहरूको भूमिका अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

नेपाल निवृत्त शिक्षक समाजका केन्द्रीय उपाध्यक्ष गुणराज गौतमले समाजका गतिविधिलाई अझ प्रभावकारी बनाउन आजीवन सदस्यता विस्तार, प्रकाशनलाई निरन्तरता तथा निवृत्त शिक्षकहरूको ज्ञान र अनुभवलाई समाज रूपान्तरणमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले शिक्षकहरू औपचारिक सेवाबाट निवृत्त भए पनि ज्ञान र सामाजिक जिम्मेवारीबाट कहिल्यै निवृत्त नहुने धारणा व्यक्त गर्नुभयो।

बागमती प्रदेशसभा सदस्य गोविन्द लम्सालले वर्तमान समाजमा देखिएका विकृति हटाउन नैतिक शिक्षा र गुरुहरूको मार्गदर्शन आवश्यक रहेको बताउँदै निवृत्त शिक्षकहरूले सामाजिक सचेतनामा अझ सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो।

जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले गुरु परम्पराले दिएको नैतिक शिक्षा आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै भाषा, साहित्य र संस्कृतिको संरक्षणमा शिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नुभयो।

कार्यक्रममा ‘प्रज्ञा-वर्तिका’ प्रकाशन समितिका सम्पादन समिति संयोजक नवीन बन्धु पहाडीले प्रकाशनलाई धादिङको इतिहास, संस्कृति, शिक्षा तथा बौद्धिक योगदानको दस्तावेजका रूपमा विकास गर्दै आगामी दिनमा अझ गुणस्तरीय बनाइने बताउनुभयो। उहाँले निवृत्त शिक्षकहरूको अनुभव र अनुसन्धानलाई पुस्तान्तरण गर्ने माध्यमका रूपमा प्रकाशनलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

नेपाल निवृत्त शिक्षक समाज धादिङका उपाध्यक्ष विनोदमान श्रेष्ठले स्वागत मन्तव्य राख्दै गुरु पूर्णिमा गुरुहरूप्रतिको सम्मान र कृतज्ञता व्यक्त गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो। उहाँले निवृत्त शिक्षकहरू औपचारिक सेवाबाट अलग भए पनि समाजप्रतिको दायित्वबाट कहिल्यै अलग नहुने उल्लेख गर्नुभयो।

गङ्गाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडाले धादिङको शैक्षिक इतिहास निर्माणमा अग्रज शिक्षकहरूले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै आगामी पुस्ताका लागि उनीहरूको अनुभव प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको अध्यक्षता गर्दै नेपाल निवृत्त शिक्षक समाज धादिङका अध्यक्ष केशरी प्रसाद पन्तले निवृत्त शिक्षकहरू समाजका अमूल्य बौद्धिक सम्पत्ति भएको उल्लेख गर्दै उनीहरूको अनुभवलाई शिक्षा, समाज र राष्ट्र निर्माणमा उपयोग गर्न समाज निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले शिक्षक सम्मान, प्रकाशन तथा ज्ञान आदान–प्रदानका यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा अझ प्रभावकारी बनाइने जानकारी दिनुभयो।

कार्यक्रममा समाजका आजीवन सदस्य तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • म्याग्दीमा धान उत्पादन २.७० प्रतिशतले वृद्धि

    म्याग्दीमा धान उत्पादन २.७० प्रतिशतले वृद्धि

  • युवा रोजगार र उद्यमशीलता विकासलाई प्राथमिकता दिएका छौँः श्रममन्त्री

    युवा रोजगार र उद्यमशीलता विकासलाई प्राथमिकता दिएका छौँः श्रममन्त्री

  • सङ्खुवासभाका छ उद्यमी सम्मानित

    सङ्खुवासभाका छ उद्यमी सम्मानित

  • Post Thumbnail

    संरक्षणविहीन बालबालिकाको वर्गीकरण र तथ्याङ्क सङ्कलन हुँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    प्रस्तावित ‘सिनेपा’ चलचित्र स्टुडियोको काम अघि बढाउन सञ्चारमन्त्री तिमिल्सिनाको पहल, स्थानीय भावना र वातावरणीय पक्षलाई सम्बोधन गर्दै निर्माण प्रक्रिया अघि बढाइने

    प्रस्तावित ‘सिनेपा’ चलचित्र स्टुडियोको काम अघि बढाउन सञ्चारमन्त्री तिमिल्सिनाको पहल, स्थानीय भावना र वातावरणीय पक्षलाई सम्बोधन गर्दै निर्माण प्रक्रिया अघि बढाइने

    चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थित गरिँदै

    चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थित गरिँदै

    Post Thumbnail

    गेलेफु टी–२० सिरिजः नेपाल ‘ए’ टोली घोषणा

    Post Thumbnail

    दक्षिण एसियाली आइटीएफ तेक्वान्दोमा तनहुँलाई १९ पदक

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution