Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ३, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

चुनावमा हुने झगडा बन्द गराउ(सम्पादकीय)

प्रत्यूष १५१८ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ८, आईतबार (४ साल अघि)
चुनावमा हुने झगडा बन्द गराउ(सम्पादकीय)

धादिङ जिल्ला भरका स्थानीय तहको निर्वाचनको नतिजा आएसंगै जिल्ला प्रहरी कार्यालय लगायतका सरोकारवाला कार्यालयहरुमा झै झगडाका मुद्धाहरु भटाभट आईरहेका छन् । अहिले विशेष गरी पछिल्लो केहीदिन यता जिल्ला प्रहरी कार्यालय लगायतका स्थानहरुमा निर्वाचनका सम्वन्धमा जोडिएका झै झगडाका केसहरु धेरै रहेको बताइएको छ ।

निर्वाचनलाई आफ्नो पक्षमा पार्नका लागि गरिएका विभिन्न विधि पद्धती तथा विभिन्न किसिमका तयारीका कारण गाउँगाउँसम्म झै झगडा बढिरहेको पछिल्लो केही उदाहरणहरुले देखाउँदै आएको छ । स्थानीय तहको सम्वृद्धि र विकासका नारा लिएर निर्वाचनमा होमिएका दलका नेता कार्यकर्ताहरु बीचमै यति धेरै झै झगडा हाम्रा लागि राम्रो कुरा हुँदै होइन ।

अहिले गाउगाउँमा जति पनि झगडाका सममस्याहरु सृजना भएका छन् ति सबै सामान्य भन्दा सामान्य विषयबाट सुरु भएको विभिन्न अनुसन्धानका क्रममा पाउन सकिन्छ । निर्वाचनका बेला एउटा राजनीतिक दलका पछि लागेको आरोप देखी यस अबधिका विभिन्न सममय र कालखण्डमा भएका घरायसी रिसिइवी लगायतका कारणहरु दाई समेत राजनीतिक आडमा झगडाका वीउ बनाएको पाइएको छ । यतिवर्ष अगाडि यस्तो भाथ्यो रे नि त ?अनि यति धेरै मान्छे तेरा पछि लागेका छन् मलाई किन नबोलाएको ? जस्ता सामान्य विषयमा समेत गाउँघरमा लफडा भैरेहेको पाउन सकिन्छ । कतिपय स्थानमा त भोज खाँदाखाँदै सकिएको कारण जस्त कारणहरु पनिजोडिएका छन् ।

निर्वाचनका बेला राजनीतिक दलका नेता कार्यकर्ताहरुले जस्ता सुकै मान्छेलाई बोक्ने, संख्या बढाउने नाममा मतदाता नभएकाहरुदेखी वर्षौसम्म गाउँ नवस्ने तथा स्थानीय समुदायको कुनै चासो नभएकाहरु तथा सामाजिक उत्तरदयीत्व बोध नगर्नेहरुलाई समेत बोकेर हिड्ने लगायतका कारण पनि धेरै सम्स्याहरु सृजना भैहेका छन, यो राजनीतिक दलहरुको सम्वेदनशीलताको कमीका साथै सरोकारवालाहरुको गैरजिम्मेवारी पनका कारण पनि हो ।

हालका क्रियाकलाप जस्तै खाले गतिविधिहरु आगमी निर्वाचनहरुमा पनि हुँदै जाने हो भने यस्ता गतिविधिहरु राजनीतिक दलका लागि चुनौतीको विषय पनि हुन सक्छ । अहिले राजनीतिक दलका नेता कार्यकर्ताका कारण टोल टोल छर छिमेकी देखी एकाघरका दाजु भाईहरु समेतको मिलापमा समस्या आएको छ । राजनीतिक दलका नेता कार्यकर्ताहरुले छर छिमेक, परिवार तथा एउटा टोल र अर्को टोल विचमा हुनुपर्ने सम्बन्धको बारे बुझाउन सकेन भने यो अझ समस्याको बारेमा रहन सक्छ ।

निर्वाचन एक दिन हाउछ तर, गाउँ घर र छर छिमेकी भन्ने कुरा सधैं भरका लागि चाहिन्छ भन्ने जस्ता भाका तथा भाषाशैलीमा आफ्ना नेता कार्याकर्तालाई सम्झाउनु नै आजको मुख्य आवश्यकता हो । यसपटक पनि जिल्लाका धेरै स्थानीय तहमा त्यस खालका गतिविधि भई अहिले मुद्धा मामिला लगायतका कार्य भैरहेको छ, निर्वाचनको बेला आपसमा केही समस्याहरु भएपनि हामी सबै एउटै हौं भन्ने खालको भावनाको विकास गराउनदल सफलहुनु जरुरी छ, अन्यथा विक्रीतिले सार्थकता पाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

    तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

  • Post Thumbnail

    विपश्यना आत्मशुद्धि र शान्तिको मार्ग

  • Post Thumbnail

    कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

  • दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

    दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    अमेरिकी आप्रवासी हिरासतमा १८औँ मेक्सिकन नागरिकको मृत्यु, मेक्सिकोद्वारा निन्दा

    Post Thumbnail

    पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित

    दशैंमा आउने यात्रुलाई लक्षित गर्दै कोप्चे–बराह क्षेत्र जलयात्रा सेवा

    दशैंमा आउने यात्रुलाई लक्षित गर्दै कोप्चे–बराह क्षेत्र जलयात्रा सेवा

    Post Thumbnail

    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution