Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

स्थानीय तह निर्वाचन : ३१ हजार ४१६ जना जनप्रतिनिधि निर्वाचित, कुन दलका कतिले जिते ?

प्रत्यूष १७९९ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ६, शुक्रबार (४ साल अघि)
स्थानीय तह निर्वाचन : ३१ हजार ४१६ जना जनप्रतिनिधि निर्वाचित, कुन दलका कतिले जिते ?

काठमाडौं, ६ जेठ । 

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा हालसम्म ३१ हजार ४१६ जना जनप्रतिनिधिहरू निर्वाचित भइसकेको जनाएको छ । आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन गरेको थियो ।

आयोगका अनुसार ३५ हजार २२१ पदको लागि भएको निर्वाचनमा १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए ।

निर्वाचन भएका ७५३ स्थानीय तहमध्ये हालसम्म ६३८ तहमा मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका स्थानमा प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा ३१ हजार ४१६ जना जनप्रतिनिधि निर्वाचित भएका हुन् । अब ३ हजार ८०५ पदको परिणाम आउन बाँकी रहेको छ ।

निर्वाचित हुने जनप्रतिनिधिमा सबैभन्दा ठूलो संख्या नेपाली कांग्रेसका उम्मेदवारको रहेको छ । त्यसपछि ठूलो संख्या क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी, नेपालको रहेको छ ।

आयोगका अनुसार हालसम्म नेपाली कांग्रेसका १२ हजार ३४५ जना उम्मेदवारले विभिन्न पदमा विजयी भइसकेका छन् । यो भनेको कूल विजयी उम्मेदवारको ३९.२९ प्रतिशत हो ।

एमालेका १० हजार ६०९ जना उम्मेदवार विजयी भइसकेको आयोगले बताएको छ । कूल विजयी हुने उम्मेदारमा ३३.७६ प्रतिशत एमालेका उम्मेदवार रहेका छन् ।

माओवादी केन्द्रका हालसम्म ४ हजार ७५४ जना जनप्रतिनिधि विभिन्न पदमा विजयी बनेका छन् । यो भनेको कूल विजयी उम्मेदवारको १५.१३ प्रतिशत हो ।

जनता समाजवादी पार्टी, नेपालको हालसम्म १ हजार २२० जना उम्मेदवार विजयी बनेका छन् । विजयी उम्मेदवारमा जनता समाजवादी पार्टीको हिस्सा ३.८८ प्रतिशत रहेको छ । नेकपा (एकीकृत समाजवादी)को तर्फबाट हालसम्म १४ जना विजयी बनेका छन् । यो भनेको विजयी उम्मेदवारको ०.०४४ प्रतिशत हो ।

अन्य साना दल र स्वतन्त्र उम्मेदवार २ हजार ४८९ जना विजयी बनेको आयोगले जनाएको छ । कूल विजयी उम्मेदवारमध्ये ७.९२ प्रतिशत साना दल तथा स्वतन्त्र उम्मेदवारहरू छन् ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

  • Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

  • Post Thumbnail

    शारदीय काव्यमिलनमा देश र समाजका आवाज प्रस्तुत

  • Post Thumbnail

    सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

    रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

    Post Thumbnail

    भीमदत्तको छात्रवृत्ति कार्यक्रमः एमबिबिएस पढ्दै दुई विद्यार्थी, छोरी–बुहारीलाई सहयोग

    Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

    Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution