
कपिलवस्तु, ५ जेठ ।
आफ्नै झड्केलो पाँच वर्षीय छोरा आशिष कुमालको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वाणगंगा नगरपालिका–५ सिमलखोर बस्ने २६ वर्षीय लक्ष्मण कोहार छन् । उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
कोहारले कुटपिट गर्दा गम्भीर घाइते भएका आशिषको सामुदायिक अस्पताल चार नम्बरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोपवा र इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |