Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ८, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

पाँच महिनादेखि भैरहवा भन्सार आयातमा गिरावट, लक्ष्य पार गर्न सकस

प्रत्यूष १३६० पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ४, बुधबार (४ साल अघि)
पाँच महिनादेखि भैरहवा भन्सार आयातमा गिरावट, लक्ष्य पार गर्न सकस

भैरहवा, ४ जेठ ।

नेपाल राष्ट्र बैकले अनिवार्य लागु गरेको प्रतित पत्र र विभिन्न वस्तुको आयातमा लगाएको पूर्ण बन्देजका कारण भैरहवा भन्सार कार्यालयले लक्ष्य पार गर्न सकस भएको छ । भन्सार आयातमा भएको कडाइले भैरहवा भन्सार कार्यालयमा लगातार पाँच महिनादेखि आयातमा गिरावट आएको छ ।

आर्थिक वर्ष २०७८/०७९ को सुरुवातबाट राजश्व संकलनमा लक्ष्य पार गर्दै आएकोे कार्यालयले गत पुसबाट लक्ष्यअनुसारको राजश्व संकलन गर्न सकेको छैन ।

गत ५ पुसबाट लागु हुने गरी नेपाल राष्ट्र बैकले १८ वटा शीर्षकका विलासिताका वस्तुहरूको आयातमा अनिवार्य प्रतित पत्र (एल.सी.) खोलेर शतप्रतिशत र दुई वटा शीर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेसँगै आयातमा कमि हुदै आएको हो । लक्ष्यअनुसारको राजश्व संकलन गर्न नसक्दा यस्को प्रभाव वार्षिक लक्ष्यमा पर्ने देखिएको छ ।

कार्यालयले गत पुसमा ८७ दशमलव १३, माघमा ७१ दशमलव ५८, फागुनमा ७६ दशमलव ४५ , चैतमा ७३ दशमलव ९६ र वैशाखमा ७४ दशमलव ४३ प्रतिशत मात्र राजश्व संकलन गरेको छ ।

वैशाखबाट थप केही वस्तुको आयात पूर्ण रूपमा बन्देज लगाएपछि यसको असर पनि लक्ष्य प्राप्तिमा पुग्नेछ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले १३ वैशाखबाट १० वटा शिर्षकको आयातमा पूर्ण बन्देज लगाएको नेपाल राजपत्रमा उल्लेख छ । पूर्ण बन्देज लगाएको वस्तुमध्ये अधिकांश शिर्षकका वस्तु स्थलमार्गबाट नआइ हवाई मार्गबाट आउने गरेको छ ।

पैठारी पूर्ण बन्देजभएको बस्तुहरू कुरकुरे, लेज लगायतका वस्तु, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, मोबाइल सेट, ३२ इन्चभन्दा ठूला रंगीन टिभी, जिप कार भ्यान, २५० सीसी माथिको मोटरसाइकल, सबै प्रकारको खेलौना र खेल्ने तास रहेको छ ।

यी वस्तुमध्ये भैरहवा भन्सारबाट पैठारी हुने आयातलाई असर गर्ने वस्तु जिप कार भ्यान र मोटरसाइकल हो, यी वस्तुमा आयातमा पूर्ण बन्देज लगाए पनि प्रावधान जारी भएको मिति अगावै बैकिङ पैठारी प्रक्रिया गरेका वस्तुबाट आयात भएकोले हालसम्म खासै असर परेको छैन । आयात गर्ने कम्पनीहरूले सूचना जारी पहिलै नै बैकिङ प्रक्रियामा गएकोले अहिले भने पूर्ण बन्देजको असर परेको छैन, जिप कार भ्यान र मोटरसाइकलबाट कार्यालयले राजश्व संकलनमा ठूलो योग्दान पाउने गरेको छ ।

भन्सार कार्यालयले आवको वैशाख मसान्तसम्म कुल १ खर्ब ७ अर्ब १९ करोड ४५ लाख रुपैयाको लक्ष्य लिएकोमा वैशाख महिनामा ७४ दशमलव ४३ प्रतिशत अर्थात ७ अर्ब ५५ करोड ६६  लाख रुपैया मात्र राजस्व असुली गर्न सकेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तिर्थराज पासवानले जानकारी दिए ।

कार्यालयलाई आव २०७८/७९का लागि विभागले १ खर्ब २७ अर्ब ४२ करोड ६८ लाख वार्षिक लक्ष्य दिएको छ । अबको २ महिनामा लक्ष्य पार नहुने लगभग निश्चित छ, हालसम्मको राजश्व संकलनको तथ्यांकअनुसार वार्षिक लक्ष्यको ७७ दशमलव २१ प्रतिशत मात्रै राजश्व संकलन भएको छ । गत आर्थिक वर्षमा कार्यालयले लक्ष्य भन्दा १३ प्रतिशत बढी राजश्व संकलन गरेको थियो ।

कार्यालयका सूचना अधिकारी तिर्थराज पासवानका अनुसार, साउनदेखि हरेक महिना १० अर्बको हराहारीमा लक्ष्य थियो । नेपाल राष्ट्र बैकले विलासिताका वस्तुहरूको आयातमा कडाई गरेको छ, त्यसको असर हो ।

दैनिक ६–७ सय मालवाहक गाडी जाँच पास हुँदै आएको भैरहवा भन्सार कार्यालयमा अहिल २ सयको हाराहारीमा आयात भइरहेको छ । कार्यालयले सवारीसाधान, टायल मार्वल, एमएस विलेट, डिजेल, पेट्रोल, कोइला, मोबाइल फोन, पोलिथीन दाना, जर्दा खैनी, ग्लासलगायतका वस्तुबाट बढी राजश्व संकलन गरिरहेको थियो ।

पछिल्लो समय विलासी वस्तुको खारिदमा विदेशी मुद्रा धेरै खर्च भएकोले र आन्तरिक उत्पादन कम भएकोले देश भित्रको विदेशी मुद्राको संचितीलाई सन्तुलनमा राख्न नेपाल राष्ट्र बैंकले कडाई गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • Post Thumbnail

    साहित्यकार तुलाधरलाई अभिनन्दन, महर्जनद्वयलाई विराट सुरत्न सिरपा पुरस्कार प्रदान

  • Post Thumbnail

    बडा दसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

  • Post Thumbnail

    देशभर २० विपद्का घटना, आठ जना घाइते

  • Post Thumbnail

    तीन महिनामा चितवनमा २८ जनाद्वारा परित्याग

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    साहित्यकार तुलाधरलाई अभिनन्दन, महर्जनद्वयलाई विराट सुरत्न सिरपा पुरस्कार प्रदान

    Post Thumbnail

    बडा दसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

    पोखरामा पर्यटकीय चहलपहल बढ्यो

    पोखरामा पर्यटकीय चहलपहल बढ्यो

    Post Thumbnail

    तामाङ सम्पदा र रुविभ्याली पदमार्ग खुला

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution