
धादिङ । बौद्धिक तथा सचेत मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नुपूर्व मतदान केन्द्र र मतदान स्थलको स्पष्ट जानकारी लिन आवश्यक रहेको भन्दै जिल्ला निर्वाचन कार्यालय धादिङ ले मतदान स्थलहरूको विवरण सार्वजनिक गरेको छ।
कार्यालयका अनुसार मतदानको दिन हुन सक्ने अन्योलता कम गर्न मतदाताले आफ्नो नाम समावेश भएको केन्द्र र स्थलको यकिन जानकारी अग्रिम रूपमा लिनु उपयुक्त हुन्छ। विशेषगरी मतदाता क्रम संख्या तथा तोकिएको मतदान केन्द्र (क, ख, ग, घ वा ङ) को जानकारी पहिल्यै थाहा पाए मतदान प्रक्रिया सहज र व्यवस्थित हुने जनाइएको छ।
निर्वाचन अधिकृतको कार्यालयले सबै मतदातालाई आफ्नो मतदाता परिचयपत्र, क्रम संख्या तथा तोकिएको केन्द्रबारे स्पष्ट जानकारी राखी निर्धक्क रूपमा मतदानमा सहभागी हुन आग्रह गरेको छ। यसले मतदान केन्द्रमा अनावश्यक भीडभाड र अन्योलता घटाउने विश्वास कार्यालयको छ।
आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन मतदाताको सचेतना र सक्रिय सहभागिता अपरिहार्य रहेको पनि कार्यालयले उल्लेख गरेको छ।
आफ्नो मतदाता परिचयपत्रको क्रम संख्या अनुसार मतदान केन्द्र हेर्न तल लेखिएको अक्षरमा क्लीक गर्नुहोस
आफ्नो मतदाता परिचयपत्रको क्रम संख्या अनुसार मतदान केन्द्र हेर्न तल लेखिएको अक्षरमा क्लीक गर्नुहोस

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |