Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ११, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नखाएको विष लाग्दैन : फुटबलर अन्जन विष्ट

प्रत्यूष ३०६४ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ३, मंगलबार (४ साल अघि)
नखाएको विष लाग्दैन : फुटबलर अन्जन विष्ट

काठमाडौं, ३ जेठ। 

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादका कारण टिम बाहिर रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अन्जन विष्टले छिट्टै टोलीमा फर्किने आशा व्यक्त गरेका छन् ।

हिजो (सोमबार)देखि २४औँ वर्षमा प्रवेश गरेका अन्जनले सामाजिक सञ्जाल फेसबुकमार्फत जन्मदिनको सुभकामना दिने सम्पूर्णमा धन्यवाद दिँदै आफूहरू राष्ट्रिय टोलीको विवाद चाडै समाधान हुनेमा आशावादी रहेको बताए ।

अन्जनले पोस्टमा नखाएको विष नलाग्ने भन्दै छिट्टै राष्ट्रिय टिमको जर्सीमा फर्किएर समर्थकहरूमा खुसी दिन मन भएकाे लेखेका छन् । ‘मेरो जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्नुहुने सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा मलाई सदैव साथ दिनुहुने मेरा प्यारा फ्यानहरूमा हृदयदेखिनै हार्दिक कृतज्ञता प्रकट गर्न चाहान्छु ।

सायद यो जन्मदिन अरु वर्षभन्दा अलिक फरक रह्यो, आसा छ छिट्टै सबै कुरा ठिक हुनेछ । नखाएको विष लाग्दैन भन्ने लाग्छ, गल्ती नगरी कसैले पनि सजाय भोग्न नपरोस् । छिटै राष्ट्रिय टिमको जर्सी लगाई सम्पूर्ण नेपालीलाई खुसी दिन मन छ । सदैव यहाँहरुको साथ सहयोग र मायाको आस गर्दै पुनः सबैमा हार्दिक धन्यवाद ।’ अन्जनले लेखेका छन् ।

एसियन कपको तयारीका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीका १० खेलाडीलाई मुख्य प्रशिक्षक अल्मुताइरीले होटल छोड्न निर्देशन दिएको भन्दै अन्जनसँगै, रोहित चन्द, विमल घर्तिमगर, सुजल श्रेष्ठलगायतका खेलाडीले प्रशिक्षण छोडेका थिए ।

यसबारे खेलाडी तथा प्रशिक्षक अल्मुताइरी दुवैले एन्फालाई विवादबारे पत्र पठाएका थिए । खेलाडीले घटनाको जानकारी गराउँदै स्पष्ट छानबिनको माग राखेका थिए भने प्रशिक्षकले खेलाडीहरूलाई माफी दिएको बताएका थिए ।

यद्यपि, प्रशिक्षकले माफी दिए पनि खेलाडीहरूलाई आसन्न एएफसी एसियन कप छनोटको तेस्रो चरणका लागि भने टिममा समावेश नगराउने बताइसकेका छन् ।

यस विवाद समाधानका लागि एन्फाले आर्मीका मेजर जनलर भिक्टर राणाको संयोजकत्वमा विदुर विष्ट र दीपक थापा गरी तीन सदस्यीय छानबिन समिति बनाएको छ ।

नेपालले जेठ अन्तिम साता जोर्डन, कुवेत र इन्डोनेसियासँग छनोट खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

  • एनपिएलः चितवनद्वारा विराटनगरलाई १५८ रनको लक्ष्य

    एनपिएलः चितवनद्वारा विराटनगरलाई १५८ रनको लक्ष्य

  • Post Thumbnail

    शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धिः १३ दिनमा ६०० पर्यटक

  • Post Thumbnail

    बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

    आलेख : आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

    आलेख : आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

    Post Thumbnail

    म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

    एनपिएलः चितवनद्वारा विराटनगरलाई १५८ रनको लक्ष्य

    एनपिएलः चितवनद्वारा विराटनगरलाई १५८ रनको लक्ष्य

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution