Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ११, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् । पूर्वाधार विकास मन्त्रालय अन्र्तगतका कार्यालयहरू जिल्लामा स्थापना भएपछि विकास आयोजना कार्यान्वयनमा सहजता हुने अपेक्षा गरिएको छ ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ११, मंगलबार (१ घण्टा अघि)
Post Thumbnail

म्याग्दी, १० असोज : जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् । पूर्वाधार विकास मन्त्रालय अन्र्तगतका कार्यालयहरू जिल्लामा स्थापना भएपछि विकास आयोजना कार्यान्वयनमा सहजता हुने अपेक्षा गरिएको छ ।

सङ्घीय खानेपानी तथा ढल ब्यवस्थापन, जलस्रोत तथा सिँचाइ र स्थानीय पूर्वाधार विकास आयोजनाको कार्यालय थपिएका जिल्ला समन्वय समिति, म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले जानकारी दिनुभयो ।

“पूर्वाधार विकास मन्त्रालयले म्याग्दीमा तीन वटा नयाँ कार्यालय विस्तार गर्ने निर्णय गरेर सहजिकरणका लागि समन्वय समितिलाई पत्राचार गरेको छ,” उहाँले भन्नुभयो, “खानेपानी तथा ढल ब्यवस्थापन कार्यालय साविक एकाइ रहेको भवनबाट सञ्चालन हुनेछ भने अन्य दुई वटा कार्यालयका लागि भवनको खोजीमा छौँ ।”

स्थानीय पूर्वाधार विकास आयोजनाको कार्यक्षेत्र म्याग्दी, बागलुङ र मुस्ताङ तोकिएको छ । खानेपानी तथा ढल ब्यवस्थापन आयोजनाको कार्यक्षेत्र म्याग्दी, पर्वत, बागलुङ र मुस्ताङ रहेको छ । जलस्रोत तथा सिँचाइ आयोजनाको कार्यक्षेत्र कालीगण्डकी नदी बेसिनका जिल्लाहरू रहेका छन् ।

सङ्घीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजनाको कार्यालय आर्थिक वर्ष २०८२÷०८३ मा पोखरामा गाभिएर बेनीमा एकाइ मात्र रहेको थियो । सिँचाइ तथा जलस्रोत र स्थानीय पूर्वाधार विकास आयोजनाको कार्यालय यसअघि बेनीमा थिएनन् । तीन वटै कार्यालयहरू यसअघि पोखरामा थिए ।

सडक, सहरी विकास, नदी नियन्त्रण, बस्ती संरक्षण, खानेपानी, सिँचाइसँग सम्बन्धी महत्त्वपूर्ण योजनाहरू सञ्चालन गर्ने कार्यालयहरू जिल्लामै हुँदा योजना छनौटदेखि कार्यान्वयनमा सहजता हुने कार्यवाहक जिसस प्रमुख खत्रीले बताउनुभयो । तिहार अघिनै ती कार्यालयहरू सञ्चालनमा ल्याउने तयारी भएको उहाँले बताउनुभयो ।

  • पर्वत
  • मुस्ताङ
  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

  • Post Thumbnail

    शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धिः १३ दिनमा ६०० पर्यटक

  • Post Thumbnail

    बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

  • सौराहामा पर्यटकको चहलपहल बढ्यो

    सौराहामा पर्यटकको चहलपहल बढ्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

    Post Thumbnail

    ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान

    Post Thumbnail

    विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

    आलेख : आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

    आलेख : आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution