Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १३, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छापिए

प्रत्यूष ३७ पटक पढिएको प्रकाशित मिति: २०८२ माघ १३, मंगलबार (३ घण्टा अघि)
समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छापिए

काठमाडौं। आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने मतपत्रको छपाइ आजबाट सुरु भएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सोमबार एक कार्यक्रमबिच छपाइ मेसिनको स्वीच अन गरेर मतपत्र छपाइ शुभारम्भ गर्नुभयो।

जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छपाइ हुनेछ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ हुने छ। समानुपातिकतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सोमबार नै सम्पन्न भइसकेको छ।

मतपत्र छपाइ कार्य निकै संवेनशील रहेको कुनै गल्ती गर्ने छुट नभएकाले आयोगले नेपाली सेनाको सुरक्षा घेराभित्र छपाइ गर्ने गरेको कार्यवाहक आयुक्त भण्डारीले बताउनुभयो।

आयोगले फागुन ५ गतेभित्र सम्बन्धित स्थानमा स्थानमा मतपत्र पुर्‍याउने लक्ष्य राखेको छ। सम्बन्धित स्थानमा मतपत्र पुगिसकेपछि मतदान अधिकृतहरूले कानुन बमोजिम मतदानको दिनमात्र सिल गरिएको मतपत्र खोल्न पाउने व्यवस्था छ। उच्च सुरक्षा प्रबन्धका साथ मतपत्र ढुवानी हुने छ।

प्रत्यक्षतर्फको मतपत्र १५ दिनमा छपाइ सकिने छ।

निर्वाचन व्यवस्थापनका क्रममा आयोगबाट सम्पादन गरिने हरेक क्रियाकलाप उत्तिकै महत्वपूर्ण भएको सो अवसरमा कार्यवाहक प्रमुख भण्डारीले बताउनुभयो। निर्धारित कार्यतालिका अनुसार आयोगले जुन दिन जुन कार्य सम्पन्न गर्ने भनेर निर्धारण गरेको हुन्छ सोही अनुसार नै कार्यसम्पादन गर्नै पर्ने अनिवार्य दायित्व हुने गरेको पनि उहाँले बताउनुभयो।

प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन गराउनु हुने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको र समानुपातिकतर्फ बन्दसूचीमा नाम समावेश उम्मेदवारहरूको अन्तिम नामावली माघ २० गते प्रकाशन गर्ने कार्यक्रम रहेको छ।

कार्यवाहक प्रमुख भण्डारीले राजनीतिक दल एवं उम्मेदवारबाट निर्वाचन अचारसंहिताको पूर्ण परिपालना हुनेमा आयोग विश्वस्त रहेको पनि बताउनुभयो। निर्वाचन आयोगले यसपटक आचारसंहितामा व्यवस्था गरेका प्रावधानहरूलाई कडाइका साथ कार्यान्वयन गर्ने उहाँको भनाइ छ।

सामाजिक सञ्जालबाट प्रवाह हुने मिथ्या सूचना, दुष्प्रचार, घृणास्पद अभिव्यक्ति एवं एकले अर्को पक्षलाई निषेध गर्ने प्रवृत्तिप्रति आयोग कठोर रूपमा प्रस्तुत पनि उहाँले बताउनुभयो। आयोगबाट सामाजिक सञ्जाल, सञ्चारमाध्यम, अयोगमा विभिन्न माध्यमबाट आएका जानकारीहरू विश्लेषण गरेर आचारसंहिता उल्लंघनका घटना केलाउने कार्य सुरु भइसकेको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङमा १०८ मतदान स्थल र २८९ मतदान केन्द्र अति संवेदनशील

    धादिङमा १०८ मतदान स्थल र २८९ मतदान केन्द्र अति संवेदनशील

  • धादिङमा चुनावी सहमति : पाँच दलद्वारा शान्तिपूर्ण निर्वाचनको संयुक्त प्रतिबद्धता

    धादिङमा चुनावी सहमति : पाँच दलद्वारा शान्तिपूर्ण निर्वाचनको संयुक्त प्रतिबद्धता

  • धादिङमा निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

    धादिङमा निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

  • पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

    पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १३ गते मंगलबार

    २०८२ माघ १३ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङमा १०८ मतदान स्थल र २८९ मतदान केन्द्र अति संवेदनशील

    धादिङमा १०८ मतदान स्थल र २८९ मतदान केन्द्र अति संवेदनशील

    समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छापिए

    समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छापिए

    धादिङमा चुनावी सहमति : पाँच दलद्वारा शान्तिपूर्ण निर्वाचनको संयुक्त प्रतिबद्धता

    धादिङमा चुनावी सहमति : पाँच दलद्वारा शान्तिपूर्ण निर्वाचनको संयुक्त प्रतिबद्धता

    धादिङमा निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

    धादिङमा निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution