Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा चुनावी सहमति : पाँच दलद्वारा शान्तिपूर्ण निर्वाचनको संयुक्त प्रतिबद्धता

प्रत्यूष ३२९३ पटक पढिएको प्रकाशित मिति: २०८२ माघ १३, मंगलबार (८ महिना अघि)
धादिङमा चुनावी सहमति : पाँच दलद्वारा शान्तिपूर्ण निर्वाचनको संयुक्त प्रतिबद्धता

धादिङ, १३ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गराउने उद्देश्यसहित धादिङका पाँच प्रमुख राजनीतिक दलले साझा प्रतिबद्धता जनाएका छन्।

मंगलबार बिहान धादिङबेसीमा सम्पन्न जिल्ला स्तरीय बैठकपछि नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्। बैठकमा दलका जिल्ला नेतृत्वसहित दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको सहभागिता रहेको थियो।

संयुक्त प्रतिबद्धतामा धादिङ जिल्लामा शान्ति, अमनचयन, राजनीतिक तथा सामाजिक सद्भाव कायम गर्दै सन्तुलित र न्यायपूर्ण विकास, सुशासन तथा समतामूलक समाज निर्माणका लागि आपसी सहकार्य र समन्वय गर्ने उल्लेख छ। निर्वाचनपछि जुनसुकै दल वा उम्मेदवार निर्वाचित भए पनि जिल्लाको समग्र हितलाई प्राथमिकतामा राखेर मिलेर काम गर्ने सहमति पनि गरिएको छ।

त्यसैगरी निर्वाचन प्रचारप्रसारका गतिविधिलाई शान्तिपूर्ण, सौहार्दपूर्ण, मैत्रीपूर्ण, मितव्ययी र मर्यादित बनाउने, मतदान प्रक्रियालाई स्वतन्त्र र निष्पक्ष बनाउन सहयोग गर्ने तथा सबै दल र उम्मेदवारप्रति सम्मान र आदरभाव कायम गर्ने प्रतिबद्धता जनाइएको छ। निर्वाचनका क्रममा उत्पन्न हुन सक्ने विवाद तथा असमझदारीलाई आपसी समन्वय र संवादमार्फत समाधान गर्ने र निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता–२०८२ पूर्ण रूपमा पालना गर्ने उल्लेख पनि प्रतिबद्धता पत्रमा छ।

संयुक्त विज्ञप्तिमार्फत सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता, मतदाता, आम नागरिक र सञ्चारकर्मीलाई निर्वाचन सफल बनाउन सहयोग, निगरानी र खबरदारी गर्न आग्रह गरिएको छ।

बैठकमा नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी, नेकपा (एमाले) धादिङका कार्यवाहक अध्यक्ष अर्जुनकुमार श्रेष्ठ ‘गोर्खाली’, नेपाली कम्युनिस्ट पार्टी धादिङका संयोजक मनराज भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी धादिङका संगठन सचिव रामहरि रिजाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङका अध्यक्ष ध्रुवप्रसाद खनाललगायत दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

  • फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

  • भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

  • सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution