Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गंगाजमुना ५ स्थित कुवापानी आधारभूत विद्यालयको ३३ औँ अभिभावक दिवस

प्रत्यूष २६७३ पटक पढिएको प्रकाशित मिति: २०८२ मंसिर २२, सोमबार (१० महिना अघि)
गंगाजमुना ५ स्थित कुवापानी आधारभूत विद्यालयको ३३ औँ अभिभावक दिवस

धादिङबेशी, २२ मंसिर। गंगाजमुना गाउँपालिका वडा नं. ५ मा रहेको कुवापानी आधारभूत विद्यालयको ३३ औँ अभिभावक दिवस समारोह भव्यताका साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सक बहादुर गुरुङको सभापतित्वमा भएको उक्त कार्यक्रममा गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंखडा, गाउँपालिकाका प्रवक्ता तथा वडा न ५ का वडा अध्यक्ष कुमार अधिकारी  तथा शिक्षा अधिकृत मान बहादुर बोहोरा लगाएतको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा गङ्गाजमुना गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामाले वडा नं. ५ मा अवस्थित कुवापानी आधारभूत विद्यालयको ३३ औँ अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै विद्यालयलाई ’महामन्दिर’ को संज्ञा दिनुभएको छ । उहाँले विभिन्न धर्मावलम्बीहरूका लागि विद्यालय साझा थलो भएको उल्लेख गर्दै शैक्षिक उत्थानका लागि सबैको सहयोग र एकता अपरिहार्य रहेको बताउनुभयो ।उहाँले विद्यालयमा लेखिएको उद्धरण “सेवा गर्ने हात भोजन गराउने ओठभन्दा पवित्र हुन्छ” लाई जोड्दै दान गर्नेहरूलाई कहिल्यै हानि नहुने भन्दै दाताहरुलाई धन्यावाद प्रकट गर्नुभएको थियो ।

त्यसैगरी गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडाले वार्षिकोत्सवलाई विगतको कार्यप्रगतिको समीक्षा र आगामी कार्ययोजना निर्माण गर्ने अवसरको रूपमा व्याख्या गर्नुभयो । गाउँपालिकामा रहेका ४२ वटा विद्यालयहरूमध्ये कुवापानी आधारभूत विद्यालय पनि एक भएको बताउँदै उपाध्यक्ष सिंखडाले स्रोत र साधन सीमित भए पनि गाउँपालिकाले शिक्षाको उत्थान र भौतिक संरचना निर्माणमा सक्दो सहयोग गरिरहेको जानकारी गराउनुभयो । उपाध्यक्ष सिंखडाले अभिभावकहरूको सक्रिय सहभागिताको प्रशंसा गर्दै भविष्यमा यो विद्यालय गंगाजमुनाकै नमुना शैक्षिक र उदाहरणीय भौतिक संरचना भएको विद्यालय बन्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै शिक्षा अधिकृत मान बहादुर बोहोराले विद्यालयले शैक्षिक तथा भौतिक दुवै क्षेत्रमा निरन्तर राम्रो प्रगति गरिरहेकोमा खुसी व्यक्त गर्नुभयो । “यो विद्यालयले निरन्तर रूपमा अहिले शैक्षिक रूपमा लगायत भौतिक रूपमा पनि राम्रो प्रगति गरिरहेको छ। यो विद्यालय यो वडाको उत्कृष्ट विद्यालय बन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु,“ उहाँले भन्नुभयो ।  शिक्षा अधिकृत बोहोराले वडास्तरीय सांस्कृतिक कार्यक्रम आयोजना गरी विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने मौका दिएकोमा वडा सरकारलाई धन्यवाद दिँदै वडा नं. ५  ले अतिरिक्त क्रियाकलापमा महत्वपुर्ण कार्य गर्दै आएको बताउनुभयो ।

बार्षिक उत्सवको अवसरमा बिद्यालयमा नृत्य प्रतियोगिता समेत सम्पन्न गरेको छ । वडा स्तरिय कक्षा ४ र ५ को नृत्य प्रतियोगितामा ढाँडखर्क आ.वि.का सरस्वती गुरुङ र एरिना गुरुङ प्रथम,मण्डली माविका निरुषा अधिकारी र एन्जिला बिक द्धिप्तीय, अन्नपुर्ण आविका संगम थापा मगर र रोशनी बिक तृतिय र हिलेपोखरी आविका समिता थापा र सन्धा भण्डारीले सान्त्वना स्थान हासिल गरेको थिए ।

त्यसैगरी कक्षा ३ तर्फ हिलेपोखरी आविका अस्मिता गुरुङ प्रथम,कालिकादेवी आ.विका रियाशा थापा दोस्रो,अन्नपुर्ण आविका इशा बिक तृतिय र सरस्वती आविका शिवानी घलेले सान्त्वना स्थान हासिल गरेको थिए । कार्यक्रममा बिभिन्न बिद्याका खेलकुद प्रतियोगिताको पुरस्कार बितरण तथा दानदाताहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
गङ्गाजमुना गाउँपालिका सम्बन्धि थप
  • Post Thumbnail

    गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’

  • Post Thumbnail

    सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, चारजना घाइते

  • Post Thumbnail

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार

  • Post Thumbnail

    चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको आग्रह

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सवारी दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते

    Post Thumbnail

    दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

    माझी समुदायले मनाउँछन् ‘पितरा पर्व’ १०४०

    माझी समुदायले मनाउँछन् ‘पितरा पर्व’ १०४०

    Post Thumbnail

    चितवनका कैदीबन्दीलाई दसैँको उत्साह छैन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution