Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ मंसिर ११, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

देश गम्भीर र अपठ्यारो स्थितिमा रहेकोले उत्तम उपाय निर्वाचन नै हो : प्रचण्ड

प्रत्यूष १२ पटक पढिएको प्रकाशित मिति: २०८२ मंसिर ११, बिहिबार (३ घण्टा अघि)
देश गम्भीर र अपठ्यारो स्थितिमा रहेकोले उत्तम उपाय निर्वाचन नै हो : प्रचण्ड

धादिङबेशी । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्प कमल दाहालले प्रचण्डले देश अहिले गम्भीर र अपठ्यारो स्थितिमा रहेकोले उत्तम उपाय नै निर्वाचन नै भएको बताउनु भएको छ । बुधबार धादिङको बेनिघाट रोराङ गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

गाउँपालकिाको नयाँ भवन उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री दाहालले सङ्घीय संरचना बलियो बनाउन स्थानीय तहको भूमिकालाई थप मजबुत बनाउनु आजको आवश्यकता भएको बताउनु भयो । आफ्नो संवोधनका क्रममा दाहालले ग्रामीण विकासको आधारभूत केन्द्र नै स्थानीय सरकार हुने टिप्पणी गर्नु भयो ।

पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ले हालको परिस्थितिबाट राष्ट्रलाई निकास दिन सबै नेपालीले एकताको बल पुनः सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले दस वटा पार्टीबिच गरिएको एकतालाई चुनाव जित्ने मात्र उद्देश्य नभई “राष्ट्र बचाउने महाअभियानको सुरुवात”को रूपमा रहेको बताउनुभयो । उहाँले भन्नुभयोे, “नेपाली कम्युनिष्ट पार्टीलाई अझ बलियो बनाउँदैछौँ । निर्वाचन हुन्छ, हुनै पर्छ । अहिलेको अन्योल, अराजकता र भयको वातावरणको अन्त्यको मूल उपाय पनि यही हो ।

पूर्वप्रधानमन्त्री दाहालले व्यक्तिगत रूपमा पुनः प्रधानमन्त्री बन्ने चाहना नभएतापनि देशले आवश्यकता देखायो र जनताले चाहे भने आफू जिम्मेवारीबाट पछि नहट्ने धारणा राख्नु भयो ।
निर्वाचनको वातावरण निर्माण गर्न सबै तह–तप्काले आ–आफ्नो स्थानबाट योगदान पु¥याउनुपर्ने उल्लेख गर्दै उहाँले राष्ट्रिय एकता मजबुत बनाउन सके राष्ट्र अझ शक्तिशाली र सक्षम बन्ने विश्वास व्यक्त    गर्नुभयो ।

त्यसैगरी, उहाँले आफू जुनसुकै भूमिकामा रहे पनि बुढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाँले बेनीघाट रोराङ गाउँपालिकाले लिजा तथा बेरुजुमा गरेकोे उत्कृष्टताको सधै, सवै ठाउँमा प्रशंसा गर्ने गरेको बताउनु भएको थियो ।

बेनीघाट रोराङ गाउँपालिकाले करिब १४ करोड रुपैयाँ लागतमा नयाँ प्रशासकीय बहु–उपयोगी भवन निर्माण गरेको छ । यस नयाँ संरचनाले गाउँपालिकाबाट प्रदान हुने सेवा–प्रवाहलाई अझ सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

१३ करोड ९० लाख रुपैयाँ लागतमा बनेको ३८ कोठे भवनमा तीनवटा तला रहेको छ । पहिलो तला सामान्य प्रशासनिक सेवा, दोस्रो तला उप–प्रमुखको कार्यकक्ष र न्यायिक इजलास र तेस्रो तला पालिकाका प्रमुखको कार्यकक्ष रहेको छ । यसअघि गाउँपालिकाले सहकारीको भवन भाडामा लिएर सेवा प्रदान गर्दै आएको थियो । नयाँ भवनले अब आधुनिक, व्यवस्थित र नागरिकमैत्री प्रशासनिक सेवा सुनिश्चित गर्ने तयारी गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलियाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पूर्व मन्त्री राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री डा. गंगालाल तुलाधर, संविधानसभा सदस्य पुष्प विक्रम मल्ल लगायत स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा नागरिकको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
बेनिघाट रोराङ्ग गाउँपालिका सम्बन्धि थप
  • रसुवागढी नाकास्थित ‘बेलीब्रिज’ निर्माणमा चिनियाँ पक्षको प्राथमिकता

    रसुवागढी नाकास्थित ‘बेलीब्रिज’ निर्माणमा चिनियाँ पक्षको प्राथमिकता

  • नेप्से परिसूचक ४७ अङ्कले बढ्यो

    नेप्से परिसूचक ४७ अङ्कले बढ्यो

  • घुम्नैपर्ने ठाउँ बर्येडाँडा

    घुम्नैपर्ने ठाउँ बर्येडाँडा

  • तीन हजार दुई सय मिटर उचाइमा रहेका जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

    तीन हजार दुई सय मिटर उचाइमा रहेका जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

  • प्रत्यूष ई-पेपर थप

    २०८२ मंसिर ११ गते बिहिबार

    २०८२ मंसिर ११ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    देश गम्भीर र अपठ्यारो स्थितिमा रहेकोले उत्तम उपाय निर्वाचन नै हो : प्रचण्ड

    देश गम्भीर र अपठ्यारो स्थितिमा रहेकोले उत्तम उपाय निर्वाचन नै हो : प्रचण्ड

    रसुवागढी नाकास्थित ‘बेलीब्रिज’ निर्माणमा चिनियाँ पक्षको प्राथमिकता

    रसुवागढी नाकास्थित ‘बेलीब्रिज’ निर्माणमा चिनियाँ पक्षको प्राथमिकता

    नेप्से परिसूचक ४७ अङ्कले बढ्यो

    नेप्से परिसूचक ४७ अङ्कले बढ्यो

    घुम्नैपर्ने ठाउँ बर्येडाँडा

    घुम्नैपर्ने ठाउँ बर्येडाँडा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution