Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र २०, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा

प्रत्यूष २५९ पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ १६, शुक्रबार (३ महिना अघि)
क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा

चितवन, १६ जेठ ।भरतपुर महानगरपालिकाले निर्माण गरिरहेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा रातिको समयमा समेत काम गर्न थालिएको छ । लक्ष्यअनुसार प्रगति हुन नसकेपछि यहाँ दुई ‘सिफ्ट’मा काम गर्न थालिएको हो ।

करिब दुई महिनायता काम सुस्त भएपछि गत शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहित महानगरका जनप्रतिनिधि एवं कर्मचारी र निर्माण कम्पनीबीच कामलाई तीव्रता दिने सहमति भएको थियो । यससँगै मजदुर थप गरेर रातिको समयमा काम थालिएको हिमालयन कालिञ्चोक बिबिआर जेभीका सञ्चालक विकास गौतमले जानकारी दिनुभयो । हाल बिहान ७ देखि राति १० बजेसम्म १४० भन्दा बढी मजदुरले काम गरिरहेका र यो सङ्ख्या २०० भन्दा बढी पुग्ने उहाँले बताउनुभयो ।

“असारसम्म ४० प्रतिशत काम गर्नेगरी जनशक्ति परिचालन गर्न थालिएको छ । हाल भौतिक प्रगति २० प्रतिशत हाराहारी रहेको छ । प्याराफिटहरूमा सेन्टिङका काम भइरहेकाले छिट्टै प्रगति देखिने छ । यसअघि आवश्यक रड र सिमेन्ट समयमा पाउन नसक्दा समस्या भएको थियो”, सञ्चालक गौतमले भन्नुभयो ।

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीसहित निर्माण हेर्ने कर्मचारी लिएर रङ्गशाला पुग्नुभएकी महानगर प्रमुख दाहालले निर्माण कम्पनीलाई कुनै समस्या भए सहजीकरण गर्न महानगर तयार रहेको भन्दै ढिलासुस्ती नगर्न आग्रह गर्नुभएको थियो । उहाँले चालु आर्थिक वर्षका लागि प्राप्त बजेट नै ‘फ्रिज’ हुनसक्नेतर्फ सचेत रहन आग्रह गर्नुभएको थियो । सङ्घीय सरकारले रु २५ करोड र बागमती प्रदेश सरकारले रु १० करोड रङ्गशाला निर्माणका लागि बजेट निकासा गरिसकेको छ । बजेट सुनिश्चित र निकासाका लागि निकै मेहनत गर्नुपरेको भन्दै दाहालले लक्ष्यअनुसार काम गर्न आग्रह गर्नुभएको थियो ।

महानगरले गौरवको आयोजनाका रूपमा प्राथमिकतामा राखेर रङ्गशाला निर्माण गरिरहेको छ । रङ्गशालाको प्यारापिट र भिआइपी टावर निर्माणको काम भइरहेको छ । रङ्गशालामा दुईवटा भिआइपी टावरको पहिलो तला ढलान गर्ने तयारी गरिएको छ । पश्चिमतर्फको प्यारापिटको सेन्टिङको काम भइरहेको छ ।

धुर्मुस–सुन्तली फाउन्डेसनले रङ्गशाला निर्माण गर्न नसकेपछि महानगरलाई स्वामित्व हस्तान्तरण गरेको थियो । महानगरले स्वामित्व लिएर सङ्घीय, प्रदेश तथा महानगर आफैँले समेत लगानी गर्ने गरी विसं २०८१ साउनबाट रङ्गशालाको काम सुरु गरिएको हो । रु ७८ करोडमा ठेक्का लगाइएको हो ।

महानगरका इन्जिनियर सन्तोष आचार्यका अनुसार क्रिकेट मैदानसहित पाँचवटा पिच, ढलसहित मैदान निर्माण, दुईवटा तीन÷तीन तलाको भिआइपी टावर बनाइनेछ । एउटामा भिआइपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू हुनेछन् । १० हजार अट्ने प्यारापिट बन्नेछ । ३० महिनाभित्र निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौता छ ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • धादिङको नीलकण्ठलाई लगातार तेस्रो पटक राष्ट्रपति रनिङ शिल्डको उपाधि

    धादिङको नीलकण्ठलाई लगातार तेस्रो पटक राष्ट्रपति रनिङ शिल्डको उपाधि

  • फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण

    फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण

  • यु–१९ महिला विश्वकप खेल्ने नेपाली टोली घोषणा

    यु–१९ महिला विश्वकप खेल्ने नेपाली टोली घोषणा

  • पार्कर खेलाडी दिनेशलाई यस वर्षको अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार प्रदान

    पार्कर खेलाडी दिनेशलाई यस वर्षको अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार प्रदान

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र १९ गते बिहिबार

    २०८२ भाद्र १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    होटल व्यवसायलाई सहज ढङ्गले सञ्चालन गर्ने वातावरण बनाउन आग्रह

    होटल व्यवसायलाई सहज ढङ्गले सञ्चालन गर्ने वातावरण बनाउन आग्रह

    लघु तथा साना जलविद्युत् टिकाउन व्यवसायिक व्यवस्थापन र आर्थिक पारदर्शिता अनिवार्यः मन्त्री खड्का

    लघु तथा साना जलविद्युत् टिकाउन व्यवसायिक व्यवस्थापन र आर्थिक पारदर्शिता अनिवार्यः मन्त्री खड्का

    बन्दीपुरका धानबालीमा ब्लाष्ट रोग देखियो

    बन्दीपुरका धानबालीमा ब्लाष्ट रोग देखियो

    नेपाल अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगोःपरराष्ट्रमन्त्री

    नेपाल अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगोःपरराष्ट्रमन्त्री

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution