Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङको नीलकण्ठलाई लगातार तेस्रो पटक राष्ट्रपति रनिङ शिल्डको उपाधि

बद्री अधिकारी ३५०५ पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ ६, मंगलबार (१ साल अघि)
धादिङको नीलकण्ठलाई लगातार तेस्रो पटक राष्ट्रपति रनिङ शिल्डको उपाधि

धादिङ,६ जेठ । चौथौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि धादिङको नीलकण्ठ नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना र नीलकण्ठ नगरपालिकाको व्यवस्थापनमा सम्पन्न भएको प्रतियागिताको उपाधी नीलकण्ठ नगरपालिकाले जितेको हो । सोमबार सम्पन्न भएको प्रतियोगितामा २२ स्वर्ण, ७ रजत र १० कास्यपदक सहित नीलकण्ठ नगरपालिका प्रतियोगिताको विजेता बन्दै रनिङ शिल्ड हात पारेको हो । यो सँगै नीलकण्ठ नगरपालिकाले लगातार तेसे पटक जिल्ला स्तरीय रनिङ शिल्ड जितेको हो ।

राष्ट्रपति रनिङ शिल्डमा थाक्रे गाउँपालिका दोस्रो भएको छ । थाक्रे गाउँपालिकाले ८ स्वर्ण पदक, ११ रजत र ८ कास्य पदक सहित दोस्रो स्थान हासिल गरेको हो ।प्रतियोगितामा रुवीभ्याली गाउँपालिका तेस्रो भएको छ । रुवीभ्यालीले ५ स्वर्ण पदक, ३ रजत पदक र २ कास्य पदक सहित तेस्रो स्थान लिन सफल भएको छ । जिल्लाका १३ वटा स्थानिय सरकार मध्ये एघार वटा स्थानीय सरकारले प्रतियोगितामा भाग लिएका थिए ।पुरस्कार वितरण तथा समापन समारोहका प्रमुख अतिथी नीलकण्ठ नगरपालिकाका मेयर तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले नीलकण्ठ नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर काम गरीरहेको बताउनुभयो ।

खेल शिक्षक नियुक्त गरेर होस वा पालिकामा विभिन्न खेलकुद प्रतियोगिता सन्चालन गरेर भएपनि खेलाडी उत्पादन गरीरहेको बताउनुभयो । प्रतियोगिताले जिल्लाभरिका खेलाडीबीच आपसी समझदारी, मित्रता र खेल भावना प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिंह तामाङले जानकारी दिनुभयो। धादिङ जिल्लामा आयोजित यो प्रतियोगिता विद्यालयस्तरका खेलाडीहरूका लागि क्षमता प्रदर्शन गर्ने उत्कृष्ट मञ्च भएको सहभागी विद्यालयहरूको प्रतिक्रिया रहेको छ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?

  • Post Thumbnail

    विदेश पठाइदिने नाममा ठगी गर्ने पक्राउ

  • Post Thumbnail

    सुनचाँदी व्यवसायीलाई करसम्बन्धी अभिमुखीकरण

  • Post Thumbnail

    देशभर १७ विपद्का घटना, तीनको मृत्यु

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    म्याग्दीमा बाढी पहिरोबाट अर्बौंको क्षति

    Post Thumbnail

    दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?

    Post Thumbnail

    विदेश पठाइदिने नाममा ठगी गर्ने पक्राउ

    Post Thumbnail

    सुनचाँदी व्यवसायीलाई करसम्बन्धी अभिमुखीकरण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution