
काठमाडौँ, २२ पुस ।
शेयर बजारमा आज हरियाली छाएको छ । नेपाल स्कट एक्सचेञ्ज नेप्से परिसूचक एक दशमलव ८९ प्रतिशत अर्थात् ४९ दशमलव १२ अङ्कले बढेर दुई हजार छ सय ४० दशमलव ६८ विन्दुमा पुगेको छ ।
विभिन्न तीन सय १२ कम्पनीका एक करोड ५४ लाख ६१ हजार दुई सय ६४ कित्ता शेयर ७५ हजार पाँच सय ४० पटक कारोबार हुँदा रु छ अर्ब ३० करोड ५४ लाख ३१ हजार आठ सय ८५ मा कारोबार भएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार आजको कारोबारपछि दुई २६ वटा कम्पनीको शेयर मूल्य बढ्दा १२ वटा कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । साथै, चार वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ७० प्रतिशत, साहास ऊजा लिमिटेडको शेयर मूल्य आठ दशमलव ७० प्रतिशत, माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ५९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।
त्यसैगरी उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |