Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

ज्वालामूखीमा काँग्रेस कार्यकर्ताद्वारा एमाले कार्याकर्ताको घर तोडफोड

प्रत्यूष ११४० पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २५, आईतबार (४ साल अघि)
ज्वालामूखीमा काँग्रेस कार्यकर्ताद्वारा एमाले कार्याकर्ताको घर तोडफोड

धादिङ,२५ बैशाख ।

धादिङको ज्वालामुखी गाउँपालिका ५ धुसेनीमा गएराति काँग्रेस कार्यकर्ताले एमाले कार्यकर्ताको घर तोडफोड गरेका छन् । नेपाली काँग्रेसका वडा अध्यक्ष उम्मेदवार टंक प्रसाद काप्री, काँग्रेस कार्यकर्ता शिवराम भण्डारी लगाएतको अगुवाइमा दुईओटा घरमा तोडफोड भएको नेकपा एमाले ज्वालामुखीले जनाएको छ । एमाले कार्यकर्ता धनबहादुर लम्साल र नानीराम आचार्यको घरमा तोडफोड भएको स्थानिय हरी थापाले जानकारी दिनुभयो ।

तोडफोडबाट ढोका फुटेको छ भने शौचालय समेत क्षति पुगेको छ । तोडफोडका कारण अन्य भौतिक सामाग्री नष्ट भएको र कुखुरा समेत मरेको खरी निवासी नेकपा एमाले ज्वालामुखीका अध्यक्ष राजेश अधिकारीले जानकारी दिनुभयो ।

घटनापछि नेपाल प्रहरीको टिम गाउँ पुगेर तोडफोडमा संलग्नहरुलाई खोजी गरिरहेको जनाएको छ । चुनाबी कार्यक्रमको क्रममा तल्लो गाउँमा वडाध्यक्षका प्रत्याशित काप्री र खरीका कांग्रेस नेता बिष्णु प्रसाद दुवाडी र एमालेका कार्यकर्ताको विवादपछि घरमा तोडफोड भएको बताइएको छ ।

एमाले कार्यकर्तामाथी आक्रमण भएको घटनाको विरोधमा धुसेनीमा नेकपा एमालेले विरोध सभा आयोजना गरेको छ । सभामा नेकपा एमाले गाउँपालिका अध्यक्ष उम्मेदवार हरिराम लोहनी, नेकपा एमाले ज्वालामूखीमा अध्यक्ष राजेश अधिकारी लगायतका नेताहरुले सम्बोधन गर्दै कार्यकर्ताहरुलाई सम्यमता अपनाउन र शशक्त प्रतिकार गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । आफुले आक्रमण नगर्ने र कसैले आक्रमण गर्छभने त्यसलाई नछाड्ने एमालेले बताएको छ । चुनावी सरगमी बढेको समयमा धादिङमा भने अपराधिक घटनाहरु हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस
ज्वालामुखी गाउँपालिका सम्बन्धि थप
  • जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

  • Post Thumbnail

    बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ

  • Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

  • Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    Post Thumbnail

    बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ

    रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

    रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

    Post Thumbnail

    भीमदत्तको छात्रवृत्ति कार्यक्रमः एमबिबिएस पढ्दै दुई विद्यार्थी, छोरी–बुहारीलाई सहयोग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution