Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १२, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

अन्तर्राष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पिनसिपमा तीन सयभन्दा बढी खेलाडी

१०३६ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २५, आईतबार (४ साल अघि)
अन्तर्राष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पिनसिपमा तीन सयभन्दा बढी खेलाडी

काठमाडौं, २४ वैशाख

अन्तर्राष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) को १३ औं संकरणमा तीन सयभन्दा बढी खेलाडीको सहभागिता पक्का भएको छ ।

च्याम्पियनसिप मे १३ र १४ तारिखमा अमेरिकाको मिचिगन राज्यमा हुँदैछ । च्याम्पियनसिपका लागि मे १० तारिखसम्म खेलाडी दर्ता खुल्ला छ ।

तर, ६ तारिखसम्ममा तीन सयभन्दा बढी खेलाडीले नाम दर्ता गराइसकेको आइओएफटीसीको स्थानीय इभेन्ट म्यानेजर अमूल गोर्खालीको भनाइ छ ।

‘अहिलेसम्म खेलाडी दर्ता संख्या तीन सय नाघ्यो, दस तारिखसम्म यो संख्या तीन सय ५० भन्दा माथि पुग्ने देखिएको छ,’ गोर्खालीले भने ।

मिचिगनमा हुनलागेको च्याम्पियनसिपको स्थानीय आयोजक एभरेष्ट तेक्वान्दो एकेडेमी रहेको छ । इभेन्ट म्यानेजर अमूल गोर्खालीका अनुसार १३ तारिख खेलाडीको वेट लिइने छ । मुख्य प्रतिस्पर्धा भने मे १४ तारिख हुनेछ ।

च्याम्पियनसिपमा अहिलेसम्म अमेरिका बाहेक आठ देशका खेलाडीले प्रतिस्पर्धाका लागि नाम दर्ता गराएका छन् । अमेरिका भित्र पनि मिचिगन बाहेक ११ राज्यका खेलाडीले सहभागिता जनाउँदै छन् ।

गोर्खालीका अनुसार अमेरिकाका विभिन्न राज्यबाट नेपाली खेलाडी मात्र ३२ जनाले अहिलेसम्म नाम दर्ता गराएका छन् । त्यसपछि क्यानडाबाट एक नेपाली सहित १३ खेलाडीको सहभागिताको टुङ्गो लागेको छ । मेक्सिको, कतार, भारत, दक्षिण कोरिया, फिलिपिन्सबाट पनि खेलाडीले भाग लिने छन् ।

च्याम्पियनसिप जुनियर र सिनियर गरी हुनेछ । रोचक पक्ष च्याम्पियनसिपमा कडेट इभेन्ट समावेश गरिएको छ । यो इभेन्टमा पाँच वर्ष मुनि, ६ देखि ७ वर्ष, ८ देखि ९वर्ष, १० देखि ११ वर्ष र १२ देखि १४ वर्ष उमेर समूहमा प्रतिस्पर्धा गराइने छ ।

यस्तै जुनियर इभेन्टमा १५ देखि १७ वर्ष र १८ देखि ३२ वर्ष उमेर समूहमा प्रतिस्पर्धा हुने छ । इभेन्ट म्यानेजर गोर्खालीका अनुसार सिनियरमा भने महिला तथा पुरुष दुवैतर्फ विश्व तेक्वान्दो महासंघ डब्लुटीएफ र ओलम्पिक फर्म्याटका तौल समूहमा प्रतिस्पर्धा गराइने छ ।

मिचिगनको एप्सीलान्टी सिटीमा रहेको इस्टर्न मिचिगन विश्वविद्यालयस्थित जर्ज गेर्विन गेम ओभर सेन्टरमा हुने च्याम्पियनसिपको सिनियर पुरुषमा ५४ केजीमुनी, ५८ केजीमुनी, ६३ केजीमुनी, ६८ केजीमुनी, ७४ केजीमुनी, ८० केजीमुनी, ८७ केजीमुनी र ८७ केजीमाथि तौल समूहमा समावेश छ ।

यस्तै महिला तर्फ ४६ केजीमुनी, ४९ केजीमुनी, ५३ केजीमुनी, ५७ केजीमुनी, ६२ केजीमुनी, ६७ केजीमुनी, ६३ केजीमुनी, ७३ केजीमुनी र ७३ केजीमाथि प्रतिस्पर्धा हुने छ ।

गोर्खालीका अनुसार ह्याभी वेट बाहेक अन्य तौलसमूहमा खेलाडीको दर्ता भइसकेको छ । च्याम्पियनसिप पाँच रिङ्गमा हुने छ ।

च्याम्पियनसिपमा रेफ्रि डिरेक्टर युएस तेक्वान्दोका पूर्व सिइओ ब्रस हेरिस रहेका छन् । यस्तै रेफ्रि चियरमा अस्ट्रेलियाका रेने लेभोस रहेका छन् । उनी ओलम्पिक रेफ्रि समेत हुन् । यस्तै अर्का रेफ्रि चियरमा रेमण्ड सु छन् । उनी विश्व तेक्वान्दो पुम्से कमिटीको सदस्य हुन् ।

च्याम्पियनसिपमा २२ जना रेफ्रि रहने छन् । जसमा दस जना अन्तर्राष्ट्रिय छन् । अमेरिका बाहिरबाट आठ देशका रेफ्री छन् ।

स्थानीय आयोजक एभरेष्ट तेक्वान्दो एकेडेमीका सञ्चालक तथा मुख्य प्रशिक्षक एवं च्याम्पियनसिपका संयोजक लव गोर्खालीले खेलाडीको सहभागिता उत्साहजनक रहेको बताए । ‘कोभिड–१९ का कारण लामो समय देखि बन्द दूतावासहरू भर्खर खुल्दै छन्, त्यसले गर्दा अहिले अन्तरवार्ताको मिति चाँडो पाउनै गाह्रो भएकाले धेरै छुटे तर पनि जुन रूपमा अहिलेसम्म खेलाडी दर्ता भएको छ यो हामीले सोचे भन्दा राम्रो हो,’ लव गोर्खालीले भने ।

च्याम्पियनसिपमा स्थानीय, जुनियरदेखि यूएस च्याम्पियन खेलेका सम्म खेलाडीले भाग लिने लव गोर्खालीको भनाइ छ । ‘सिनियर इभेन्टमा यूएसए तेक्वान्दोको अनुभव भएका खेलाडी पनि छन्, रेफ्रि पनि वल्र्ड तेक्वान्दो र ओलम्पिक खेलाएका छन्,’ उनले भने ।

गोर्खालीले अब आफूहरू पाहुनाको स्वागतका लागि तयार रहेको बताए । ‘हामी रेडी टु गोमा छौं । सबै अतिथिको प्रतिक्षामा छौं । उहाँहरूको स्वागतका लागि आतुर छौं,’ उनी भन्छन् ।

च्याम्पियनसिपलाई युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो महासंघ (युएनटीफ) र गैरआवासीय नेपाली संघ अमेरिकाको सहयोग रहने छ ।

अन्तर्राष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप हेडक्वाटर पोर्टल्यान्डको आयोजनामा यो च्याम्पियनसिप सन् २००० देखि सुरु भएको हो । सुरुआती दुई संस्करण नेपालमा भएको च्याम्पिनसिप भारत, हङकङ र बेलायतमा पनि आयोजना भइसकेको छ ।

अमेरिकामा यो च्याम्पियनसिप हुन लागेको चौथो पटक हो । यस अगाडि हेडक्वाटर ओरिगनको पोर्टल्यान्डमा मात्र आयोजना हुँदै आएको च्याम्पियनसिप अमेरिका भित्र अन्य राज्यमा हुन लागेको पहिलो पटक हो ।

च्याम्पियनसिपको १२ औं संस्करण सन् २०१८ मा नेपालमा भएको थियो । १३ औं च्याम्पियनसिप यस अगाडि २०२० मा हुने भनिएकोमा कोभिडका कारण स्थगित भएको थियो ।

आइओएफटीसीका महासचिव क्यारेन ब्लाल्कलेज र बोर्ड डाइरेक्टर मास्टर दिवाकर डान महर्जनले संयुक्त अपिल जारी गर्दै भनेका छन्, ‘१३ औं संस्करणमा हामी विश्वलाई स्वागत गर्न आतुर छौं ।’

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

  • Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट

  • Post Thumbnail

    सङ्कलन गरिएको राहत रेडक्रसलाई हस्तान्तरण

  • Post Thumbnail

    शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १० गते मंगलबार

    २०८३ कात्तिक १० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    मोटरसाइकलको ठक्करबाट पैदलयात्री थारुको मृत्यु

    Post Thumbnail

    जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल

    Post Thumbnail

    एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

    Post Thumbnail

    नेप्से परिसूचक ३३ दशमलव २९ अङ्कले बढ्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution