Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ अषाढ २१, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ?

२८४ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २४, शनिबार (३ साल अघि)
गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ?

गोरखा, २४ वैशाख

२०७४ सालको निर्वाचनको मत परिणाम नियाल्दा गोरखा नगरपालिकामा नेपाली कांग्रेस पहिलो, नेकपा माओवादी केन्द्र दोस्रो, नेकपा एमाले तेस्रो र तत्कालिन नयाँ शक्ति (हालको जसपा) चाँैथो शक्तिको रुपमा देखिन्छन् ।

तत्कालिन निर्वाचनमा गोनपामा कांग्रेसबाट राजनराज पन्त, माओवादी केन्द्रबाट कृष्ण राना मगर, नेकपा एमालेबाट विशेश्वर कट्टेल र नयाँ शक्ति पार्टीबाट ज्ञानेन्द्र कुमाल चुनावी मैदानमा थिए ।

पन्त ६ हजार पाँच ६० मत प्राप्त गर्दै निर्वाचित भएका थिए भने उनका निटकम प्रतिद्वन्द्वी रानाले पाँच हजार २६ मत, कट्टेलले चार हजार दुई सय ८३ र कुमालले दुई हजार ८३ प्राप्त गरेका थिए ।

उममेयरमा कांग्रेसकी बिनुकुमारी श्रेष्ठ ६ हजार दुई सय ६० मतका साथ विजयी भएकी थिइन् । यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी सम्झना देवकोटाले चार हजार ६ सय पाँच मत, माओवादीकी कञ्चन कुमालले चार हजार दुई सय ५० र नयाँ शक्तिकी पूर्णमाया वन्तले दुई हजार ७५ मत ल्यायाएकी थिइन् ।

सत्तारुण गठबन्धन दुई तीर, एमाले एक्लै
२०७४ सालको निर्वाचनको मत परिणामभन्दा यसपपटक गोनपामा फरक खालको परिणाम आउने निश्चित छ । किनकी, तत्कालिन समयमा सबै राजनीतिक दल एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा थिए ।

तर, आसन्न निर्वाचनमा गोनपामा कांग्रेस र नेकपा एसबीच चुनावी तालमेल भएको छ । नेकपा एसले आफ्नो उम्मेदवारी स्थगन गरेर कांग्रेसको मेयर उपमेयर दुबैलाई समर्थन गर्ने निर्णय गरेको छ ।

माओवादीले मेयर र जसपाले उपमेयर लिने गरी दुुई दलबीच गठबन्धन भएको छ । एमाले एक्लै चुनाव लड्ने तयारीमा छ ।

जिल्लामा सत्तारुण दल कांग्रेस, माओवादी, जसपा, नेकपा एस चार दलीय गठबन्धनका लागि मनोनयन दर्ताको अघिल्लो दिनसम्म कसरत गरिरहेका थिए । तर, अन्तिम समयसम्म भागबण्डामा कुरा नमिलेपछि चारदलीय गठबन्धन फुटेर गोनपामा सत्तारुण चार दल दुई तीर भएका छन् ।

यसपटक गोरखा नगरपालिकामा कांग्रेस र नेकपा एसको तर्फबाट राजनराज पन्त नगरप्रमुख, उपप्रमुखमा मसलीमाया थोकर उम्मेदवार बनेका छन् ।

माओवादी र जसपाको तर्फबाट कृष्णबहादुर राना नगरप्रमुख, उपप्रमुखमा नारायण खत्री छन् । नेकपा एमालेको तर्फबाट नगरप्रमुखमा सम्झना देवकोटा, उपप्रमुुखमा देवीबहादुर बस्नेत उम्मेदवार छन् ।

यस्तै, राप्रपाको तर्फबाट नगरप्रमुखमा रुद्रराज पाण्डे, मंगोल नेशनल अर्गनाईजेसनको तर्फबाट कृष्णबहादुर तामाङ, नेकपा माक्र्सवादी, लेनिनवादीको तर्फबाट नारायणबाबु आचार्य, स्वतन्त्र योगेन्द्र कुमालको उम्मेदवारी छ ।

नगर उपप्रमुखमा भने राप्रपाको तर्फबाट सम्झना लामिछाने, मंगोल नेशनल अर्गनाईजेसनको तर्फबाट मन्सु गुरुङको उम्मेदवारी छ ।उम्मेदवारी परेका मध्ये कांग्रेस, नेकपा एस, माओवादी केन्द्र, जसपाको गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

मेयरमा कसले मार्ला बाजी ?
कांग्रेस र नेकपा एसका साझा उमेम्दारका राजनराज पन्त गोनपाका पुर्वमेयर हुन् । उनी राजीनामा दिएर पुन उम्मेदवार बनेका हुन् । संगठन बलियो भएको कांग्रेसको उनी बलिया उम्मेदवार हुन् ।

नेकपा एसको समर्थन पाएपछि पन्त थप बलियो बनेका छन् । नेकपा एसको समर्थन पाउनु भनेको नेकपा एमालेको भोट काटिनु हो ।

बलियो उम्मेदारको रुपमा चिनिए पनि टिकट पाउने विषयमा पन्त विवादित बने । आफुले टिकट नपाउने भएपछि आफ्नै कार्यकर्ता लगाएर पार्टीले पठाएको अर्का उम्मेदवार विश्वदेव श्रेष्ठमाथि हातपात गर्न लगाएको उनीमाथि आरोप छ । श्रेष्ठले पाएको टिकट हातपात गर्नेदेखि पार्टी कार्यालयमा ताला लगाउनेसम्मको काम गरेर खोसेको भन्दै कांग्रेसका केही नेता कार्यकर्ता पन्तसँग रुष्ट छन् । त्यसैले नेकपा एसको समर्थन पाए पनि उनले कांग्रेसकै केही असन्तुष्ट समुहको भोट पाउँदैनन् की भन्ने आशंका छ ।

माओवादी र जसपाको तर्फबाट उम्मेदवार बनेका राना २०७४ सालको निर्वाचनमा पन्तसँगै पराजित भएका थिए । तत्कालिन निर्वाचनमा जोसँग निकटतम प्रतिद्धन्द्धी भएर हार ब्यहोरे उनैसँग फेरी रानाले टक्कर लिदैछन् ।

२०७४ सालको मत परिणाम नियाल्दा माओवादी र जसपाको गठबन्धनले जित्ने सम्भावना पनि कम आक्न सकिदैन । तर, माओवादी र जसपाभित्रको आन्तरिक गुटका कारण रानाको भोट काटिने संकेत छ । पार्टी संगठन भित्रको गुुटको असर मतदातासम्म देखिए त्यसको फाइदा अन्य उम्मेदवारले लिने छन् ।

नेकपा एमालेकी नगरप्रमुखको उम्मेदवार सम्झना देवकोटा पनि त्यत्तिकै बलियो उम्मेदवारका रुपमा चिनिन्छिन् । उनी २०७४ सालको निर्वाचनमा कांग्रेसको उम्मेदवारसँग उपप्रमुख पदमा पराजित भएकी थिइन ।

व्यक्तिगत छबी र भूगोलमा भिजेकै कारण उनले अघिल्लो निर्वाचनमा पार्टीको मेयर उम्मेलपारलेभन्दा बढी मत प्राप्त गरेकी थिइन् । देवकोटालाई अहिले एमालेबाहेक अन्य कुनै दलको समर्थन छैन । पार्टी फुटको कारण पनि यसपालि उनलाई एमालेकै केही मत काटिने पक्का छ ।

राप्रपाका उम्मेदवार पाण्डे पनि गोरखा नगरपालिका (तत्कालिन पृथ्वीनारायण नगरपालिका)का पूर्व प्रधानपन्च हुन् । पार्टीको सांगठनिक अवस्था कमजोर भए पनि व्यक्तिगत उनको मत बलियो छ ।

गोनपामा हाल ३५ हजार ३१ मतदाता छन् । आसन्न निर्वाचनबाट गोनपामा भने नसाँेचेको परिणाम आउने विश्लेषकहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

  • प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

    प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

  • किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

  • साँझ बिहान  इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असार २१ गते शनिबार

    २०८२ असार २१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

    प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    साँझ बिहान  इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution