Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

हरेक वर्ष डुबानमा पर्ने धनगढी श्रीलंकावासीको पुरानै माग, उम्मेदवारको पुरानै आश्वासन

८९१ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २४, शनिबार (४ साल अघि)
हरेक वर्ष डुबानमा पर्ने धनगढी श्रीलंकावासीको पुरानै माग, उम्मेदवारको पुरानै आश्वासन

धनगढी, २४ वैशाख

निर्वाचन जितेर नफर्किएका नेताहरूलाई धनगढी उपमहानगरपालिका–१३ का बासिन्दाले पाँच बर्षसम्म किन गाउँ नआएको भन्दै ¥याख¥याख्ती पार्ने गरेका छन् । अघिल्लो निर्वाचनमै श्रीलंका टापुको डुबान समस्या समाधान गर्छु भनेको किन पुरा भएन भनेर प्रश्न गर्ने गरेका छन् । उम्मेदवारहरू भने स्थानीयलाई पुरानै आश्वासन दोहोर्याइरहेका छन् ।

श्रीलंका टापुमा डुबान समस्या विकराल छ । स्थानीयले डुबान समस्या समाधानका लागि सबै सरकारी निकाय र नेतालाई आग्रह गर्दा समेत नसुनेको गुनासो गरे । यहाँका उम्मेदवार र विजयी भएकाहरूले पनि आश्वासन मात्रै दिएको उनीहरूको दुखेसो छ ।

निर्वाचन नजिँकिएसँगै श्रीलंकामा जाने सबै उम्मेदवारको एउटै एजेण्डा हुन्छ यहाँको डुबान नियन्त्रण गरिदिने । स्थानीय टीका चौधरीका अनुसार बर्षौ भइसक्यो तर डुबानको समस्या ज्यूँका त्यूँ छ । ‘पाँच वर्षअघि पनि उम्मेदवारहरू यहाँको डुबान समस्या समाधान गर्छाैं भन्दै भोट माग्न आएका थिए,’ अर्का स्थानीय दिनेश चौधरीले भने, ‘चुनाव जीतेपछि नेताले फर्केर हेरेनन्, अहिले फेरी त्यही मुद्दा दोहो¥याउँदै उम्मेदवार भोट माग्न आएका छन् ।’

उनले उम्मेदवारहरूले डुबानको समस्यालाई चुनावी मुद्दा बनाएर नागरिकको भोट माग्न खाजेको आरोप लगाए । ‘यही मुद्दालाई सबैले एजेण्डा बनाउँदै गाउँमा आइरहेका छन्,’ उनले भने, ‘तर, कतिपय उम्मेदवार गाउँको स्थिति बारेमा जानकारनै छैनन् ।’

कैलालीको मोहना नदी किरानरमा रहेको सो वस्ती डुबानमा पर्ने भएका कारण ‘श्रीलंका’ भनेको रहेछ । ०५७ सालमा सरकारले भुमिहीन, मुक्त कमैया र सुकुमवासीलाई सो ठाउँमा बस्न दिएका हो । होचो ठाउँ भएका कारण बर्षायाममा मोहना नदी गाउँमा पस्ने र एउटा सानो टापु मात्रै देखिने भएका कारण सो ठाउँको नाम ‘श्रीलंका’ टापु रहन गएको स्थानीयको भनाइ छ ।

‘होचो जमीनमा वस्ती बसाएका कारण मोहना नदीमा थोरै पानीको वहाव बढ्ने बित्तिकै गाउँमा पानी भरिहाल्थ्यो’ स्थानीय दिलबहादुर चौधरीले भने ‘अनि सानो टापुमा गएर बस्थ्यौं, बाढीबाट बँच्न हामी बस्ने टापुका कारण यो ठाउँको नामनै ‘श्रीलंका’ रहन गयो ।’

अहिले मोहना नदी गाउँमा पस्ने समस्या समाधान भए पनि वर्षायाममा भने डुबानको उच्च जोखिम रहेको उनले बताए । ‘मोहनाबाट गाउँमा पानी आउने नदीको स्थानमा अहिले तटबन्धन गरेर बाँध लगाएको छ,’ उनले भने ‘तट्बन्धनपछि गाउँमा पानी आउन छोडेको छ ।’

गाउँ डुबानमुक्त बनाउँन गाउँमा पूर्व भलमन्साको ठूलो योगदान रहेको स्थानीय तारा चौधरीले बताए । ती भलमन्सा बन्धुराम चौधरीको हाल निधन भइसकेको उनले बताए । ‘हालको गोदावरी नगरपालिका–५ स्थित मुक्तकमैया शिविरबाट श्रीलंका आएका हामीलाई यहाँ (श्रीलंका) बस्न निक्कै मुस्किल थियो,’ उनले भने ‘तर, तत्कालिन भलमन्साले ठूलो संघर्ष गरेर लालपूर्जा प्राप्त गरे । उनको मृत्यु भएसँगै हालसम्म पूर्जा व्यक्तिको नाममा आउन सकेको छैन ।’ मुक्तकमैयाँ वस्तीबाट २०५७ सालमा श्रीलंकामा वस्ती सारिएको थियो ।

स्थानीय जीतबहादुर चौधरीले डुबानमुक्त भए पनि बर्षाको पानी निकास नहुँदा निक्कै समस्या भएको बताए । ‘गाउँमा नाला निर्माण नगरिँदा बर्षाको पानी जमेर हुने डुबानका कारण निक्कै समस्या भएको छ ।’ उनले भने ‘स्थानीयदेखि संघीय सरकारसँग आग्रह गर्दा पनि हाम्रो माग पूरा हुन सकेको छैन ।’ उनले आफ्नो टोल धनगढीमै पर्ने भए पनि सरकारको नजरबाट भने, ‘श्रीलंका देश’ जतिनै टाढा रहेको बताए ।

‘सुदूरपश्चिम प्रदेशको एक मात्र उप–महानगरपालिकामा हामी बसेका छौं’ उनले भने ‘तर सरकारको नजरबाट हामी ‘श्रीलंका’ जतिनै टाढा छौं, न त स्थानीय तरकारले हेर्छ, न त प्रदेश र संघीय सरकारको नै ।’

करिब तीन सय परिवारको बसोबास रहेको यो टोलबाट हालसम्म कुनै पनि नागरिकले निर्वाचनका लागि टिकट समेत पाउन सकेको छैन । टोलका भलमन्सा विनक चौधरीले भने, ‘हामीले सवै राजनीतिक दलसँग वडा सदस्यसम्म भए पनि टिकट दिन आग्रह गर्दा समेत कसैले विश्वास गरेनन् ।’

‘श्रीलंका’वासीलाई सरकारले २०५७/०५८ सालतिर जमीनको पुर्जा उपलब्ध गराए पनि हाल सम्म जमीनमा हक भने नदिएको उनीहरूको गुनासो छ । ‘लालपुर्जा दिएर हामीले वर्षेनी सरकारलाई कर तिर्न परिरहेको छ,’ दिलबहादुर चौधरीले भने ‘तर सो लालपूर्जा धितो राख्ने अधिकार दिएको छैन, जमीन धितो राखेर स्वरोजगार बन्ने चाहना पुरा हुन सकेको छैन, लगानी गर्न अन्य कुनै माध्याम पनि छैन ।’ गाउँमा बाढी आएका बेला बस्ने टापु भने मोहना नदीले नै निर्माण गरेको गाउँका एक वृद्धले बताए ।

‘एक पटक मोहनामा ठुलो बाढी आएको थियो,’ ८० वर्षीय बुद्धि चौधरीले भने, ‘सोही बाढीले नदीको केहीयता गाउँतिर टापु बनायो, तर त्यतिवेला यहाँ वस्ती थिएन । अनि टापुको नाम पनि राखिएको थिएन ।’ करिब तीन सय परिवार रहेको श्रीलंकाका अधिकांस परिवार बेरोजगार छन् ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ

  • Post Thumbnail

    दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?

  • Post Thumbnail

    विदेश पठाइदिने नाममा ठगी गर्ने पक्राउ

  • Post Thumbnail

    सुनचाँदी व्यवसायीलाई करसम्बन्धी अभिमुखीकरण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    काभ्रेपलाञ्चोकमा पूर्वाधारतर्फ तीन सय योजना कार्यान्वयनमा

    Post Thumbnail

    कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र

    Post Thumbnail

    एनपिएलको तयारी अन्तिम चरणमा

    Post Thumbnail

    भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution