Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १५, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

देखिने गरी विकास निर्माणको काम गरौँ : मुख्यमन्त्री जम्कट्टेल

प्रत्यूष १४३० पटक पढिएको प्रकाशित मिति: २०८० माघ ६, शनिबार (२ साल अघि)
देखिने गरी विकास निर्माणको काम गरौँ : मुख्यमन्त्री जम्कट्टेल

धुलिखेल । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले देखिने गरी विकास निर्माणको काम गर्न आग्रह गर्नुभएको छ । धुलिखेलमा आयोजित भएको ‘प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध, योजना तर्जुमा र कार्यान्वयन सहजीकरण’ विषयक अन्तरक्रियामा स्थानीय तहका प्रमुखलाई निराशाको कुरा नगरी काम गर्दै अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले नागरिकको सेवाका लागि काम गर्दा समन्वय र सहकार्य गर्न आग्रह गर्नुभयो ।

अहिले व्यवस्था फेरिए पनि अवस्था नफेरिएको भनेर कतिपय स्थानीय तहका नेतृत्वले नै कुरा उठाउने गरेको भन्दै मुख्यमन्त्री जम्कट्टेलले त्यस्ता कुराले नागरिकमा झन् वितृष्णा पैदा हुने भन्दै अब व्यवस्था फेरिएसँगै अवस्थासमेत फेरिएको विषयलाई सकारात्मक ढङ्गले बुझाउँदै विकासका काममा अगाडि बढ्न आग्रह गर्नुभयो । सङ्घीयतापछि स्थानीय तहमा विकास भएको तर उपभोग गर्ने नागरिक कम हुँदै गएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

ठूला र राष्ट्रिय गौरवका आयोजना सङ्घ सरकारले गर्ने, मझौला आयोजना प्रदेशले गर्ने र साना आयोजना स्थानीय तहले गर्ने प्रस्ट व्यवस्था भएको भन्दै उहाँले त्यसमा समन्वय र सहकार्य गरेर काम गर्ने परिपाटी कम भएको बताउनुभयो । अहिले कतिपय विषयमा उठेका अधिकारका कुरा र बजेट विनियोजनको विषयमा तीनवटै तहको समन्वय र सहकार्यमा कमी भएर समस्या निस्केको उहाँको भनाइ छ । स्थानीय सरकारलाई कमजोर बनाउने नभई झन् बलियो बनाउँदै लैजानका लागि प्रदेश सरकार लागिरहेको उल्लेख गर्दै उहाँले पालिकाको नेतृत्वले पनि काम गर्ने शैली र सोच बदल्न आवश्यक रहेकामा जोड दिनुभयो ।

मुख्यमन्त्री जम्कट्टेलले सडक निर्माणका सन्दर्भमा प्रादेशिक सडक गुरुयोजना बनाएर काम गर्ने र अन्य पूर्वाधार विकासका लागि त्यसरी नै सहजीकरण गरेर काम गर्ने भएकाले त्यस विषयमा थप सुझाव भएमा बसेर छलफल गरी अगाडि बढ्ने उहाँले बताउनुभयो । शिक्षा, कृषि, स्वास्थ्य र अन्य आयोजनाबारे स्थानीय तहमा भइरहेका अधुरा, अलपत्र तथा बजेट अभावका कारण काम नभएको अवस्था भएमा तत्काल अध्ययन गरी अनुगमन प्रतिवेदन पेस गरेर सम्पन्नतातर्फ अगाडि बढ्न सबै मिलेर लाग्नुपर्ने बताउनुभयो । त्यस्तै ढुङ्गा, गिट्टी, बालुवाजस्ता वस्तुमा मूल्य बढी भएको र जथाभावी दोहन हुन नदिन स्थानीय तहले आवश्यक व्यवस्थापनको नीति बनाउन स्थानीय तहलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

  • कालीगण्डकी करिडोर सञ्चालनमा

    कालीगण्डकी करिडोर सञ्चालनमा

  • धादिङमा ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो

    धादिङमा ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो

  • सामाजिक सञ्जालको दुरूपयोग रोक्न नीतिगत र कानुनी सुधार गरिँदैछ : सञ्चारमन्त्री डा तिमिल्सिना

    सामाजिक सञ्जालको दुरूपयोग रोक्न नीतिगत र कानुनी सुधार गरिँदैछ : सञ्चारमन्त्री डा तिमिल्सिना

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १४ गते बुधबार

    २०८३ असोज १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    कालीगण्डकी करिडोर सञ्चालनमा

    कालीगण्डकी करिडोर सञ्चालनमा

    आजको आवाज भाग – ९६६ | Ajako awaj EP – 966

    आजको आवाज भाग – ९६६ | Ajako awaj EP – 966

    धादिङमा ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो

    धादिङमा ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution