Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १४, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो

Binod Tamu, प्रत्यूष १०५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १४, बुधबार (४ घण्टा अघि)
धादिङमा ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो

धादिङ ।

“दीर्घायुको युगः दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौँ” भन्ने नारासहित धादिङमा ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ।

नीलकण्ठ नगरपालिका ज्येष्ठ नागरिक संघका अध्यक्ष कृष्णबहादुर अधिकारीको अध्यक्षता तथा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ८० वर्ष उमेर पार गरेका तीन जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो।

कार्यक्रममा धनकुमारी श्रेष्ठ, सुकादेवी नेपाली र रामचन्द्र अधिकारीलाई सम्मान गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका उपप्रमुख विश्वकर्माले ज्येष्ठ नागरिकका सवाललाई नगरपालिकाले हरेक वर्ष नीति, कार्यक्रम तथा बजेटमा समेट्दै आएको बताउनुभयो। उहाँका अनुसार नगरपालिकाका विभिन्न वडाले ज्येष्ठ नागरिक लक्षित कार्यक्रमका लागि ५० हजारदेखि २ लाख रुपैयाँसम्म बजेट विनियोजन गरी तीर्थयात्रा, भ्रमणलगायतका कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

नगरपालिकाले ज्येष्ठ नागरिकसम्बन्धी कार्यविधि निर्माण गरी कार्यक्रमलाई व्यवस्थित बनाएको उल्लेख गर्दै उहाँले गाउँबाट युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै ज्येष्ठ नागरिकका लागि वडा तथा नगरस्तरमा दिवा सेवा तथा आराम केन्द्रको आवश्यकता बढ्दै गएको बताउनुभयो।

कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका स्रोत हुनुका साथै भावी पुस्ताका मार्गदर्शकसमेत रहेको बताउनुभयो।

उहाँले वैदेशिक रोजगारीका कारण गाउँमा ज्येष्ठ नागरिक, महिला र बालबालिकाको संख्या बढी रहने अवस्था सिर्जना हुँदै गएकाले ज्येष्ठ नागरिकको हेरचाह, सुरक्षा र व्यवस्थापन राज्यका लागि चुनौतीका रूपमा देखिएको बताउनुभयो।

नीलकण्ठ नगरपालिका ज्येष्ठ नागरिक संघका अध्यक्ष कृष्णबहादुर अधिकारीले नगरपालिकाको ज्येष्ठ नागरिक कार्यविधिअनुसार ६० वर्ष उमेर पूरा गरेका नागरिक सम्बन्धित वडाको लक्षित ज्येष्ठ नागरिक वर्गमा पर्ने व्यवस्था रहेको जानकारी दिनुभयो।

उहाँका अनुसार नीलकण्ठ नगरपालिकाका १४ वटै वडामा ज्येष्ठ नागरिक समिति गठन गरी उनीहरूलाई संगठित गरिएको छ। स्थानीय तहसँगको समन्वयमा ज्येष्ठ नागरिकको सम्मान, संरक्षण तथा उनीहरूको हकहितका विषयमा संघले काम गर्दै आएको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • सामाजिक सञ्जालको दुरूपयोग रोक्न नीतिगत र कानुनी सुधार गरिँदैछ : सञ्चारमन्त्री डा तिमिल्सिना

    सामाजिक सञ्जालको दुरूपयोग रोक्न नीतिगत र कानुनी सुधार गरिँदैछ : सञ्चारमन्त्री डा तिमिल्सिना

  • पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

    पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

  • मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे

    मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे

  • ह्वीलचेयर सेवाः अन्तरराष्ट्रिय हवाईयात्राको साथी

    ह्वीलचेयर सेवाः अन्तरराष्ट्रिय हवाईयात्राको साथी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १४ गते बुधबार

    २०८३ असोज १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आजको आवाज भाग – ९६६ | Ajako awaj EP – 966

    आजको आवाज भाग – ९६६ | Ajako awaj EP – 966

    धादिङमा ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो

    धादिङमा ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो

    सामाजिक सञ्जालको दुरूपयोग रोक्न नीतिगत र कानुनी सुधार गरिँदैछ : सञ्चारमन्त्री डा तिमिल्सिना

    सामाजिक सञ्जालको दुरूपयोग रोक्न नीतिगत र कानुनी सुधार गरिँदैछ : सञ्चारमन्त्री डा तिमिल्सिना

    पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

    पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution