Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा बागी उम्मेदवार,प्रस्तावक र समर्थकलाई कांग्रेसको कारबाही, पार्टीबाटै निष्काशित

१२३५ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २२, बिहिबार (४ साल अघि)
धादिङमा बागी उम्मेदवार,प्रस्तावक र समर्थकलाई कांग्रेसको कारबाही, पार्टीबाटै निष्काशित

धादिङ,२२ बैशाख ।
धादिङमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका नेताहरुलाई नेपाली कांग्रेस धादिङले पार्टीबाट निष्काशन गरेको छ ।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध जिल्लाको बिभिन्न स्थानिय तहको विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्काशन गरिएको कांग्रेस धादिङले जनाएको छ ।

आज नेपाली काँग्रेस जिल्ला कार्यसमिति धादिङले एक बिज्ञप्ती जारी गर्दै केन्द्र र जिल्लाको अनुरोधलाई वेवास्ता गर्दै आफ्ना उम्मेदवारी कायमै राखेका पार्टी सदस्यहरू देवीप्रसाद सिलवाल(बेनिघाट रोराङ गाउँपालिका), कल्पना अधिकारी (नीलकण्ठ नगरपालिका), टेकजंग लामा (नेत्रावती डबजोङ गाउँपालिका), फुलबहादुर तामाङ (खनियावास गाउँपालिका) र सरिता तामाङ (खनियावास गाउँपालिका) लगायत निजहरूका प्रस्तावक र समर्थक साथै अन्य स्वतन्त्र उम्मेदवार रहेका पार्टी सदस्य, निजहरूका प्रस्तावक र समर्थक रहेका पार्टी सदस्यहरूलाई कांग्रेसको विधान २०१७(संशोधन सहित) को धारा ४ उपधारा १३ (ग) बमोजिम आजबाट सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जनाएको छ ।

स्वतन्त्र उम्मेदवारी फिर्ताका लागि केन्द्रीय कार्यालयले बैशाख १६ गते सार्वजनिक अनुरोध गरेको, प्रस्तावक र समर्थक बनेका पार्टी सदस्य समेतले उक्त उम्मेदवारीप्रति पुनर्विचार गरी बैशाख २१ गतेभित्र सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरेर उम्मेदवारी निष्क्रिय गर्न र आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुन पुन केन्द्रीय कार्यालयले सार्वजनिक अनुरोध गरेको र जिल्ला नेतृत्वले पटक–पटक अनुरोध गर्दा समेत फिर्ता नलिएका सदस्यहरूलाई कांग्रेसबाट निष्काशित गरिएको बिज्ञप्तीमा भनिएको छ ।

साथै निष्काशित भएकाहरूलाई नेपाली कांग्रेसको झण्डा, लोगो र ब्यानर प्रयोग नगर्न समेत सचेत गराएको छ ।

यस्तो छ, बिज्ञप्ती

No description available.

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

  • Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

  • Post Thumbnail

    शारदीय काव्यमिलनमा देश र समाजका आवाज प्रस्तुत

  • Post Thumbnail

    सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

    Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

    Post Thumbnail

    देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution