Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

विचार : चेपाङ समुदायको न्वागी पर्वको सामाजिक सन्देश

रासस १८०३ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र २२, शुक्रबार (३ साल अघि)
विचार : चेपाङ समुदायको न्वागी पर्वको सामाजिक सन्देश

चेपाङ समुदायले मात्र मनाउने उनीहरुको जातीय पर्व हो छोनाम अर्थात् न्वागी । नेपालमा अति सीमान्तकृत समुदाय र जनजातिमा पर्छ चेपाङ । सरकारले सूचीकृत गरेको र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सूचीका ५९ आदिवासी जनजातिमध्ये एक हुन् चेपाङ । पछिल्लो समय मकवानपुर, चितवन, धादिङ, इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, बारा, पर्सा, ललितपुर, काठमाडौँ, गोरखा, लमजुङ, तनहुँ, कास्की, गुल्मी, नवलपरासी, रुपन्देही, दाङ, बाँके र बर्दियासहित २६ जिल्लामा चेपाङ जातिको बसोबास विस्तार भएको छ । ६० को दशकसम्म चेपाङ समुदायको बसोबास हुने जिल्ला भनेर मकवानपुर, चितवन, धादिङ, गोरखा मात्र थियो । चेपाङ जातिलाई प्रकृतिपूजक जातिका रुपमा लिने गरिन्छ । केही चेपाङले २०७८ को जनगणनामा धर्ममा प्रकृति पनि उल्लेख गरेका छन् । चेपाङ समुदायमा जन्मदेखि मृत्युसम्मका संस्कारमा भूमि जोडिएकाले उनीहरुको प्रकृति प्रेम अथाह छ ।

चेपाङ समुदायको उत्थान

विसं २०३४ मा तत्कालीन राजा वीरेन्द्र शाह हेटौँडा आएका थिए । त्यसबखत चेपाङ समुदायको रहनसहन र जीवनशैैली देखेर शाहले नै चेपाङ समुदायलाई ‘प्रजा’ सम्बोधन गरेका थिए । खोरिया खन्ने, पाखो बारीमा छाप्रो बनाएर बस्ने, निम्न आयस्रोत भएका गरिबीको रेखामुनि पिल्सिएका समुदायलाई राजा शाहले आफ्नै जनता मानेर ‘प्रजा’ भनेपछि उनीहरुले थर ‘प्रजा’ लेख्न थाले ।

त्यसको लगत्तै मकवानपुरलगायत चेपाङ बसोबास रहेका जिल्लामा २०३४ सालदेखि नै जिल्ला विकास समिति मातहत ‘प्रजा विकास कार्यक्रम’ लागू भएको थियो । विपन्न चेपाङ समुदायलाई आवास बनाएर बस्ती बसाउने, काम गर्न सीप सिकाउने, बालबच्चा बढाउने र शिक्षित बनाउने अभियान प्रजा विकास कार्यक्रममार्फत भएका उपलब्धि हुन् । एकातिर भूमिहीन, अर्कातिर भएको थोरै भूमिको पनि स्वामित्वविहीन र स्वामित्वका लागि नागरिकताविहीन अवस्था ५० को दशकसम्म चेपाङ समुदायको मूल मुद्दा थियो ।

चेपाङ नै पहिचान

राजाले ‘प्रजा’ बनाए पनि पछि केही चेपाङ अगुवा तथा अधिकारकर्मीले जातीय पहिचान समाप्त हुने भन्दै प्रजालाई ‘चेपाङ’ नै घोषणा गरेर अघि बढे । पचासको दशकपछि चेपाङ समुदायमा बढेको चेतनास्तरले उनीहरुको जातीय पहिचान चेपाङ नै हो भन्ने भयो र प्रजा थरबाट नागरिकता बनाउने अभियान रोकेर केहीले नागरिकतामा चेपाङ नै लेख्न थाले । उनीहरुले बोल्ने भाषालाई चेपाङ भाषा र उनीहरुको जाति चेपाङ नै लेखिन थालियो । जातीय पहिचानका लागि नेपाल चेपाङ सङ्घ स्थापना भयो । उनीहरुको भेषभूषा र रहनसहन पनि चेपाङ संस्कृतिले परिचित हुन थाल्यो । प्रजा विकास कार्यक्रमले ल्याएको परिवर्तन पछि फेरि चेपाङ भाषा, जाति, संस्कृति र परम्परा बन्यो । अहिले उनीहरु आफूलाई चेपाङ समुदायकै रुपमा चिनाउन चाहन्छन् । आफ्नै लिपि नभए पनि भोट बर्मेली भाषासँग मिल्दोजुल्दो चेपाङ समुदायको आफ्नै मातृभाषा छ । आफ्नै लिपि चैँ छैन ।

प्रकृति प्रेम

चेपाङ समुदायको जनजीवन जङ्गल र जमिनसँग जोडिएको इतिहास छ । वनजङ्गल नजिक, भिरालो परेको जमिन, खोलाखोल्सी चेपाङ समुदायको बस्ती रहने गर्दथ्यो । उनीहरु ठूलो रुख, ठूलो ढुङ्गालाई पूजा गर्थे । खोलानाला, जङ्गल, आगोलाई पनि उनीहरु उत्तिकै श्रद्धा गर्छन् । अहिले पनि चेपाङ समुदाय चिउरीसँग जोडिएका छन् । उनीहरुको विवाहमा पनि छोरीलाई चिउरी दाइजो दिने चलन थियो । जङ्गली कन्दमूल गिठ्ठा, भ्याकुरलगायतका फलफूल पनि चेपाङ समुदायको रोजाइको खाना थियो ।

एक अध्ययनले पछिल्लो समय चेपाङ समुदायका बालबच्चा होचा हुनुमा अत्यधिक गिठ्ठाको परिकार भोजन पनि कारण भनिएको थियो । गिठ्ठामा हुने फाइबरका कारण उचाइलाई असर पर्ने भएकाले चेपाङ समुदायका बालबच्चा केही होचो भएको भनेर अध्ययन सार्वजनिक गरिएको थियो । तर प्रकृतिमै रमाउने, प्राकृतिक फलफूलमा पनि जीवन गुजार्न सक्ने समुदाय आज विकासको मूलधारमा आएका छन् । उनीहरु शिक्षित भएका छन् । अरु जाति सरह अग्राधिकारका लागि लडिरहेका छन् । यो उनीहरुमा आएको ठूलो परिवर्तन हो । राजनीतिमा पनि चेपाङ समुदायको सक्रियता वृद्धि भएको छ । प्रदेश सरकारमा मन्त्री, सङ्घीय, प्रदेश सांसद हुँदै संविधानसभा सदस्यसमेत चेपाङ समुदायबाट भइसकेका छन् ।

चेपाङको पर्व

चेपाङ समुदायले मनाउँदै आएको उनीहरुको प्रमुख र परम्परागत पर्व हो छोनाम अर्थात् न्वागी । चेपाङ समुदायको रहनसहन, संस्कृति, अन्य जातजातिसँगको साइनो, विहेबारीका कारणले यस चाडलाई विभिन्न स्थानमा फरक ढङ्गले मनाइने गरिए पनि प्रमुख पर्व न्वागी नै हो । चेपाङ समुदायले पर्वलाई तीज अघि मनाउनु उचित हुने बताएका छन् । उनीहरुको २२ नाले वंशावली छ । त्यसैले पछिल्लो समय भदौ २२ गतेलाई उनीहरुले आफ्नो राष्ट्रिय पर्वका रुपमा मनाउने गरेका छन् ।

यसपटक बागमती प्रदेश सरकारले भदौ २२ गते न्वागीका अवसरमा प्रदेशका धादिङ, चितवन र मकवानपुरमा सार्वजनिक बिदा दिएको छ । चेपाङ भाषाकै नाममा पालिकाको नाम राखिएको मकवानपुरको राक्सिराङ गाउँपालिकाले त दुई दिन सार्वजनिक बिदा दिएको छ । भदौ २१ र २२ गते राक्सिराङ गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । चेपाङ भाषामा रोक्साइ भनेको खुर्सानी हो र राङ भनेको बारी हो । रोक्साइराङ नै अपभ्रंश भएर पछि राक्सिराङ नाम रहन गयो भन्ने किम्बदन्ती छ । राक्सिराङ पहिला चेपाङ बाहुल्य गाउँ विकास समिति हो । पछि विभिन्न साविकका गाविसहरु जोडिएर राक्सिराङ गाउँपालिका भएको हो ।

के के गरिन्छ ?

न्वागीमा खासगरी चेपाङ समुदाय नयाँ खाद्यान्न तथा फलफूल भित्र्याएपछि पहिला पितृलाई चढाउनु पर्छ भन्ने मान्यता राख्छन् । नयाँ अन्नबाली पितृलाई नचढाई खाए रोगव्याधको सिकार हुने, परिवारका सदस्य बिरामी हुने विश्वास राख्छन् । त्यसैले न्वागी मनाएर नयाँ फलफूल, अन्नबाली पितृलाई चढाउँछन् । उनीहरुले पितृलाई विधिपूर्वक पूजाआजा गर्दै फलफूल र अन्नबाली चढाएपछि आफूहरु खान्छन् । रातभर पितृलाई बोलाएर पूजापाठ गरेर चढाउने, चेपाङ जातिले प्रयोग गर्ने आफूले खाने पर्व नै न्वागी पर्व हो । पाखोबारीमा फल्ने धान प्रजातिको घैया झाँक्रीले शिरमा राखिदिने चलन छ । यसो हुँदा नयाँ अन्नबालीमा पितृको आशीर्वाद हुन्छ र सन्तान बिरामी पर्दैनन्, कुनै दुःख हुँदैन भन्ने मान्यता छ ।

चेपाङ समुदायको झाँक्री, पण्डितलाई ‘पान्दे’ भन्ने चलन छ । उनीहरु चोखोनितो गरेर चेपाङ समुदायले प्रयोग गर्ने एकपाखे ढ्याङ्ग्रो फलाक्छन् । पितृहरु बोलाउने धार्मिक मान्यता छ । वर्षभर सन्तानलाई केही नहोस्, रोगब्याध हटोस् भन्ने भनेर नै पव मनाउने र यो वर्ष सुखसँग सन्तानले जीवन काटोस् भनेर पितृको आशिर्वादका लागि न्वागी मान्ने गरिन्छ । न्वागीमा बारीमा उत्पादन भएका अन्नबाली, तरकारी प्रजातिका घिरौँला, चिचिन्डो, अदुवा, केरा, पिंडालु, निबुवा र घैया धान (सुख्खा ठाउँमा लगाएर भदौमा पाक्ने एक किसिमको धान) पनि चढाइन्छ ।

रातभर झाँक्रीले तन्त्रमन्त्र जपेर पितृलाई चढाउने कार्य हुन्छ । युवा पुस्ता राति विभिन्न दोहोरी गीत गाएर, नाचगान गरेर रमाइलो पनि गर्दछन् । पर्वमा टाढा गएका सन्तानहरु भेटघाट हुने गर्छ । बिहानीपख झाँक्रीले पूजा विसर्जन गर्दै चेपाङ जातिका देवता बोलाएर आयु भएकालाई राम्रोसँग बाँच्न देउ र आयु कम भएकालाई आयु बढाइदेउ भन्दै घरका सदस्यलाई घैया चामलको अक्षता (टिका) लगाइदिने यो पर्वको प्रमुख प्रचलन हो । न्वागीको टीकापछि घरमा सबै इष्टमित्र, कुटुम्ब बोलाएर भोजभत्तेर हुने गर्दछ ।

च्याङ्लीमा न्वागी पर्व

यो वर्ष चेपाङ समुदायले धादिङको गजुरी गाउँपालिका–५ च्याङ्लीमा सामूहिक रुपमा न्वागी पर्व मनाउने तयारी गरेका छन् । मकवानपुर, धादिङ, चितवन, गोर्खा, लमजुङलगायतका चेपाङ बसोबास भएका जिल्लाका प्रतिनिधि चेपाङ समुदाय च्याङ्लीमा भेला भएर पर्व मनाउने तयारीमा छन् । चेपाङ समुदायको भाषा, धर्म, संस्कृति र परम्पराको संरक्षण अभियानमा पर्व मनाउने गरिएको छ । विस्तारै यस पर्वलाई प्रदेश सरकारले पनि सहअस्तित्व स्वीकार्दै मान्यता दिन थालेको छ । यसलाई अधिकारको लडाइँसँगै चेपाङ सभ्यताको संरक्षणको मुद्दाको रुपमा पनि लिन थालिएको छ । बागमती प्रदेशबाहेक अन्यत्र पनि छरपष्ट रुपमा रहेका चेपाङहरुले आफ्नो धर्म परम्पराअनुसार भदौ २२ गते न्वागी पर्व मनाउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

  • गुल्जार हुने कागबेनीधाम गुमनाम

    गुल्जार हुने कागबेनीधाम गुमनाम

  • Post Thumbnail

    बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने

    Post Thumbnail

    सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

    कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

    कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

    Post Thumbnail

    निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution