Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ४, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

उच्च रक्तचापका बिरामीले के-के कुरामा ध्यान दिने ?

११६४ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र २२, शुक्रबार (३ साल अघि)
उच्च रक्तचापका बिरामीले के-के कुरामा ध्यान दिने ?

सकेसम्म उच्चरक्तचाप हुने अबस्था आउनु नदिनुनै राम्रो हो । तर उच्चरक्तचाप भईहाल्यो भने त्यसको व्यवस्थापन सबै भन्दा महत्वपूर्ण कुरा हुन्छ । किनभने प्रेसरका बिरामीले गर्ने ससना गल्तिले जटिल समस्या निम्त्याउन सक्छ । त्यसकारण यी कुरामा ध्यान दिऔँ ।

डा. अनिल भट्टराई, मुटुरोग विशेषज्ञ

१. मुटुरोग विशेषज्ञको सल्लाह लिने र सोही अनुसार चल्ने : ब्लडप्रेसर देखिएको खण्डमा सबैभन्दा पहिले मुटुरोग बिशेषज्ञलाई भेटनुपर्छ । उनीहरुले दिएको सल्लाह अनुसार चल्नुजरुरी छ ।

औषधि खाने कि नखाने कि ? आदि बारेमा जानकारी लिनुपर्छ । म कहाँ आउने कतिपय बिरामीहरुले नियमित औषधि खान झ्याउ मान्ने गरेको पाएको छु धेरैजनाले सोध्नुहुन्छ औषधि सधैलाई खानुपर्छ भनेर ? मैले सबैलाई भन्छु,  ‘प्राय जसो पर्छ र पर्न सक्छ । र औषधि खाएर तपाईँलाई बेफाइदा हुँदैन बरु नखाँदा चाहि बेफाइदा हुन्छ । त्यसैले सबैभन्दा पहिले सल्लाह लिनुपर्छ । र प्रेशर छ भने नियन्त्रण गर्नैपर्छ ।’

प्रेसर नियन्त्रणमा आएन भने के के घाटा हुन्छ ?
अंगभंग हुनसक्छ : प्रेशर कन्ट्रोल भएन भने मिर्गौला फेल हुनसक्छ । यदि फेल भयो भने त्यसको असर आफूलाई त हुने नै भयो घरपरिबारका अन्य सदस्यलाई समेत हुन्छ । औषधि उपचारमा ठूलो धनराशी खर्च हुन्छ ।

ब्रेन हेमरेज हुनसक्छ : व्लड प्रेसर कन्ट्रोल भएन भने कहिलेकाही दिमाखको नशा फुटेर हेमरेज हुनसक्छ । मस्तिस्कघात र पक्षघात हुनसक्छ । त्यो पनि जिन्दगीभरका लागि समस्या हो ।

हृदयघात हुनसक्छ  : राम्रोसंग व्लडप्रेसर कन्ट्रोल भएन भने हृदयघात ( हार्ट अट्याक) हुनसक्छ । यसले मानिसको तत्काल मृत्यु पनि गराउन सक्छ ।
यी बाहेक अन्य धेरै समस्याहरु निम्त्याउन सक्छ तर यो तीनवटा प्रमुख समस्या हुन् । यस्ता किसिमका गम्भीर स्वास्थ्य समस्या हुनको लागि पनि प्रेसरका विरामीले नियमित रुपमा औषधि खान जरुरी छ ।

कोलेस्टेरोल परीक्षण गराउनुपर्छ र नियन्त्रणको जरुरी छ :
हुन त कोलेस्टोरोलको परीक्षण गर्ने मापदण्ड फरक फरक हुन्छ । तर हामीले समग्रमा भन्नुपर्दा कोलेस्टोरोल १५० देखी २०० को बीचमा रहेमा नर्मल मानिन्छ । २०० भन्दा माथि भयो भने त्यो कन्ट्रोल गर्नुपर्ने अवस्थामा पुगेको मानिन्छ ।

यसलाई खानपान र व्यायममा ध्यान दिएर घटाउन जरुरी हुन्छ । तर फेरी पनि भन्छु हरेक ल्याव टेष्टको आफ्नो रेन्ज हुन्छ र प्रायजसो १५० देखी २०० बीचमा हुनुपर्छ ।

खाना र व्यायम गरेर कोलेस्टेरोल घटाउनुपर्छ : प्रेसरका विरामीले कोलेस्टेरोल घटाउन जरुरी छ । त्यसको लागि नियमित शारीरिक व्यायम, बोसोजन्य खानेकुरा, चिल्लो खानेकुरा नियन्त्रण गर्नुपर्छ । विशेषगरी रातोमासु खानु भएन , सेतो मासु खानुपरयो , माछा खानु परयो , तरकारी र फलफुलहरु बढी खानुपरयो ।

नियमित व्यायम भनेको दैनिक वा एक दिन बिराएर भएपनि कम्तीमा आधा देखी एक घण्टा व्यायम गर्नुपर्छ । खेले पनि भयो , दौडिए पनि भयो, जीम गए पनि भयो तर व्यायम गर्दा मज्जाले पसिना आउनुपर्छ । आजकल के भन्ने गरिएको छ भने हप्तामा लगभग २ हजार किलो क्यालोरी घटाउन सकियो भने त्यो प्रभावकारी व्यायम मानिन्छ ।

चुरोट खाने बानी छ भने तत्काल बन्द गर्नुपर्छ : चुरोट सेवन हृदयघात गराउने प्रमुख कारक तत्व मध्ये पर्दछ । चुरोटले नसा वा रक्त नलिमा साघुरयाउन छिटो मद्धत गर्छ । चुरोटमा हुने रसायनले त्यो भित्रको लियर फर्मेसनमा छिटो गराउन मद्धत गर्छ । मुटुको नलि अरु नलिभन्दा छिटो बन्द हुन्छ । किनभने तिनीहरु चाहि मुटुको नलि चाहि आर्थिरोस क्लिारोटिक प्रोसेस भन्छ बोसो बन्ने प्रक्रिया अरु नलि भन्दा छिटो हुन्छ ।

मोटोपनाको नियन्त्रण हुनुपर्छ : प्रेसरका विरामीले मोटोपनालाई नियन्यणमा राख्नुपर्छ वा घटाउदै लैजान पर्छ । त्यसमा खानपान र जीवनशैलीकै प्रमुख भूमिका हुन्छ । त्यसका लागि बोसोजन्य खानपीन पूर्णरुपमा रोक लगाउनुपर्छ । त्यस्तै कार्वोहाइड्रेड कम गर्ने । त्यो भनेको भात आलु गुलियो चिजहरु कम गर्नुपर्छ ।

मधुमेह समेत भएका बिरामीले विशेष सावधानी अपनाउनुपर्छ : सामान्य त ३.५ देखी ५.५ लाई नर्मल अवस्था मानिन्छ । त्यो पनि व्यक्तिको अन्य रोगको अवस्थाले निर्धारण गर्छ । त्यस्तै फास्टिङ ११०/ १२० को अनुपातमा हुनुपर्छ । पीपी १४० भन्दा तल हुनु पर्छ । यदि प्रेसरको विरामीलाई सुगर कन्ट्रोल भएन भने मिर्गौलामा छिटो खरावी आउन सक्छ । हृदयघातको सम्भावना एकदमै बढी हुन्छ । मस्तिस्कघात पनि हुनसक्छ ।

टेन्सनमुक्त जिन्दगी हुनु जरुरी छ : प्रेसरका विरामीले तनावमुक्त जिन्दगी हुनुपर्छ । किनभने तनाव हुने वित्तिकै हार्टरेट बढ्छ । मुटुले रगत फ्याक्ने मात्रामा बढी आउछ । यसले समस्या निम्त्याउछ ।

प्रेसरको रेट कति हो ?
सामान्य त ११० देखी १४० सम्म सिस्टोलिक हुनुपर्छ । डायस्टोलिक ७० देखी ९० भन्दा कम हुनुपर्छ । औषधि नियमित खानुपर्छ छोडन परयो घटाउन परयो भने चिकित्सकको सल्लाह अनिवार्य लिनुपर्छ । नियन्त्रणमा आयो भन्दै आफै घटाउने काम कहिल्यै गर्नुहुदैन् ।@nepalhelth

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य सम्बन्धि थप
  • जटिल प्रसूति समस्यामा परेकी एक महिलाको हवाई उद्धार

    जटिल प्रसूति समस्यामा परेकी एक महिलाको हवाई उद्धार

  • Post Thumbnail

    दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बससेवा

  • Post Thumbnail

    दुई दिनमा सशस्त्रले दियो एक हजारभन्दा बढीलाई निःशुल्क बस सेवा

  • Post Thumbnail

    चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ललितपुरमा हर्षोउल्लासका साथ मनाइयो पायः (खड्ग) जात्रा

    ललितपुरमा हर्षोउल्लासका साथ मनाइयो पायः (खड्ग) जात्रा

    Post Thumbnail

    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे

    Post Thumbnail

    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

    Post Thumbnail

    मुक्तिनाथ मन्दिरमा दशैं टिका

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution