Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ५, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक : मुख्यमन्त्री जम्कट्टेल

२१५१ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र २१, बिहिबार (३ साल अघि)
प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक : मुख्यमन्त्री जम्कट्टेल

चितवन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक भएको बताउनुभएको छ ।

बुधबार चितवनको इच्छाकामना–४ कुरिनटारमा धादिङ चेली महिला सहयात्री संस्थाद्वारा आयोजित बृहत् तीज गीत प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले विकास र समृद्धिका लागि प्रदेश सरकार र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभएको हो ।

मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो, “नयाँ नीतिका साथ स्थानीय सरकार र प्रदेश सरकार विकास र समृद्धिमा सँगसँगै जोडिएर जानुपर्छ भन्ने उद्देश्यका साथ केही नीतिगत निर्णय छिट्टै गर्दैछौँ, अहिले हाम्रो सहकार्य त्यति राम्रो हुन सकिरहेको छैन, आवश्यकता के हो भन्ने पहिचान पनि हुन सकेको छैन, त्यसैले आवश्यकता पहिचान गर्ने र एकापसमा भएको स्रोत साधनलाई परिचालन गर्न सहकार्य गर्न आवश्यक छ ।”

प्रदेश र स्थानीय सरकारको सहकार्यका लागि केही नीति बनाउने तयारीमा रहेको उहाँको भनाइ छ । “अब विकास गर्ने भनेको प्रदेश र स्थानीय सरकार मिलेर हो, त्यसका लागि हामीले केही नीति बनाउँदै छौँ, ड्राफ्ट गर्दैछौँ, हाम्रो सहकार्यको निम्ति संविधान र स्थानीय सरकार सञ्चालन ऐन र प्रदेश सरकारले बनाएको कानूनको बीचमा तादात्म्यता हुने गरी विशेषतः विकासका काममा सहकार्य गर्ने गरी नीति बनाउँदै छौँ ।”

प्रदेशका एक सय १९ वटै पालिका प्रमुखसँग आगामी कात्तिकमा छलफल गर्ने समयतालिका तय भएको उहाँले जानकारी दिनुभयो । आगामी वर्षको नीति कार्यक्रम तथा बजेट स्थानीय सरकारले गुनासो गर्न नपर्ने गरी आउने उहाँको भनाइ थियो ।

मुख्यमन्त्री जम्कट्टेलले गृहिणी महिला कार्यक्रम सुरुआत गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “गृहिणी महिला आमा, दिदीबहिनीको जे सीप छ जे क्षमता छ त्यो सीप र क्षमतालाई संरक्षण गर्ने, उहाँहरूलाई उत्साहित बनाउने र उहाँहरूले उत्पादन गरेका सामग्री उचित मूल्यमा सङ्कलन गर्ने, तालिम प्रदान गर्नेलगायतका कार्यक्रमका गृहिणी महिला कार्यक्रम अघि बढाएका छौँ, त्यसका लागि बजेट विनियोजन गरेका छौँ, कार्यविधि बनाउँदै छौँ ।” स्थानीय पालिकासँग सहकार्य गर्ने गरी उक्त कार्यक्रम अघि बढाउने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • दशैँको टीका : कतै रौनक, कतै सुनसान

    दशैँको टीका : कतै रौनक, कतै सुनसान

  • Post Thumbnail

    यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

  • Post Thumbnail

    उपत्यकाका सडकमा सवारी चाप बढ्दै

  • बिक्रीमा जमरा

    बिक्रीमा जमरा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच प्रदर्शन

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    Post Thumbnail

    यु–१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’ मा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution