
धादिङ,०५ भाद्र ।
धादिङमा आज ५३ जना डेंगुका संक्रमित थपिएका छन् । नीलकण्ठ गरपालिकाका ३९ जना, गजुरी गाउँपालिकामा ८ जना, त्रिपुरासुन्दरीमा ४ जना, सिद्धलेक र ज्वालामुखीमा १/१ जना गरी ५३ जना संक्रमित थपिएका हुन् ।
आज ५३ जनामा संक्रमण पुष्टि भएसँगै हालसम्म जिल्लामा डेंगु संक्रमण हुनेको संख्या २ हजार ४५ पुगेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । जसमा १ हजार २६ जना पुरुष र १ हजार १९ जना महिला रहेका छन् ।
संक्रमित मध्ये नीलकण्ठ नगरपालिकामा १ हजार ७७० जना, ज्वालामुखी गाउँपालिकामा ६० जना, बेनीघाट रोराङ ४७, सिद्धलेकमा ४४, त्रिपुरासुन्दरीमा ३२, गजुरीमा २०, गंगाजमुनामा १८, खनियाबासमा १५, रुवीभ्यालीमा १२, गजुरीमा २०, नेत्रावती डबजोङमा १०, गल्छीमा ५ र धुनीबेशी नगरपालिकामा २ जना रहेका छन् । ८ जनाको भने अन्य जिल्लाबाट परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
एडिस जातको लामखुट्टेको टोकाइबाट हुने यो रोगको संक्रमणका कारण बिरामीमा अत्याधिक ज्वरो आउने, मांसपेशी दुख्ने, आँखा दुख्ने, टाउको दुख्ने, कमजोरी हुने लगायतका लक्षण देखिने गरेका छन्। बिरामी बढेसँगै अस्पतालमा चाप बढेको छ।
डेंगु रोगबाट जोगिनको लागि झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरिएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |