
धादिङ,१० बैशाख ।
धादिङमा आज एकैदिन ५० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । नीलकण्ठ नगरपालिकाका ४७ जना, सिद्धलेक, त्रिपुरासुन्दरी र खनियाबास गाउँपालिकाका १/१ जना गरी ५० जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो १० दिनको अवधिमा जिल्लाका २८५ जना डेंगु संक्रमित भइसकेका छन् । जस्मा १५३ जनाज पुरुष र १३२ जना महिला रहेका छन् । कुल संक्रमित २८५ जना मध्ये २६८ जना नीलकण्ठ नगरपालिकाका रहेका छन् ।
जिल्लाको ज्वालामुखी गाउँपालिकामा ५ जना, सिद्धलेक गाउँपालिकामा ३ जना, गल्छी, खनियाबास र त्रिपुरासुन्दरी गाउँपालिकामा २÷२ जना, बेनीघाट रोराङ, गंगाजमुना र रुवी भ्याली गाउँपालिकामा १/१ जना संक्रमित भएका छन्।
धुनीबेशी नगरपालिका, थाक्रे गाउँपालिका, गजुरी गाउँपालिका र नेत्रावती डबजोङ गाउँपालिकामा भने डेँगु संक्रमितको संख्या शून्य रहेको छ।
डेंगु संक्रमणको जोखिमको बढ्दै गएपछि नीलकण्ठ नगरपालिका, स्वास्थ्य कार्यालय धादिङका लगायतका सरोकारवाला निकायले लामखुट्टेको टोकाइबाट जोगिनको लागि झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गर्दै आएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |