Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २३, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

विदेश पलायन हुँदै उद्योगी

१४९७ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ २७, बुधबार (३ साल अघि)
विदेश पलायन हुँदै उद्योगी

कोभिड–१९ र त्यसपछिको आर्थिक तलरलताका कारण यहाँका उद्योगी व्यवसायी धमाधम विदेश पलायन हुन थालेका छन् । कोभिडले थला पारेको व्यवसायलाई केही उकास्न सकिन्छ कि भनेर कोसिस गर्दा समेत उद्योग व्यवसाय चल्न नसकेपछि उनीहरू विदेश पलायन भएका हुन् ।

कर्मचारी राखेर तलब खुवाउन र घरबहाल करसमेत तिर्न नसक्ने अवस्था आएपछि व्यवसायी विदेशिन बाध्य भएका छन् । विगतका वर्षहरूमा व्यवसायमा देखिएको समस्याका कारण यहाँको व्यवसाय छाडेर विदेश जान खोज्ने र जाने व्यवसायीको सङ्ख्या बढ्दो क्रममा रहेको छ । जिल्लामा रहेर उद्योग व्यवसाय गर्दै आएकाहरू व्यापार व्यवसायमा कमी आए विदेशिन थालेका छन् । जिल्लाको मुख्य व्यापारिक केन्द्र नारायणगढ र आसपासका सहरमा चलिरहेका व्यवसाय बिक्रीमा राखेको देख्न सकिन्छ भने कतिपयले व्यवसाय छाडेर सटर भाडामा दिन लागेको देख्न पाइन्छ ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठका अनुसार अहिले सात जना व्यवसायीले व्यवसाय बन्द गरेर विदेश पलायन भएका छन् । यहाँको व्यवसाय बन्द गरेर उनीहरु विजनेश भिसामा विदेश पलायन भएको उहाँले बताउनुभयो । अहिले १२ जना उद्योगी व्यवसायीले औपचारिकरूपमा फर्म बन्द गर्नका लागि निवेदन दिएका छन् ।

श्रेष्ठले भन्नुभयो, “आर्थिक मन्दी र बैंकको चर्को ब्याजका कारण नयाँ काम गर्न सक्ने वा पुरानै कामलाई निरन्तरता दिन सक्ने स्थिति छैन ।” मुख्य बजार क्षेत्रमा समस्या कम भए पनि बजार विस्तार हुँदै गएका नयाँ ठाउँमा समस्या बढ्दो मात्रामा रहेको उहाँको भनाइ छ । सरकारले मौद्रिक नीतिलाई खुकुलो बनाउन नसक्दा व्यवसायी विदेश पलायन हुन थालेका हुन् । उहाँले थप्नुभयो, “ठूला उद्योग तथा व्यवसायी अस्तित्वका कारण सञ्चालनमा आएका छन् । सानाको अवस्था नाजुक बन्दै गएको छ ।”

सञ्चालनमा आएका उद्योगले समेत आफ्नो उत्पादन र कर्मचारी कटौती गर्दै लगेका छन् । उद्योग वाणिज्य सङ्घका अनुसार सञ्चालनमा आएका उद्योगले समेत ४० प्रतिशतभन्दा बढी उत्पादन गर्न छाडेका छन् । क्षमताको ४० प्रतिशतमात्रै उत्पादन गर्दा राज्यलाई कर घाटा र व्यवसायीलाई सञ्चालनमा समस्या पर्दै आएको श्रेष्ठले बताउनुभयो ।

उद्योग वाणिज्य सङ्घ चितवनमा दर्ता भएर व्यापार व्यवसाय गर्दै आएका चार हजार सदस्यमध्ये अहिले धेरैको अवस्था दयानीय बन्दै गएको छ । अटोमोबाइल, पोल्ट्री क्षेत्र, कङ्क्रिट उद्योग, खाद्यान्न उद्योग, निर्माण व्यवसायीजस्ता उद्योग प्रत्यक्ष त्यसको मारमा परेका छन् ।

उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेल अहिलेसम्म ३० प्रतिशत उद्योग बन्द भएको बताउनुभयो । यो क्रम बढ्दो रहेको उहाँले जानकारी दिनुभयो । सङ्घमा आबद्ध भएका एक हजार दुई सय सदस्यमध्ये ३० प्रतिशत उद्योग बन्द भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “उद्योगधन्दा बन्द हुने क्रम बढ्दै छ, नयाँ खुल्ने क्रम न्यून छ”, उहाँले अगाडि थप्नुभयो, “बैंकको ब्याजदर बढ्नु र आर्थिक तरलताले उद्योग बन्द हुने क्रम अझै बढ्दै जाने देखिन्छ ।”

उद्योगी व्यवसायी उद्योग–व्यवसाय बन्द गरेर विदेशिने क्रमसँगै रोजगारीको अवसर गुम्ने र लाखौँ युवा जनशक्ति विदेशिन बाध्य हुने अवस्था आउने भन्दै उहाँले यसलाई रोक्नका लागि राज्यको मौद्रिक नीति खुकुलो हुनुपर्ने बताउनुभयो । बैंकहरूले ब्याजदर घटाएर एक अङ्कमा ल्याउनुपर्ने, सरकारले उद्योगी व्यवसायीको समस्या समाधान गर्न ध्यान दिनुपर्नेलगायतका काम गर्न जरुरी रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • Post Thumbnail

    आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

  • Post Thumbnail

    त्रिभुवन राजपथमा सवारी आवागमनको नयाँ समयतालिका लागू

  • Post Thumbnail

    सडक सुरक्षामा विशेष ध्यान दिन प्रहरीको आग्रह

  • कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा डा खत्री नियुक्त

    कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा डा खत्री नियुक्त

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

    Post Thumbnail

    कांग्रेसको १५औँ महाधिवेशन : सात हजार ३९ प्रतिनिधिद्वारा मतदान

    Post Thumbnail

    त्रिभुवन राजपथमा सवारी आवागमनको नयाँ समयतालिका लागू

    Post Thumbnail

    आरन पेशालाई आयआर्जनको माध्यम बनाउँदै चक्रबहादुर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution