Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

विद्यार्थीको सारथी बन्दै विद्यालय नर्स कार्यक्रम

प्रत्यूष १३५७ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ २९, सोमबार (३ साल अघि)
विद्यार्थीको सारथी बन्दै विद्यालय नर्स कार्यक्रम

सिता सापकोटा ‘सितल’
धादिङ, २९ जेठ ।
‘म महिनावारी हुँदा १२ वर्षकी थिए । स्कुलमै भएको बेला एक्कासी पेट दुख्यो । तल्लो पेट असाध्यै दुख्यो, पिसाव लागेजस्तो भयो । सौचालय जाँदा पिसावसँगै रगत देखेँ । बेस्सरी आत्तिएँ, साथीलाई सुनाएँ । साथीले मिसलाई सोधेछ । मिसले महिनावारी भएको हो नडराउ भनेपछि केही शान्त भएँ । साथीले घर पु¥याइदियो । नीलकण्ठ नगरपालिका–३ स्थित नीलकण्ठ मावि, कक्षा ८ मा अध्ययनरत प्रशंसा गुरुङ भन्छिन्–‘दुई वर्ष अगाडिको त्यो घटना मेरो लागि जिन्दगीकै अविश्मरणीय छ ।’
‘त्यतिबेलासम्म ‘प्याड के हो’ थाहा थिएन । मिसले पनि भन्नुभएन । विद्यालयमै प्याड र दुखाई कम गर्ने औषधी पाएको भए सायद मैले त्यत्ति पीडा सहनु पर्दैन थियो होला’, प्रशंसाको त्यतिबेलाको पीडा अहिले पनि अनुहारमा पनि छर्लङ्गै देखिन्छ । तर, त्यतिबेला प्रशंसाले भोगेको जस्तो पीडा अहिले अरुले भोग्नु परेको छैन ।
सरकारले ल्याएको एक विद्यालय एक नर्स कार्यक्रम विद्यालयमा सुरुभएसँगै महिनावारी भएको बेला होस् या अन्यकुनै समस्या हँुदा विद्यालयमै पाउने उपचारले सबै खुसी छन् । विद्यालय आएको बेला महिनावारी भयो भने कक्षा छोडेर घर फर्किनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

अहिले नीलकण्ठ माविमा औषधी उपचार गर्ने छुट्टै कोठा छ । एकजना नर्स छ । महिनावारी हुँदा लगाउने प्याड विद्यालयले फ्रि मै उपलब्ध गराउँछ । ‘विद्यालयमा नर्स नहुँदा कति पटक पढाई छोडेर घर जानुपथ्र्याे, साथीहरु पनि त्यसैगरी हिड्थे, तर अहिले भने त्यो समस्या छैन’, प्रशंसाले खुसी सुनाइन् ।

विद्यार्थीहरुले घरमा भन्दा विद्यालयमा सुरक्षित भएको महसुस गर्न थालेका छन् । सामान्य रुघाखोकी लाग्दा समेत कक्षा छोडेर अस्पताल वा घर जानुपर्ने समस्या हडेको कक्षा ८ का आयुष भट्ट बताउँछन् । ‘अतिरिक्त क्रियाकलाप गर्दा कहिलेकाँही चोट लाग्छ, टाउको दुख्छ, मौसमी रुघाखोकी लाग्छ त्यतिबेला घरमा बरु औषधी हुँदैन, विद्यालयमै आएर औषधी खाने गरेका छौं’, आयुष भन्छन्–‘घर भन्दा अहिले त हामीलाई विद्यालय नै सुरक्षित लाग्न थालेको छ ।’

आर्थिक वर्ष २०७५/०७६ देखि बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले एक विद्यालय एक नर्स कार्यक्रम ल्यायो । त्यहि कार्यक्रम अन्तर्गत नीलकण्ठ माविले पनि यो कार्यक्रम सुरु ग¥यो । धादिङका ४९ वटा विद्यालयमा यो कार्यक्रम लागु छ ।
कार्यक्रमबाट विद्यार्थी मात्र होइन शिक्षकहरु पनि सन्तुष्ट छन् । विद्यार्थीको स्वास्थ्य समस्यामा सुधार भई नियमित पठनपाठनमा पनि राम्रो सुधार आएको नीलकण्ठ माध्यमिक विद्यालयकी सामाजिक शिक्षिका नानीमाया कार्की बताछिन् ।

बालबालिकालाई मनोसामाजिक समस्या देखिन्थ्यो । रुघाखोकी, मौसमी फ््लु जस्ता समस्याले निकै सताउँथ्यो । कति विद्यार्थी विरामी परेको थाहा नै नभएर विद्यालय छुट्ने गरेको थियो । अहिले त्यस्ता सबै समस्या समाधान भएको कार्की बताउछिन् । उनी भन्छिन्– ‘अहिले विद्यालयमै विद्यार्थीको उपचार हुन्छ, केही समय नर्सको रेखदेखमा उपचारपछि उनीहरू पुनः कक्षाकोठामा फर्कन्छन् । अहिले जटिल समस्या देखिएका बालबालिकालाई मात्र घर पठाउने गरेका छौँ ।’

विद्यालयमा गर्मीका कारण बेहोस हुने, खेल्दा चोटपटक लाग्ने, महिनावारी, टाउको दुख्ने, मौसमी रुघाखोकी आदिको उपचार हुँदै आएको बालमन्दिर विद्यालयका नर्स अनिता गुरुङले बताइन् । ‘अहिले सामान्य समस्यामा उपचार र स्वास्थ्य सम्बन्धी सबैलाई जान्नुपर्ने ज्ञान दिँदै आएकी छु, उनी भन्छिन्–‘किशोरीलाई भने महिनावारीको समयमा धेरै नै सहज भएको छ, दिवा खाजामा हामीले ‘जंक फुड’ को प्रयोगमा नियन्त्रण गरेका छौँ ।’

विद्यालयले छुट्टै मेडिकल रुम पनि बनाएको छ । नर्सले प्राथमिक उपचार सँगसँगै महिनावारी विशेष शिक्षा, विद्यार्थीको पौष्टिक खाना, बालबालिकाको वृद्धि विकासलगायतमा पनि ध्यान दिएकी छन् । नर्सले महिनावारीका बेला छात्राहरू लजाउने तथा प्याड प्रयोग गर्न अप्ठ्यारो मान्ने समस्या पनि समाधान गर्दै आएकी छन् । किशोरीलाई प्याडको आवश्यकता र यौन स्वास्थ्यबारे सिकाउने तथा महिनावारी भएका बेला सेनेटरी प्याड निःशुल्क प्रदान गर्दै आएको नर्स गुरुङले जानकारी दिइन् । “विद्यार्थीलाई यौन तथा प्रजनन शिक्षा, पौष्टिक खानेकुरा र स्वास्थ्य रहन अपनाउनुपर्ने शिक्षा पनि दिंँदै आएकी छु”, उनले भनिन् ।

कार्यक्रम अन्तर्गत यौनजन्य हिंसा न्यूनीकरण, शारीरिक तथा मानसिक स्वास्थ्य शिक्षा, धूमपान, मद्यपान र सूर्तीजन्य पदार्थको प्रयोग न्यूनीकरणका लागि अभिभावक तथा समुदायलाई स्वास्थ्य शिक्षा प्रदान पनि गर्दै आएकी छन् । समय समयमा बालबालिकाको स्वास्थ्य जाँच, रक्तचाप जाँच, स्वास्थ्य शिक्षालगायत कार्यका लागि नर्स राखिएको जनाइएको छ ।

नेत्रावती डबजोङ गाउँपालिकास्थित निरञ्जना माध्यमिक विद्यालयका प्रधानध्यापक विकास थापा मगरले ग्रामीण भेगका विद्यालयमा नर्स कार्यक्रम निकै प्रभावकारी भएको बताउँछन् ।

आगामी आ.व.मा धादिङका १३ वटै स्थानीय तहमा रहेका सामुदायिक विद्यालयमा नर्स कार्यक्रम थप हुने शिक्षा विकास तथा समन्वय एकाइ धादिङका निमित एकाइ प्रमुख कृष्णकुमार श्रेष्ठले बताए । “विद्यालयका विद्यार्थीमा देखापरेका स्वास्थ्यसम्बन्धी समस्या समाधान गर्न नर्स विद्यालय कार्यक्रमको भूमिका निकै महत्त्वपूर्ण हुन्छ”, उनले भने ।

धादिङ जिल्लाभर ५ सय ३८ सामुदायिक र ४८ संस्थागत विद्यालय छन् । हालसम्म एक विद्यालय एक नर्स कार्यक्रम बागमती प्रदेशका ५ सय १९ विद्यालयमा सञ्चालन भइरहेको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा रवीन भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
खनियावास गाउँपालिका सम्बन्धि थप
  • लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

  • पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

  • नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

  • मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution