Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २३, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सरकारको आम्दानीभन्दा खर्च धेरै

प्रत्यूष १२३४ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख १, शुक्रबार (३ साल अघि)
सरकारको आम्दानीभन्दा खर्च धेरै

चालु आर्थिक वर्ष २०७९र८० को तेस्रो त्रैमाससम्म सरकारको आम्दानीभन्दा खर्च धेरै देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत मसान्तसम्म सरकारको घाटा बजेट रु दुई खर्ब १८ अर्ब ५७ करोड नाघेको देखिएको हो ।

अर्थात् यो अवधिसम्ममा सरकारले गरेको कूल आम्दानीभन्दा कूल खर्च सवा दुई दशमलव नौ प्रतिशत विन्दुले बढी हो । यो अवधिसम्ममा सङ्कलन भएको सरकारी राजस्वले चालु खर्च धान्न नसक्ने अवस्था छ भने पुँजीगत खर्च निकै कम छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार नौ महिनामा सरकारले वार्षिक विनियोजनको ५२ दशमलव ५७ प्रतिशत खर्च गरेको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएकोमा चैत मसान्तसम्ममा रु नौ खर्ब ४३ अर्ब पाँच करोठ १६ लाख बराबर खर्च भएको देखिएको हो । चालु आर्थिक वर्षका लागि चालु शीर्षकमा रु ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बजेट विनियोजन भएको थियो । चैत मसान्तसम्ममा यो शीर्षकमा ५९ दशमलव ७३ प्रतिशतअर्थात् रु सात खर्ब छ अर्ब ७६ लाख ५९ हजार बराबर खर्च भएको छ ।

पुँजीगत शीर्षकमा यस वर्ष रु तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बराबर बजेट विनियोजन भएकोमा हालसम्म २८ दशमलव १९ प्रतिशतअर्थात् रु एक खर्ब सात अर्ब २४ करोड ३४ लाख बराबर मात्रै खर्च भएको छ । त्यस्तै, वित्तीय व्यवस्थापन शीर्षकमा चालु आर्थिक वर्षका लागि रु दुई खर्ब ३० अर्ब २१ करोड ७७ लाख बराबर विनियोजन भएकोमा चैत मसान्तसम्म ५६ दशमलव ०५ प्रतिशत अर्थात् रु एक खर्ब १९ अर्ब चार करोड २३ लाख बराबर खर्च भएको छ । यो अवधिमा पुँजीगतभन्दा वित्तीय व्यवस्थातर्फको बजेट खर्च बढी देखिएको छ ।

चैत मसान्तसम्ममा सरकारी राजस्व सङ्कलन वार्षिक लक्ष्यको ४९ दशमलव ६७ प्रतिशत बराबर मात्रै देखिएको छ । चालु आवका लागि सरकारले कूल रु १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा तेस्रो त्रैमास सकिँदासम्म रु सात खर्ब २४ अर्ब ४७ करोड ४३ लाख बराबर मात्रै राजस्व सङ्कलन भएको देखिएको हो ।

यो अवधिमा आन्तरिक राजस्व वार्षिक लक्ष्यको ४८ दशमलव ७३ प्रतिशत बराबर छ । कूल रु १४ खर्ब तीन अर्ब १४ करोड ७० लाख बराबर आन्तरिक राजस्व उठाउने वार्षिक लक्ष्य राखिएकोमा हालसम्म रु छ खर्ब ८३ अर्ब ८० करोड ५९ लाख बराबर मात्रै सङ्कलन भएको देखिएको हो । त्यस्तै यस वर्ष रु ५५ अर्ब ४५ करोड ८३ लाख बराबर वैदेशिक अनुदान लिने सरकारी लक्ष्य रहेकोमा हालसम्म आठ दशमलव ६६ प्रतिशतअर्थात् रु चार अर्ब ८० करोड २० लाख बराबर मात्रै आएको छ ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • Post Thumbnail

    नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर

  • Post Thumbnail

    वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

  • सडक भासिएपछि पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द

    सडक भासिएपछि पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द

  • Post Thumbnail

    बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर

    कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

    कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

    Post Thumbnail

    लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

    Post Thumbnail

    सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution