
पाकिस्तान । चीनले आर्थिक सङ्कटको सामना गरिरहेको पाकिस्तानलाई २ अर्ब डलर सहयोग गरेको छ ।चरम मूल्य वृद्धिसँगै वैदेशिक मुद्रा संचिति घटेपछि पाकिस्तानमा आर्थिक सङ्कट गहिरिँदै गएको छ ।
चीनले पाकिस्तानको सङ्कट समाधान गर्नका लागि १ वर्षका लागि २ अर्ब डलर सहयोग गरेको हो ।टाईम्स अफ इन्डियाका अनुसार ऋण नभनिएको सोही रकम पाकिस्तानको केन्द्रीय बैकमा जम्मा गरिएको र सो सहयोगले पाकिस्तानको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ ।
यसै गरी, पाकिस्तानको अर्थतन्त्र उकास्नका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले समेत सहयोग गर्ने तयारी गरे पनि राजनीतिक अस्थिरताका कारण रोकिन पुगेको छ । अर्थतन्त्र सङ्कटबाट गुज्रिरहेको पाकिस्तानमा राजनीतिक अस्थिरता समेत उत्पन्न भएपछि आईएमएफको ऋण आउन ढिलाइ भएको छ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |