Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

‘गाभी’ सँग थप १५ लाख मात्रा खोप माग गर्दै पुनः पत्र

प्रत्यूष ९९२ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष २८, बिहिबार (३ साल अघि)
‘गाभी’ सँग थप १५ लाख मात्रा खोप माग गर्दै पुनः पत्र

काठमाडौँ, २८ पुस ।
सरकारले छिमेकी देशमा कोरोना भाइरस सङ्क्रमण फैलिरहेको अवस्थामा अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप खोपको माग गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप १५ लाख मात्रा बुस्टर डोज माग गर्दै आज पुनः ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) लाई औपचारिक रुपमा पत्र पठाएको छ ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले आज १५ लाख मात्रा खोपका लागि ‘गाभी’ लाईपत्र पठाइएको जानकारी दिनुभयो । यसअघि पुस १४ गते पनि शाखाले बुस्टर डोजका लागि १५ लाख मात्रा खोप माग गरी पत्र पठाएको थियो ।

उक्त पत्रानुसार गाभीले आगामी माघ १९ गते १५ लाख मात्रा खोप उपलब्ध गराउने जानकारी गराइसकेको छ । “बुस्टर डोजका लागि १५ लाख मात्रा खोपले मात्र नपुगेपछि थप १५ लाख मात्रा खोपका लागि आजै हामीले गाभीसँग माग राखी पत्र पठाएको छौँ”, उहाँले भन्नुभयो, “गाभीले खोपबारे चाँडै नै जानकारी गराउने छ ।”

गाभीले कोभ्याक्स सुविधा मार्फत नेपालले बुस्टर डोजका लागि फाइजरको बाइभ्यालेन्ट खोप ल्याउन थालिएको हो । बुस्टर डोजका लागि मात्र ३० लाख मात्रा खोप आउने छ । छिमेकीमुलुक भारत र चीनमा विएफ सात नामक प्रजातिको नयाँ भेरियन्ट फैलिन थालेपछि मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरेको छ ।

मन्त्रालयले सङ्क्रमणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन वा सेनिटाइजर नियमित प्रयोग गर्नसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

  • Post Thumbnail

    छ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफल सिँचाइ

  • बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

    बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

  • Post Thumbnail

    सोह्र लाखबराबरको अवैध पटाका बरामद

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    फलफूलखेतीः बगैँचा बढे तर उत्पादन न्यून

    राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

    राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

    Post Thumbnail

    दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

    Post Thumbnail

    कांग्रेस महाधिवेशनमा आधा दर्जन पत्रकार उम्मेदवार

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution