Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

चेपाङ किशोरीहरुलाई न्यानो कपडा प्रदान

प्रत्यूष ५१२ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष ६, बुधबार (३ साल अघि)
चेपाङ किशोरीहरुलाई न्यानो कपडा प्रदान

धादिङ । गजुरी गाउँपालिका वडा नं १ मा रहेको चेपाङ किशोरी छात्रावासका बालिकाहरुको लागि न्यानो कपडा प्रदान गरिएको छ । चेपाङ किशोरी छात्रावासमा बसि अध्ययन गर्ने ३२ जना बालिकाहरुको लागि ज्याकेट,हाइनेक सेट, ट्राउजर ,स्कुल सुईटर,जुत्ता ,मोजा सहितको सामग्री सहयोग गरिएको हो ।

गजुरी गाउँ पालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, वडा नं १ का वडाध्यक्ष तारा भण्डारी ,निबर्तमान उपाध्यक्ष सीता ढुङ्गाना ,समाजसेवी शिवनिधि खनाल,प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल लगायतले बालिकाहरुलाई सामाग्री हस्तान्तरण गर्नु भएको थियो । चेपाङ किशोरी छात्रावास गजुरी हागेटारमा जिल्लाका गजुरी सहित बेनिघाटरोराङका बाबा,आमा गुमाएका,दुर्गम भौगोलिक स्थान बसोबास गर्ने ,बिद्यालय टाढा भई माध्यमिक शिक्षा लिनबाट बञ्चित ,अति बिपन्न सिमान्तकृत चेपाङ समुदायका बालिकाहरु मात्रै बसेर पढ्न मिल्ने नियम बनाएर गजुरी गाउँपालिकाले संचालन गर्दै आएको छ ।

चेपाङ किशोरी छात्रावासमा ३६ जना बालिकाहरुको आवासीय रुपमा बस्ने कोठा ,पुस्तकालय कक्ष,भान्सा सहित व्यवस्थान गर्ने कार्य स्थानीय गैरसरकारी संस्था प्रयास नेपालले गरिएको छ । दैनिक खानपिन र अन्य नियमित रुपमा गर्नु पर्ने रेखदेख तथा व्यवस्था गाउँपालिकाबाट गरिएको गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनु भयो ।

दैनिक खानपिन व्यवस्थापन र रेखदेखमा सहयोग गर्न गजुरी गाउँपालिकाको तर्फबाट १ जना चेपाङ समुदायको नै बिवाहित महिलालाई होस्टल वार्डेन रुपमा व्यवस्थापन गरिएको गजुरी गाउँपालिका वडा नं १ का वडाध्यक्ष तारा भण्डारीले बताउनु भयो । यसैगरी छात्रावासमा रहेका किशोरीहरुको जिवनउपयोगी सीप विकास तथा नेतृत्व विकास गर्ने र सिकाई उपलब्ध बृद्धि गराउन अतिरिक्त कक्षा संचालन गर्ने जस्ता कार्यहरू नियमित रुपमा गरिरहेको पनि वडाध्यक्ष तारा भण्डारीले बताउनु भयो ।

मंगलबार गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको नेतृत्वमा प्लानेट ईन्फान्ट एण्ड डेभलपमेन्ट र प्रयास नेपाल धादिङको तर्फबाट प्रति बालिका ३५ सय बराबरको न्यानो कपडा सहयोग गरिएको प्रयास नेपाल धादिङका सहजकर्ता सबिना चेपाङले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस
गजुरी गाउँपालिका सम्बन्धि थप
  • वाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

    वाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

  • पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

    पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

  • बागलुङका किसानका व्यथा :  सुन्तला सस्तोमा बेच्न बाध्य

    बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

  • पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ७ गते सोमबार

    २०८२ पुस ७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    वाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

    वाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

    पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

    पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

    बागलुङका किसानका व्यथा :  सुन्तला सस्तोमा बेच्न बाध्य

    बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution