Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

ज्येष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिक सम्मानित

प्रत्यूष ९०० पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन १५, शनिबार (४ साल अघि)
ज्येष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिक सम्मानित

धादिङ,१५ असोज ।
आज अक्टोबर १ अर्थात्,३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । दिवसको अवसरमा नीलकण्ठ नगरपालिका ज्येष्ठ नागरिक संघको आयोजना तथा नगरपालिकाको सहयोगमा जेष्ठ नागरिक बोझ होइन,समाजका अगुवा हुन् भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाईएको छ । संघले नगरपालिका भित्रका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका उपमेयर दिपक विश्वकर्माले ज्येष्ठ नागरिकबाट युवाहरुले सल्लाह, सुझाब र मार्गनिर्देशन लिनुपर्ने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकहरुको सेवासुविधाका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

जेष्ठ नागरिक संघ नीलकण्ठ नगरपालिकाका अध्यक्ष अब्जनाथ सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बिभिन्न संघसस्थाका प्रमुख एवम प्रतिनिधी, बिभिन्न राजनितिक दलका प्रतिनिधी,ज्येष्ठ नागरिक,पत्रकार, नागरिक समाजका अगुवा लगायतको सहभागिता रहेको थियो ।

यस वर्ष ‘परिवर्तनशील विश्वमा ज्येष्ठ नागरिकप्रति लचिलोपन’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘ज्येष्ठ नागरिकको उत्थानशीलता : बदलिँदो विश्वको लागि अपरिहार्यता’ भन्ने राष्ट्रिय नाराका साथ देशैभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ । सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिक सम्मान र अधिकारमा पहुँच पु¥याउने उद्देश्यका साथ संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर यो दिवस मनाउने गरिन्छ ।नेपालमा पनि गएको डेढ दशकदेखि यो दिवस मनाउन थालिएको हो ।

नेपालमा ज्येष्ठ नागरिकको सङ्ख्या झण्डै ३० लाखको हाराहारीमा छ । सरकारको तर्फबाट २०५१ सालमा मासिक एक सय रुपैयाँबाट सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता अहिले चार हजार रुपैयाँ पुर्याइएको छ । यस्तै ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरी सार्वजनिक गाडीमा ज्येष्ठ नागरिकका लागि सिट आरक्षण तथा ५० प्रतिशत भाडा छुट दिने व्यवस्था गरिएको छ ।

यस्तै सार्वजनिक ठाउँमा सेवा लिँदा लाइन बस्नु नपर्ने र सरकारी अस्पतालमा ज्येष्ठ नागरिकको उपचार गर्दा औषधिउपचारमा सहुलियत दिने व्यवस्था पनि छ । तर ज्येष्ठ नागरिकले कतिपय सेवा सुविधा नपाएको गुनासो गर्दै आएका छन् ।

No description available.

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • Post Thumbnail

    कृषि मौसम सल्लाहसम्बन्धी कार्यविधि बनाउनुपर्नेमा जोड

  • Post Thumbnail

    निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?

  • Post Thumbnail

    कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना

  • Post Thumbnail

    जुम्लामा आज सार्वजनिक बिदा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    चितवनको बधस्थल अस्तव्यस्त : ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका

    Post Thumbnail

    आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली

    आज  विश्व दृष्टि दिवस

    आज विश्व दृष्टि दिवस

    बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

    बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution