Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

‘गल्छी–देवीघाट’ सडक २८ घण्टापछि सञ्चालन

प्रत्यूष १३६२ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन १५, शनिबार (४ साल अघि)
‘गल्छी–देवीघाट’ सडक २८ घण्टापछि सञ्चालन

नुवाकोट,१५ असोज ।

‘गल्छी–रसुवागढी सडक योजना’ अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ बुधसिंहमा पहिरो गएर अबरुद्ध भएको सडक शुक्रबार रातिदेखि सञ्चालनमा आएको छ । बिहीबार अपराह्न सुक्खा पहिरो गएसँगै अवरुद्ध भएको सडक २८ घण्टापछि सञ्चालनमा आएको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी योजना’को कार्यालयका निमित्त प्रमुख रामबिहारी चौधरीले जानकारी दिए ।

उनको अनुसार चारवटा हेभी उपकरणको सहायताले लगातार १४ घण्टाको प्रयासमा सडक सुचारु गरिएको हो । “सडक माथिबाट आएको ढुङ्गामाटो पन्छाएर तत्कालका लागी सडक खुला गरिएको छ”, चौधरीले भने, “थप पहिरोको जोखिम कायमै भएकाले आउजाउ गर्दा सावधानी अपनाउनुपर्दछ ।”

अवरुद्ध भएको २८ घण्टापछि सडक सुचारु भएसँगै नुवाकोट र रसुवाको गन्तव्यमा जान रोकिएका सवारी साधन सञ्चालनमा आएको ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख गुणनिधि खकुरेलले जानकारी दिए । उनका अनुसार अझै पनि उक्त स्थानमा पहिरोको जोखिम देखिएकाले ट्राफिक प्रहरीको उपस्थितिी जोखिम अवस्था हेरेर सवारीसाधन आउजाउ गराइएको छ ।

‘गल्छी–देवीघाट सडक खण्ड’ अन्तर्गत पर्ने उक्त स्थानमा गएको वर्ष ठूलोभिर काटेर ‘गल्छी–रसुवागढी सडक योजना’अन्तर्गतको दाँयाबाँया ११ मिटरको व्यवस्थित सडक निर्माण गरिएको थियो । सोही समयमा पनि पहिरो गएकाले आकस्मिक नियन्त्रणको काम गरे पनि त्यो प्रभावहीन देखिएको हो ।

“सडकको करिब पाचसय मि माथिबाट खसेको सुक्खा पहिरोले दायाँबायाँ दुईसय मि सडक जोखिम बनाएको छ ।” योजना कार्यालयका नि प्रमुख चौधरीले भने, “सडकतल त्रिशूली नदी छ । अन्य वैकल्पिक सडक नभएकाले पहिरो रोकथामको लागि विशेष योजना सञ्चालन गर्न रिपोर्ट तयार गर्ने छौँ ।” ‘गल्छी–रसुवागढी सडक योजना’ विस्तारको क्रममा गल्छी, जिलिङ र तिरतिरे भिरमा ठूलो पहिरो उत्पत्ति भएकाले त्यहाँ थप ठेक्का लगाएर नियन्त्रणको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
गल्छी गाउँपालिका सम्बन्धि थप
  • Post Thumbnail

    बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

  • Post Thumbnail

    वन क्षेत्रका समस्या समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण

  • Post Thumbnail

    शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

  • Post Thumbnail

    दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

    Post Thumbnail

    बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

    Post Thumbnail

    वन क्षेत्रका समस्या समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण

    Post Thumbnail

    शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution