Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नयाँको औचित्य पुष्टि होला ?(सम्पादकीय)

प्रत्यूष ९८७ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन ९, आईतबार (४ साल अघि)
नयाँको औचित्य पुष्टि होला ?(सम्पादकीय)

धादिङ,०९ असोज।
मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा धेरै राजनीतिक दलहरुले आ आफुले राजनीतिक उचाइ चुम्ने अपेक्षा गरिरहेको बेला फिल्ड स्तरमा भने त्यस्तो हुनसक्नु अड्कलबाजी गर्न थालिएको छ ।

राजनीतिक दलप्रतिको निराशाका कारण यतिवेला गाउँ टोल सम्मका युवाहरु आगामी निर्वाचनमा पख् भन्ने खालको अभिव्यक्ति दिँदै हिडिरहेका छन् । यसअघिको निर्वाचनमा सबैभन्दा ठूलो दल नेकपा भित्रको एमाले, माओवादी, नेपाली काँग्रेस लगायतका दलहरुको मत संख्या सुरक्षित गर्न निकै अफ्ठ्यारो पर्ने देखिन्छ किनभने राजनीतिक दलहरुको नेतृत्व गरे जो जो नेतृत्वमा पुगेका छन् उनीहरुले देशको कायापलट गर्नेगरी खासै धेरै परिवर्तन देखाउन सकेका छैनन् ।

संघ, प्रदेश र स्थानीय तीन तहको नेतृत्व गरिरहेकाहरु निरन्तर विकासका कामहरुमा दिनरात भनेर हिडिरहेका छन् तर प्रभावकारी रिजल्ट आइरहेको छैन । सिमित स्थानीय तहका नेतृत्वबाट केही सकारात्मक कामका अभ्यासहरु भैरहेको भए पनि धेरैजसो जनप्रतिनिधिहरुले नागरिकको अपेक्षा अनुसारको काम गर्न सकेका छैनन् ।

हुनतः निर्वाचनको समयमा राजनीतिक पार्टीको तर्फबाट निर्वाचनका लागि जस्ता जस्तालाई टिकट दिए पनि पछि पछि लाग्ने बानी हामीहरुको छ । राजनीतिक चेतना, काममा सृजनशिलता तथा व्यवहारमा प्रतिवद्धतादेखि आर्थिक पारदर्शिता कुन उम्मेदवारको रोजाई वा प्राथमिकतामा छ भन्ने कुरालाई हामीले मुल्याँकन गर्ने गरेका छैनौं जसका कारण लहडको भरमा कतिपय उम्मेदवारहरुले सजिलै विजय प्राप्त गरिरहेका छन्। त्यसकारण पनि जनताले आफ्नो दैनिक जिवनमा प्राप्त गर्नुपर्ने उपलव्धीहरु सरकारको तर्फबाट पाउन सकेका छैनन् ।

अहिले जतिपनि युवाहरु हाम्रोमा केही भएन भनेर कराइरहेका छन् त्यो कसका कारण नभएको ? हुनुपर्ने के के थियो ? त्यो कसरी बनाउन सकिन्छ ? सहभागिता कस कसको चाहिन्छ ? यि र यस्ता कुरामा भने युवाहरुले बहस गरिरहेका छैनन, बस हामीकहाँ केही भएन जस्ता कुरालाई मात्र प्राथमिकता दिएर मात्रै हुँदैन, त्यो खालको मानसिकता भएका प्रतिनिधि को हुन सक्छन् ? त्यसको पूर्व मूल्याँकन गर्न जरुरी हुन्थ्यो ।

अवको संघ र प्रदेश सरकारको निर्वाचनमा साँघुरो सोंच राख्ने र अहिलेसम्मको अवस्थामा कस कसले विकास र नागरिकको जिवनमा अनुभूत गर्नेगरी नीतिगत काममा भूमीका खेले उनीहरुलाई मात्रै जिताउने प्रतिवद्धता जनाउनु जरुरी हुन्छ । अहिले नयाँ नयाँ काम गर्ने पुराना राजनीतिक दलहरुलाई हराउने नयाँ अनुहारको खोजी गर्ने अभियानमा लागेका युवाहरु निर्वाचनको बेला एउटा एउटा पार्टीको पछि लाग्न थाले भने हाम्रो हालत के होला ? केही उदाहरणहरु देखिसकेका छन् ।

लामो समयसम्म अरुलाई गाली गर्ने र महत्वपूर्ण भूमीकामा रहनुपर्ने दिन पार्टी नै प्रवेश गर्ने वा केही सिमित स्वार्थ लिएर एउटालाई सहयोग गर्ने जस्तो कुरा आफैंलाई आत्मघाती निर्णय बन्न सक्छ यसर्थ निर्वाचन नजिकिदै गैरहेको यो अवस्थामा राजनीतिक चेतनालाई आत्मसाथ गर्दै नयाँ खालको राजनीतिक तथा सामाजिक परिवर्तन रोज्नेगरि अभियानमा जुट्दा मात्रै सबैको हित हुन्छ । अन्यथा पुराना र नयाँ भन्नेहरुको विचमा केही फरक देखिदैन, नयाँमा लाग्नुको औचित्य पनि पुष्टि हुँदैन ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

  • गुल्जार हुने कागबेनीधाम गुमनाम

    गुल्जार हुने कागबेनीधाम गुमनाम

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

    Post Thumbnail

    मनकामना केबलकार मङ्गलबार बन्द रहने

    Post Thumbnail

    सात दशकदेखिको भूमिहीन समस्या समाधानतर्फ सरकार क्रियाशील

    Post Thumbnail

    पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution