Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

विमामा पहुँच पुगोस् । (सम्पादकीय)

प्रत्यूष ९४० पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र २९, बुधबार (४ साल अघि)
विमामा पहुँच पुगोस् । (सम्पादकीय)

धादिङ,२९ भाद्र।
कुनैपनि घटना, दुर्घटना वा हुनसक्ने सम्भावित अधिकतम क्षतिबाट बच्नको लागि सबैभन्दा धेरै भूमीका वीमा कार्यक्रमले खेलेको हुन्छ । पछिल्लो समय जति पनि नागरिकहरुले आफ्नो दैनिक क्रियाकलापलाई सहज वनाउन विमा कार्यक्रममा सहभागि हनुपर्ने थियो त्यो हुन सकेको छैन । राज्यका कुनैपनि क्षेत्रभित्र रहेका आम नारिकहरुले विमा कार्यक्रममा जोडिएर व्यापार व्यवसायदेखी आफ्ना सबै प्रकारका क्रियाकलापहरु संचालन गर्न सक्नु वर्तमान आवश्यकता बन्दै गईरहेको छ ।

अहिले देशभरका विभिन्न स्थानीय तहहरुमा विमा कम्पनिका कार्यालयहरु खुलेको सहजै देख्न सकिन्छ । जुन जिल्ला क्षेत्र वा सदरमुकामका वरिपरि पुग्नेले वीमा कम्पनिको होडिङ बोर्ड सजिलै देख्न सक्छन् । बजारको पनि सबैभन्दा महंगा भाडाका घरदेखी सामान्य नागरिकका चहलपहल हुने ठाउँसम्म विमा कम्पनिले आआफ्नो कार्यालयको होर्डिङ बोर्ड राखेर कार्यालय संचालन गरिरहेका छन् तर, ति कम्पनिहरुले के के को विमा गर्छन, कसरी गर्छन् ? विमा के का लागि गरिन्छ र सरकारले विमा कार्यक्रमको लागी कस्तो खालको नीति कार्यक्रम संचालन गरिरहेको छ भन्ने कुराको ज्ञान समेत आम नागरिकमा छैन यसकारण पनि विमा कायक्रम आम नागरिकको पहुँचमा पुग्न नसकेको अनुमान गर्न सकिन्छ ।

पछिल्लो समय यातायात क्षेत्रलाई करिव करिब अनिवार्य विमा जस्तै पारिएको छ जसका कारण आम मानिसहरुले यातायात क्षेत्रमा आफ्ना लगानीहरु बढाइरहेका छन् । यातायात संचालन भएको बजार क्षेत्र वा नेपालको जुनसुकै स्थानीय तहको होस पक्की सडकहरुमा हेर्दा यातायातको साधनहरु यति धेरै बाक्लो संचालनमा आइरहेको देख्न सकिन्छ । यसले के देखाउँछ भने विमासंग जोडिएका क्षेत्रहरु अन्य क्षेत्रको तुलनामा निकै धेरै सुरक्षित छन् र हामीले यस्तो खालका गतिविधि अलि धेरै नै देखिराखेका हौला ।

हुनतः अहिलेको स्थानीय तहले विमालाई नागरिकको पहुँचसम्म पु¥याउन विमामा अनुदान लगायतका कार्यक्रमहरु पनि अगाडि बढाईरहेको छ । विमा कार्यक्रममा प्रोत्साहन र अनुदानका कार्यक्रम संचालन गरिएका स्थानीय तहहरुमा कृषि विमा लगायतका क्षेत्रहरुमा पनि केही अभ्यास गरेको पाइन्छ ।

विमा कार्यक्रम जुन जुन स्थानीय सरकारले संचालन गर्ने निर्णय गरेको छ यो प्रशंसनिय काम पनि हो । किसानले एकपटक विमा गरेको आफ्नो कृषि वस्तुको क्षति भैहालेको खण्डमा किसानले क्षति बापतको विमा दावी भुक्तानी लिन सक्दा किसान आफैं उत्साहित हुन्छन् र अर्कोपटक सरकारले फेरी विमा गराइराख्न अनुदान दिन पर्दैन ।

जुन कार्यक्रम स्थानीय तहसम्मकै नागरिकले लाभ पनि लिने भए पहँुच पनि बढाउँदै लैजान सकिने भयो यसर्थ पनि विमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजान आम सरोकार राख्नेहरुले जो दिनुपर्छ ।

अहिले विमा कार्यक्रमबाट लाभ लिनकै लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले जुन प्रकारको सकारात्मक भूमीका खेलिरहेको छ, त्यसलाई प्रभावकारी बनाउन आम सचेत नागरिकले विमाका बारेमा बहस, सकारात्मक बनाउनु जरुरी छ यसले आम नागरिकको हितको पक्षमा पैरवी समेत गर्छ यसकारण विमालाई आम नागरिकको पहुँचमा पु¥याउन भूमीका खेलौं ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

  • गुल्जार हुने कागबेनीधाम गुमनाम

    गुल्जार हुने कागबेनीधाम गुमनाम

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

    Post Thumbnail

    मनकामना केबलकार मङ्गलबार बन्द रहने

    Post Thumbnail

    सात दशकदेखिको भूमिहीन समस्या समाधानतर्फ सरकार क्रियाशील

    Post Thumbnail

    पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution