
त्रिवेणी (रुकुमपश्चिम), १३ मङ्सिरः रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
जिल्ला सदरमुकाम खलङ्गाबाट बाँफिकोट गाउँपालिकाको दुलीतर्फ जाँदै गरेको लु१ज २१६० नम्बरको अनियन्त्रित भई सडकबाट खसेको हो । दुर्घटनामा जिप चालक मुसिकोट नगरपालिका–८ का २८ वर्षीय भीमसिंह बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिनुभयो ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मग्माबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरी टोलीले घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सल्ले पठाएको थियो । चालक बुढामगरलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बाँफिकोट गाउँपालिका–८ दुलीकी ३१ वर्षीया निर्मला केसी, दुई वर्षीय दिनेश केसी, ३२ वर्षीया मनिषा बस्नेत र ३६ वर्षीय कर्णबहादुर खत्री तथा मुसीकोट नगरपालिका–१० की १८ वर्षीया जेनिशा ओली घाइते भएका प्रहरी निरीक्षक परियारले जानकारी दिनुभयो । घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |