Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
नयाँदिल्ली

नेपाल–भारत सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा बदल्नुपर्नेछ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिका माध्यमबाट नयाँ युगको आवश्यकताअनुरूप रूपान्तरणकारी विकास साझेदारीमा परिणत गर्नुपर्ने बताउनुभएको छ ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ७, सोमबार (१२ मिनेट अघि)
नेपाल–भारत सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा बदल्नुपर्नेछ : प्रधानमन्त्री शाह

नयाँदिल्ली, ७ मङ्सिरः प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिका माध्यमबाट नयाँ युगको आवश्यकताअनुरूप रूपान्तरणकारी विकास साझेदारीमा परिणत गर्नुपर्ने बताउनुभएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शाहले द्विपक्षीय उच्चस्तरीय भेटवार्तापछि आज हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकारसम्मेलनमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सम्भावनाका नयाँ ढोका खोल्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भगवान् पशुपतिनाथ, माता जानकी र करुणामय मत्स्येन्द्रनाथको आशीर्वाद तथा नेपाली जनताको स्नेह, प्रेम र सद्भाव लिएर आफू भारत भ्रमणमा आएको उल्लेख गर्दै मैत्रिपूर्ण निमन्त्रणा र न्यानो आतिथ्यका लागि भारतीय प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गर्नुभयो ।

पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल–भारत सम्बन्धका मूल आधार रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले अतुलनीय र अपरिमित यस सम्बन्धको केन्द्रमा दुवै देशका जनता रहेको बताउनुभयो । नेपाल र भारतबीचको सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल रहेको तथा यस्तो आत्मीय निकटतालाई शब्दमा सीमित गर्न नसकिने उहाँको भनाइ थियो ।

विश्वसनीय छिमेकीका रूपमा भारतले प्राकृतिक विपद् तथा कठिन परिस्थितिमा अग्रपङ्क्तिमा रहेर नेपाललाई सहयोग गर्दै आएको स्मरण गर्दै उहाँले त्यसका लागि भारत सरकार र भारतीय जनताप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

द्विपक्षीय सहकार्य र विकास साझेदारी

प्रतिनिधिमण्डलस्तरीय वार्तामा शताब्दीऔँ पुरानो ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र समयानुकूल बनाउने उद्देश्यले द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षमा गहन, सार्थक र दूरगामी छलफल भएको प्रधानमन्त्री शाहले जानकारी दिनुभयो ।

वार्ताका क्रममा नेपाल–भारत सहकार्यका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण समझदारी हुनुका साथै पूर्वाधार आयोजनाको उद्घाटन र शिलान्यास भएको उहाँले बताउनुभयो ।

आज भएका समझदारी र अघि बढाइएका परियोजनाको प्रतिफल किसानका खेतमा समृद्धिका रूपमा देखिनुपर्ने, युवाका हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्ने, विद्यार्थीका सपनामा नयाँ सम्भावना विस्तार हुनुपर्ने तथा उद्यमीले नयाँ बजार, लगानी र व्यावसायिक विस्तारका अवसर प्राप्त गर्नुपर्नेमा प्रधानमन्त्री शाहले जोड दिनुभयो ।

यी उपलब्धिले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै उहाँले चिरस्थायी सम्बन्धको बलियो जगमा भविष्यका लागि थप मजबुत आधार निर्माण गर्नु आजको आवश्यकता भएको बताउनुभयो ।

जलवायु परिवर्तन र सांस्कृतिक सम्बन्ध

हिमालयबाट प्राप्त स्वच्छ जलस्रोतले यस क्षेत्रका करोडौँ मानिसलाई जीवन प्रदान गरिरहेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री शाहले हाम्रा हिमालयबाट बगेर गङ्गामा मिसिने नदीहरूले दुवै देशको साझा भविष्य र गन्तव्यलाई जोडेको बताउनुभयो । जलवायु परिवर्तनका चुनौतीलाई सहकार्यका माध्यमबाट सम्बोधन गर्नुपर्ने आवश्यकतासमेत उहाँले औँल्याउनुभयो ।

नेपाल र भारतबीचको सम्बन्ध भगवान् श्रीराम र माता जानकीको पावन युगदेखि नै ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत आधारमा गाँसिएको उल्लेख गर्दै उहाँले यस सम्बन्धलाई थप जीवन्त बनाउन रेल सेवाको शुभारम्भ गरिएको जानकारी दिनुभयो ।

पुर्खाले स्थापित गरेको बलियो ऐतिहासिक जगलाई आधार बनाएर आपसी विश्वास, सहकार्य र साझा समृद्धिका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा परिणत गर्नुपर्ने उहाँको भनाइ थियो । यसले नयाँ पुस्ताका लागि सम्भावनाका ढोका खोल्ने प्रधानमन्त्री शाहले विश्वास व्यक्त गर्नुभयो ।

लगानी, शिक्षा र हवाई सम्पर्क विस्तार

प्रधानमन्त्री शाहले साझा आर्थिक समुन्नतिमा साझेदारी गर्न भारतीय लगानीकर्तालाई नेपालमा स्वागत गर्नुभयो । आगामी दिनमा नेपालमा स्थापना हुने भारतीय प्रविधि संस्थान (आईआईटी) मा भारतीय विद्यार्थीले समेत अध्ययन गर्न सक्ने वातावरण बनाउनुपर्ने र दुवै देशका नागरिकको सहज आवागमनका लागि दुवैतर्फका सहरहरूबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

दुवै देशको समृद्ध भविष्यका लागि मिलेर काम गर्ने उद्देश्यसहित तयार पारिएको साझा दृष्टिपत्र तथा दुई देशका साझा उपलब्धि समेटिएको संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गरिने पनि प्रधानमन्त्री शाहले जानकारी दिनुभयो ।

  • नयाँदिल्ली
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    प्रलेस–शक्ति लम्साल स्मृति साहित्य पुरस्कार विकललाई

  • Post Thumbnail

    अर्थसँग सम्बन्धित असान्दर्भिक ऐन खारेज गर्न लागेका छौँः कानुनमन्त्री गौतम

  • प्रधानमन्त्री शाहलाई समकक्षी मोदीद्वारा भारतको ‘प्रधानमन्त्री गतिशक्ति’ योजनाबारे जानकारी

    प्रधानमन्त्री शाहलाई समकक्षी मोदीद्वारा भारतको ‘प्रधानमन्त्री गतिशक्ति’ योजनाबारे जानकारी

  • Post Thumbnail

    प्रधानमन्त्री शाहद्वारा राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ७ गते सोमबार

    २०८३ मंसिर ७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेपाल–भारत सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा बदल्नुपर्नेछ : प्रधानमन्त्री शाह

    नेपाल–भारत सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा बदल्नुपर्नेछ : प्रधानमन्त्री शाह

    चलचित्र विधेयकले यस क्षेत्रका आवश्यकता सम्बोधन गरेको छः सञ्चारमन्त्री डा तिमिल्सिना

    चलचित्र विधेयकले यस क्षेत्रका आवश्यकता सम्बोधन गरेको छः सञ्चारमन्त्री डा तिमिल्सिना

    मैले युवा प्रधानमन्त्री शाहमा नेपालको भविष्य देखेँ : भारतीय प्रधानमन्त्री मोदी

    मैले युवा प्रधानमन्त्री शाहमा नेपालको भविष्य देखेँ : भारतीय प्रधानमन्त्री मोदी

    Post Thumbnail

    प्रलेस–शक्ति लम्साल स्मृति साहित्य पुरस्कार विकललाई

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution