Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दाङ

महिलालाई चप्पल बनाउने सीप सिकाउन व्यस्त सन्ध्या पौडेल

दाङको तुलसीपुर उपमहानगरपालिका–७ घुसेरीकी ४२ वर्षीया सन्ध्या पौडेलले आजभोलि महिलालाई चप्पल कसरी बनाउने भन्नेबारे सीप सिकाउन व्यस्त हुनुहुन्छ ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ५, शनिबार (२ घण्टा अघि)
Post Thumbnail

दाङ, ५ मङ्सिरः दाङको तुलसीपुर उपमहानगरपालिका–७ घुसेरीकी ४२ वर्षीया सन्ध्या पौडेलले आजभोलि महिलालाई चप्पल कसरी बनाउने भन्नेबारे सीप सिकाउन व्यस्त हुनुहुन्छ ।

तुलसीपुर उपमहानगरपालिका–६ बरुवा गाउँमा उहाँले खोलेको ‘सन्ध्या लेडिज चप्पल तालिम केन्द्र’मा मार्फत महिलालाई चप्पल बनाउने सीप सिकाउन व्यस्त हुनुभएको हो ।

उहाँले महिलालाई विभिन्न समूह बनाएर तीनहजार पाँचसयदेखि पाँच हजारसम्म शुल्क लिएर सीप प्रदान गरिरहेको बताउनुभयो ।

उहाँले गतवर्षदेखि सुरु गरेको चप्पल बनाउने तालिम केन्द्रबाट हालसम्म २०० भन्दा बढी महिलालाई सीप प्रदान गरिएको बताउनुभयो । त्यहाँ सिकेको सीप महिलले आफनो गाउँ तथा अन्य ठाउँमा गएर आयआर्जन गर्न सक्ने भएको पौडेलले बताउनुभयो । पौडेलले महिलाले प्रयोग गर्ने चप्पल, जुत्ता, सेन्डील, बेहुली चप्पल बनाएर बिक्री गर्ने गरेको जानकारी दिनुभयो ।

तालिमसँगै उहाँले चप्पल बिक्रीका लागि तुलसीपुर बजारमा पसल सञ्चालन गर्नुभएको छ ।

छोटो समयमै सीपमूलक तालिम र व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएको पौडेल बताउँनुभयो । उहाँ भन्नुहुन्छ,“मेहनत र लगनशीलताका साथ काम गर्ने हो भने तीन महिनामै दुई लाख रुपैयाँसम्म आम्दानी गर्न सकिदो रहेछ । उहाँले तीजदेखि दशैतिहारको अवधिसम्म रु दुई लाखसम्मको जुत्ता चप्पल बिक्री गरिसकेको जानकारी दिनुभयो ।

उहाँले अहिले आफूलाई महिला उद्यमीका रूपमा पनि चिनाउन सफल हुनुभएको छ ।

सीप नै आत्मनिर्भरता र समृद्धिको आधार भएकाले सबैले सीप सिकेर सबैलाई स्वरोजगार बन्न सुझाव दिनुहुन्छ ।

स्थानीय तुलसीपुर उपमहानगरपालिकासँगको समन्वयमा वडा नं–७ मा गत वर्ष सञ्चालन गरिएका विभिन्न सीपमूलक तालिमबाट पौडेलसहित धेरै महिला लाभान्वित भएका हुन् । तालिम लिएका केही महिलाले आफ्नै पेशा तथा व्यवसायसमेत सुरु गरिसकेका छन् ।

सीप सिकेर घरमै बसेर आम्दानी गर्न सकिने वातावरण निर्माण गर्नु आफ्नो मुख्य उद्देश्य रहेको पौडेलको भनाइ छ । तालिमलाई व्यावसायिक उत्पादन र स्वरोजगारसँग जोड्दै महिलालाई आर्थिक रूपमा सक्षम बनाउने प्रयासमा उहाँ निरन्तर लागिरहनु भएको छ । चप्ल उद्योगकालागि आवश्यक पर्ने कच्चा सामग्री नेपालगञ्ज, बुटवल र काठमाडौँबाट ल्याउने गरेको बताउने पौडेले भन्नुहुन्छ, “यहाँबाट सीप सिकेर जानु भएका पाँचजना महिलाले अहिले आफँै ठाउँमा चप्पल बनाउँदै बिक्रीकालागि पसल सञ्चालन गरिसक्नु भएको छ ।” तुलसीपुर बसपार्कमा दुईजना, पश्चिम दाङको बबई गाउँपालिकाको हंसपुरमा एक जना, सल्यानमा एक र रोल्पामा एकगरी पाँच ठाउँमा यस्ता पसल सञ्चालन भइसकेको पौडेलले बताउनुभयो। सुरुमा थोरै लगानीबाट सुरुवात गर्ने सकिने सीप आफुसँगै भएकाले सजिलो हुने उहाँको अनुभव छ ।

पौडेलको उद्यमशीलता चप्पल बनाउने तालिममा मात्र सीमित छैन। उहाँले २०७८ सालदेखि नै तुलसीपुर बजारमा सर्फ, साबुन, बाटेको धूप, अगरबत्ती, हार्पिक तथा नुहाउने साबुन बनाउने तालिमसमेत प्रदान गर्दै आएकी छन् ।

  • काठमाडौँ
  • रोल्पा
  • सल्यान
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • तरकारीखेतीबाट वीरबहादुरको वार्षिक २५ लाख आम्दानी

    तरकारीखेतीबाट वीरबहादुरको वार्षिक २५ लाख आम्दानी

  • इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

    इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

  • Post Thumbnail

    पुतलीडाडा जोड्ने पदमार्ग पहिचान

  • Post Thumbnail

    ‘केन्द्रीय गुनासो व्यवस्थापन डेस्क’ स्थापना

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    तरकारीखेतीबाट वीरबहादुरको वार्षिक २५ लाख आम्दानी

    तरकारीखेतीबाट वीरबहादुरको वार्षिक २५ लाख आम्दानी

    Post Thumbnail

    कात्तिकमा ७० लाखको सामान बरामद

    इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

    इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

    Post Thumbnail

    महिलालाई चप्पल बनाउने सीप सिकाउन व्यस्त सन्ध्या पौडेल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution