
सुदूरपश्चिम, ४ मङ्सिर : जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्द कात्तिक महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित हुनुभएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराईले नेपाल प्रहरी सङ्गठनले सुम्पिएको जिम्मेवारी व्यावसायिक निष्ठा, लगनशील एवं कर्तव्यनिष्ठ भई निर्वाह गर्नुका साथै जिल्लाको अपराध अनुसन्धान र समग्र शान्ति सुरक्षा कायम राख्न पुर्याएको योगदानको कदर गर्दै उहाँलाई महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले हरेक महिना प्रदेशभर कार्यरत प्रहरीमध्ये उत्कृष्ट ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै आएको छ । प्रहरी उपरीक्षक चन्दलाई प्रदान गरिएको प्रशंसापत्रमा उहाँले योजनाबद्ध रूपमा मातहतका प्रहरी परिचालन गरी अपराध अनुसन्धान तथा नियन्त्रण र शान्ति सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख छ ।
साथै नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्यमा समेत उहाँको योगदान प्रशंसनीय रहेको पत्रमा जनाइएको छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भट्टराईले प्रदान आगामी दिनमा पनि अपराध अनुसन्धान, नियन्त्रण तथा शान्ति सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |