Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कञ्चनपुर

बम कृषि पेसामा रम्दै

शम्शेरबहादुर बम अहिले गाउँमै पशुपन्छी पालन तथा कृषि उद्यममा रमाउँदै आउनुभएको छ ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ४, शुक्रबार (२ दिन अघि)
Post Thumbnail

कञ्चनपुर, ४ मङ्सिरः शम्शेरबहादुर बम अहिले गाउँमै पशुपन्छी पालन तथा कृषि उद्यममा रमाउँदै आउनुभएको छ ।

झन्डै ७८ महिना कोरियामा बिताएर स्वदेश फर्किनुभएका कञ्चनपुर, बेदकोट नगरपालिका–८ निवासी बम कृषि पेसाबाट सन्तुष्ट हुनुहुन्छ । कोरियाबाट फर्किएपछि उहाँले बाख्रापालन, स्थानीय जातका कुखुरा र कालिजपालनसँगै माहुरीपालन व्यवसाय सञ्चालन गर्नुभएको छ ।

तीन वर्षअघि बाख्रापालनबाट व्यावसायिक रुपमा पशुपन्छीपालनमा लाग्नुभएका उहाँको फार्ममा अहिले विभिन्न प्रजातिका पशुपन्छी हुर्किदैछन् । “सुरुआतमा रु २५ लाख लगानीमा ८० वटा उन्नत जातका ब्राखा जम्मा गरेर व्यावसायिक रुपमा सुरु गरेको हो”, उहाँले भन्नुभयो, “अघिल्लो वर्षदेखि बाख्रासँगै स्थानीय जातका कुखुरा र कालिज र माहुरीपालन गरेका छौँ ।”

उहाँले पशुपन्छीपालनका साथै फलफूल बगैँचा स्थापना गर्नुभएको छ । भविष्यमा मिनि एग्रो टुरिज्मका रुपमा विकास गर्ने उद्देश्यले काम गरिरहेको उहाँको भनाइ छ । उहाँको फार्मका दुई हजार स्थानीय जातको कुखुरा र चार सय कालिज रहेका छन । त्यसैगरी उन्नत जातका बाख्रा र मौरीसमेत रहेको उहाँले बताउनुभयो ।

“कालिज कैलालीसम्म बिक्री हुने गरेको छ, बजारको समस्या छैन स्थानीयस्तरमै बिक्री हुन्छ”, बमले भन्नुभयो, “यस वर्ष रु ६० लाखको बिक्री गर्ने लक्ष्य छ ।” सुरुआती वर्षका प्रतिफल नआए पनि यस वर्ष सबै खर्च कटाएर रु १६ लाख मुनाफा हुने उहाँको अपेक्षा छ ।

पशुपन्छी पालनसँगै एमबिएस अध्ययन गर्दै आउनुभएका उहाँले एउटै व्यवसायमा मात्र निर्भर हुनुभन्दा विभिन्न व्यवसाय सञ्चालन गरेर आम्दानीका स्रोत बढाउन सकिने बताउनुभयो ।

विदेशमा लामो समय बिताएपछि आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचले स्वदेश फर्किएर उद्यम सुरु गर्नुभएका उहाँले मेहनत र लगनशीलता भए आफ्नै ठाउँमा राम्रो आम्दानी गर्न सकिने बताउनुभयो ।

“फार्ममा ऋण र साथमा भएको रु ८० लाख जति लगानी भइसकेको छ”, उहाँले भन्नुभयो, “सरकारी निकायबाट सहयोग प्राप्त भए व्यवसायलाई अझै विस्तार गर्ने लक्ष्य छ ।” माहुरीपालनलाई पनि व्यवसायको रुपमा अघि बढाएर मह उत्पादन र बिक्रीबाट थप आम्दानी गर्ने उहाँको लक्ष्य छ ।

माहुरीले कृषि बालीमा परागसेचन प्रक्रियामा समेत सहयोग पुर्याउने भएकाले यसलाई कृषि व्यवसायसँग जोडेर अघि बढाउनुभएको हो ।

उहाँले १० वटा घारमा माहुरी राख्नुभएको छ । माहुरीको चरनका लागि तोरीखेती गर्नुभएको छ । “बर्सातमा मौरीको लागि चरन नहुँदा चिनी र चास्नी बनाएर पाल्नुपरेको थियो ।” उहाँले भन्नुभयो, “अहिले चरनकै लागि तोरी पनि लगाएका छौँसँगै फलफूल बगैँचासमेत स्थापना गरिएको छ ।”

स्वदेशमै बसेर व्यवसाय गर्ने उहाँको प्रयासले बेरोजगार युवालाई समेत कृषि तथा पशुपन्छीपालन क्षेत्रमा सम्भावना खोज्न प्रेरणा दिएको छ ।

  • कञ्चनपुर
  • कैलाली
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • आलेखः सोलुखुम्बुको आकाशमा बढ्दो हेलिकप्टर जोखिम

    आलेखः सोलुखुम्बुको आकाशमा बढ्दो हेलिकप्टर जोखिम

  • नुवाकोटका किसान जेठोबुढो धान खेतीमा आकर्षित

    नुवाकोटका किसान जेठोबुढो धान खेतीमा आकर्षित

  • गौरिया धान खेती र चामलको व्यापारमा रमाएका चक्रपाणि

    गौरिया धान खेती र चामलको व्यापारमा रमाएका चक्रपाणि

  • Post Thumbnail

    अपी हिमालः जहाँ प्रकृति बोल्छ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    काठमाडौँलाई बस्न योग्य सहर बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता

    काठमाडौँलाई बस्न योग्य सहर बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता

    सहिद स्मारकमा पर्यटकको आकर्षण

    सहिद स्मारकमा पर्यटकको आकर्षण

    Post Thumbnail

    ताँजाकोटको विकासलाई प्राथमिकता दिइएको छः मुख्यमन्त्री शाही

    आलेखः सोलुखुम्बुको आकाशमा बढ्दो हेलिकप्टर जोखिम

    आलेखः सोलुखुम्बुको आकाशमा बढ्दो हेलिकप्टर जोखिम

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution