
काठमाडौँ, ४ मङ्सिरः सरकारले चालु आवमा १८८ टोलीलाई ४८ वटा हिमाल आरोहणको अनुमति दिएर रु ३३ करोड ४२ लाख ३४ हजार २२६ राजस्व सङ्कलन गरेको छ ।
मनास्लु आरोहणका लागि अनुमति लिएका ४३ टोलीका ५०० जनाबाट रु २२ करोड ५८ लाख ५७ हजार १८९, धौलागिरि–१ आरोहणमा जाने ३७ जनाबाट रु ८४ लाख ७३ हजार ६५० र मकालु आरोहण गर्ने तीन आरोहीबाट रु छ लाख ८८ हजार ५० राजस्व प्राप्त भएको हो ।
यसैगरी, हिम्लुङ आरोहण दलका १३० जनाबाट रु ७९ लाख ७४ हजार २० र आमादब्लम आरोहणका टोलीका ४७६ जना आरोहीले रु सात करोड १३ लाख ४७ हजार १०० सलामी दस्तुर राज्यकोषमा दाखिला गरेका छन् ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |